• Ad

Samadhan National Daily

  • Ad

बिसाैं पाेखरा नगर परिषद्काे पूर्ण प्रतिवेदन

पाेखरा, २८ पौष:

पोखरा उप–महानगरपालिकाको बिसौं नगरपरिषद्मा
प्रमुख÷कार्यकारी अधिकृत श्री झलकराम अधिकारीबाट
आ.ब.२०७३÷०७४ को लागि प्रस्तुत बजेट, नीति, कार्यक्रम
तथा आय–व्यय विवरणको वक्तव्य,

पोखरा उप–महानगरपालिकाको सम्मानित बिसौं नगर परिषद्मा पाल्नु हुने प्रमुख अतिथि माननीय सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती कुमारी शाही ज्यू, विशिष्ट अतिथि माननीय ब्यवस्थापिका संसद सदस्यज्यूहरु, राजनीतिक दलका जिल्ला प्रमुखज्यूहरु, क्षेत्रीय प्रशासकज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, स्थानीय विकास अधिकारीज्यू, सुरक्षा निकायका प्रमुखज्यूहरु, नगर विकास समितिका अध्यक्षज्यू, विभिन्न राजनीतिक दलका नगर प्रतिनिधिज्यूहरु, पूर्व नगर प्रमुख, उपप्रमुख एवं पदाधिकारीज्यूहरु, विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिज्यूहरु, नगरका नवरत्नज्यूहरु, संचारकर्मीहरु, सामाजिक व्यक्तित्वहरु, टोल विकास संस्थाका अध्यक्ष एवम् प्रतिनिधिज्यूहरु, नगर स्तरीय महिला समन्वय समितिका उपाध्यक्ष ज्यू, अपाङ्ग नगर समन्वय समितिका उपाध्यक्ष ज्यू, कर्मचारी मित्रहरु तथा यस सम्मानित नगर परिषद्मा उपस्थित विशिष्ट महानुभावहरुमा पोखरा उपमहानगरपालिकको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यस पोखरा नगरीमा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्न चाहन्छु । प्राकृतिक सौन्र्दय सास्कृतिक संम्पदा, समृद्ध पर्यटकिय सुन्दर एवं महानगर उन्मुख नगरी पोखराको कार्यकारी प्रमुखको हैसियतले सम्मानित नगर परिषद् सामु तेस्रो पटक २०७३÷०७४ को वजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सौभाग्य प्राप्त भएकोमा म गौरवान्वीत भएकोे छु ।

उपमहानगरपालिका घोषणा पछिको बिसौंैं नगर परिषद्को यस शुभ घडीमा नेपाल र नेपाली जनताको सर्वोपरी उन्नति, प्रगति एवम् लोकतन्त्र प्राप्तीको लागि जन आन्दोलन २ , मधेश आन्दोलन तथा विभिन्न आन्दोलनका क्रममा जीवन आहुति गर्ने ति महान ज्ञात अज्ञात शहिदप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्न चाहन्छु । जनआन्दोलन लगायत विभिन्न आन्दोलनका घाइते तथा योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै महाविनासकारी भूकम्प २०७२, मा परि ज्यान गुमाउनु हुने महानुभावहरु प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । देशमा उत्पन्न विशिष्ट राजनैतिक अवस्थाको कारण विगत लामो समयदेखि स्थानीय निकायहरुमा जनप्रतिनिधिहरुको रिक्तता कायमै छ । जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले नीति योजना तथा कार्यक्रम तय गर्ने, कर्मचारी वर्गले सोको इमान्दारिपूर्वक कार्यान्वयन गर्ने, स्थानीय निकायहरुले गरेको काम कारवाहीको लेखाजोखा सरोकारवाला संघसंस्थाले गर्ने, नागरिक समाज एवम् सञ्चार जगत्ले खबरदारी गर्ने र नीति तथा कार्यक्रमको कार्यन्वयनमा सबै पक्षले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने यर्थाथता हाम्रो सामु हुँदाहुँदै पनि जनप्रतिनिधिको भूमिका समेत कर्मचारीले निभाउनु पर्दा अप्ठ्यारो महसुस हुनु स्वभाविकै हो । तथापि आपसी सहयोग, सहमति, सद्भाव र सहकार्यका माध्यमबाट नगरपालिकाका विविध गतिविधि सञ्चालन गर्ने, निर्दिष्ट नीति अनुरुप जिल्ला एवम् नगर स्थित राजनैतिक दलबाट निरन्तर रुपमा प्राप्त सल्लाह, सुझाव, मार्गदर्शन र सहयोगप्रति म यस शुभ अवसरमा अत्यन्तै हार्दिकतापूर्वक धन्यवाद व्यक्त गर्न चाहन्छु । भविष्यमा पनि यस्तै प्रकारको सहयोग प्राप्त हुनेछ भन्ने विश्वास यस सम्मानित परिषद् समक्ष व्यक्त गर्न चाहन्छु ।

जनताको सबै भन्दा नजिकको स्थानीय सरकारको रुपमा कार्यरत स्थानीय निकायहरुको प्रभावकारितानै लोकतन्त्रको संस्थागत सुद्धढिकरण र लोकतन्त्रको लक्ष्यहरुको अर्थपूर्ण निर्धारक हुन । महानगर उन्मुख, पर्यटकिय राजधानी, हिमाल, पहाड, तराई, नदी, ताल, गुफा जस्ता प्राकृतिक अनुपम विशिष्टता ले साहांसिक खेलकुदको गन्तब्य, राष्ट्रिय तथा अन्तष्ट्रिय पहिचानको हिसावले प्रशस्त सम्भावना बोकेको यस पोखरा उप–महानगरपालिकालाई प्राकृतिक सौन्दर्य, साँस्कृतिक सम्पदा सुन्दर पर्यटकीय नगरीको रुपमा निर्माण गर्ने दिर्घकालिन सोच बमोजिम पर्यटन, सास्कृतिक रुपका उद्योग ब्यापार, शिक्षाको केन्द्र र वातावरण मैत्री, शहर वनाउने परिकल्पनालाई साकार पर्न यो परिषद्ले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छु ।

सहभागितामूलक योजना तर्जुमा पद्धती अन्र्तगत विकासका आवश्यकता पहिचानदेखि कार्यान्वयन, अनुगमन मूल्याङ्कन समेतका हरेक प्रकृया तथा तहमा सरोकारावाला वर्गहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै अपनत्व एवं दिगोपना शुनिश्चीत मार्फत विकास कार्यलाई समावेशी तथा दिगो बनाउने अवधारणा अनुरुप वडावासी एवम् सरोकारवालाको व्यापक सहभागितामा वडास्तरीय योजना तर्जुमा गोष्ठी, विषयगत योजना तर्जुमा गोष्ठी, एकिकृत योजना तर्जुमा गोष्ठीमा सम्बद्ध सबै संग व्यापक अन्र्तक्रिया र छलफल गरी प्राप्त सुझावहरुलाई समावेश गर्दै तयार पारिएको आर्थिक वर्ष २०७३÷०७४ को नगर विकासको प्रस्तावित योजना सहित यहाँहरु समक्ष उपस्थित भएको छु ।

उपस्थित महानुभावहरु ः

अब म आर्थिक वर्ष २०७३÷०७४ को वजेट नीति तथा कार्यक्रम तर्जुमा गर्दा लिइएका नीतिगत मार्गदर्शनको बारेमा संक्षेपमा उल्लेख गर्न चाहन्छु ।

– नेपालको संविधान २०७२ को सङ्घीय अवधारणा अनुरुप स्थानीय निकायलाई प्रदान गरेको अधिकार कर्तब्यले परिलक्षित गरेको विषयहरु ।

– त्रिवर्षिय योजनाले लिएका उद्देश्य तथा स्थानीय निकायले प्राप्त गर्नुपर्ने भनी निर्धारित गरेका सूचक र ती सूचकहरुलाई परिपूर्ति गर्ने खालका कार्यक्रमहरु ।

– विकासका कार्यहरुमा अधिकतम रुपमा सरोकारहरुलाई परिचालन गर्ने उप–महानगरपालिकाको भूमिका निर्णायक, उत्प्रेरक, अनुगमनकर्ता, समन्वयकर्ता एवम् नियन्त्रणकर्ताको रुपमा स्थापित गर्दै जाने नीतिलाई सम्बोधन हुने खालका कार्यक्रमहरु र साझेदारी नीति,२०७२ लाई सम्वोधन गर्दै कार्यक्रमहरु ।

– स्वायत्त शासनको माध्यमबाट विकासमा जनताको अधिकतम मात्रामा सम्मिलित हुने अवसर जुटाई लोकतन्त्रका लाभहरुको वितरण गर्ने संवैधानिक मार्गदर्शन अनुकुलका कार्यक्रमहरु ।

– जनसहभागिता, लागत सहभागिता, स्थानीय श्रोत साधनको परिचालनमार्फत शसक्तिकरण मुल प्रवाहीकरण मार्फत समावेशी एवम् दिगो विकासलाई सहयोग गर्ने खालका कार्यक्रमहरु ।

– स्थानीय स्वायत्त शासन ऐन, नियमावली, निर्देशिका आदिले परिलक्षित गरेका विषयहरु र ती विषयलाई सम्बोधन गर्न सकिने कार्यक्रमहरु ।

– पोखरा उप–महानगरपालिकाले जारी गरेको सूधारको कार्ययोजना लाई परीपूर्ति गर्ने खालका कार्यक्रमहरु ।

– नेपाल सरकार, राष्ट्रिय योजना आयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिविसबाट प्राप्त मार्गदर्शन एवम् निर्देशनहरु ।

प्रमुख अतिथी , विशिष्ट अतिथीज्यूहरु एवं उपस्थित महानुभावहरु ः

अव म आ.व. २०७१÷०७२ देखि हाल सम्मको स्थितीको सक्षीप्त समिक्षां गर्न चाहन्छु ।

आ.व.२०७१÷०७२ मा आन्तरिक आय ३४ करोड १२ लाख, वाह्य अनुदान ३६ करोड ३ लाख कुल बजेट ७० करोड १६ लाख अनुमान गरीएकोमा आन्तरिक तर्फ ३२ करोड ४६ लाख वाह्य तर्फ २८ करोड ६४ लाख यर्थाथ आय भई लक्ष्यको तुलानामा ८७ प्रतिशत माग मात्र प्रगति हासिल भएको छ । आ.व.२०७१÷०७२ को कुल बजेटमा आन्तरिक आयको अशं ४६ प्रतिशत रहन आएको छ, भने आ.व. २०७१÷०७२ कुल बजेटमा प्रशासनिक खर्च २४ प्रतिशत र विकास खर्च ७६ प्रतिशत रहेको अवस्था छ ।

जनसंख्या तथा सामाजिक विकास समिति तर्फ ७८ प्रतिशत, पूर्वाधार तथा संरचना विकास तर्फ ७० प्रतिशत, संगठन तथा प्रशासन समिति तर्फ ८६ प्रतिशत, कृषि वन तथा वातावरण समििित तर्फ ७१ प्रतिशत, भूमि तथा जलस्रोत तर्फ २ प्रतिशत प्रगति हासिल भएको छ । उपरोक्त परिसूचकहरुले हाम्रो खर्चको क्षमता पद्धती र प्रणालीको पुन ः समिक्षां गर्नुपर्ने देखिन्छ । त्यसै गरी चा.लु. आ.व.आन्तरीक तर्फ रु. ३९ करोड ९४ लाख अनुमान गरेकोमा हाल सम्म १० करोड १५ लाख यथार्थ आय भई लक्ष्यको तुलनामा २५ प्रतिशत मात्र प्रगति भएको छ, भने बाह्य तर्फ रु. ३९ करोड ९४ लाख अनुमान गरिएकोमा रु. १३ करोड २ लाख यथार्थ आय भई लक्ष्यको ३८ प्रतिशत मात्र प्रगति भई कुल बजेट ७४ करोड १४ लाख अनुमान रहेकोमा रु.२३ करोड १७ लाख मात्र प्रगति भई समंग्रमा ३१ प्रतिशत मात्र भएको देखिन्छ । आर्थिक वर्षको प्रथम ६ महिना वितिसक्दा पनि एक तिहाई मात्र प्रगति देखिनु निश्चय नै सुखद संकेत होइन । देशमा उत्पन्न् विषम परिस्थितीका कारणबाट पनि यो अवस्था आएको छ भन्ने हाम्रो बुझाई छ ।
आर्थिक अनुशासनतर्फ ः

वित्तिय अनुशासनको हिसावले विगतका अवस्थाहरु सन्तोषजनक रहेनन । केन्द्रिय अनुदान तर्फ कुनै पनि वेरुजु नहुनु सुखद रहेता पनि आन्तिरिक श्रोत्र तर्फको वढिरहेको पेश्की वेरुजु चिन्ताको विषय रहेको छ । आ.व. २०६७÷०६८ बाट मात्रै वेरुजुलाई क्यातधबचभ मा भ्लतचथ गर्न थालिए पश्चात हालसम्मको वेरुजुको अध्यावधिक अवस्था प्राप्त गर्न सकिएको हो । वेरुजुमा सवै भन्दा वढि अंश पेश्कीको रहेको छ । आ.व. २०७१÷०७२ सम्ममा कुल पेश्की वेरुजु न.पा.कोष तर्फ १४ करोड १३ लाख रहेको अवस्था छ । जस्मा कर्मचारी पेश्की ७५ लाख उपभोक्ता समिति ÷संघ संस्था १० करोड ९२ लाख पदाधिकारी ८५ लाख पूर्व वडा समिति १ करोट ६१ लाख रहेको छ । जुन कुल बजेटको २०.१८ प्रतिशत हुन आउछ । वित्तिय शुसाशनको हिसावले पेश्की तथा वेरुजुको मात्र वढिरहनु शुखद मान्न सकिने कुरै भएन ।

आदरणीय प्रमुख अतिथि तथा उपस्थित विशिष्ट महानुभावहरु ः

बजेट तर्जुमाको क्रममा उप–महानगरपालिकाको उपरोक्त पक्षहरुको विश्लेषण गर्दा हामीसँग साधन स्रोत र सम्भावनाहरुको अभाव भन्दा पनि काम गर्ने इच्छा, शक्ति, क्षमता, नगरवासी प्रतिको दायित्व वोध र शासन गर्ने क्षमता मा थप जोड दिनुपर्ने मैले महशुस गरेकोछु । हाम्रो पौरख, हाम्रो गौरव हाम्रो पोखरालाई समृद्ध, उन्नत र आत्मनिर्भर उप–महानगरपालिका वनाउन हामीमा रहेको मानसिकता, मनोवृति र ब्यवहारलाई सकारात्मक वनाउदै उत्तरदायी र जवाफदेहिपूर्ण रहनु पर्ने मैले देखेको छु । यस अनुरुप बजेट नीति तथा कार्यक्रमका देहाय उद्देश्य लिईएको छ ।
– उप–महानगरवासिको जीवन स्तरमा (त्तगबष्तिथ या षिभ ) सकरात्मक परिर्वतन गर्नु ।
– उप–महानगरपालिकाबाट प्रदान गरिने सेवाहरुमा प्रभावकारीता अभिबृद्धि गर्नु ।
– दिगो, समावेशि, समन्यायिक एवं सन्तुलित विकासको अवधारणालाई आत्म साथ गर्दै सामाजकि न्यायको स्थापना र विकास गर्नु ।
– उप–महानगरपालिकालाई पर्यटन मैत्री र वातावरण मैत्री शहरको रुपमा विकास गर्नु ।
– ग्रामिण तथा शहरी क्षेत्रको बहुक्षेत्रगत अन्तर संम्वन्ध र अन्तर निर्भरताको विकास गर्नु ।

उपस्थित महानुभावहरुः
उपरोक्त उद्देश्यहरु परिपूर्ति गर्नको लागि म आगामी आर्थिक बर्षको लागी लिईएका प्रमुख नीति तथा कार्यक्रमको बारेमा संक्षिप्त प्रकाश पार्न चाहन्छु । विस्तृत विवरण नगर योजना पुस्तकको रुपमा प्रस्तुत हुने नै छ ।

पुर्वाधार तथा संरचना विकास तर्फः

१. क्रमागत योजनाहरुको चापलाई कम गर्न सके सम्म आयोजना चालु आ.ब. भित्रै सम्पन्न गर्ने नीति लिईएको छ । त्यसै गरी गत आ.ब. मै सञ्चालन भएका क्रमागत योजनाहरुको लागि यस आ.ब. मारु १ करोड ५० लाख बजेट विनियोजन गरेको छु । जसबाट क्रमागत योजना समयमै संम्पन्न् हुने विश्वास लिईएको छ ।

२. उप–महनगरपालिकाबाट सञ्चालन हुने योजनाहरुमा अधिकतम जनसहभागिता हुने योजनाहरुलाई पहिलो प्राथमिकता दिईने छ । नीति अनुरुप वर्तमान ६०÷४० को अवधारणालाई कायमै गरीएको छ । सार्वजनिक जग्गा, सुकुम्वासी तथा विपन्न वस्ती रहेको अवस्थामा ५ देखि १५ प्रतिशत सम्म जनसहभागिता कम गर्न सकिने नीतिगत व्यवस्था गरीएकोछ । जनसहभागिता ५० प्रतिशत भन्दा वढी हुने उच्च प्राथमिकताका आयोजनाहरुलाई मागेकै वखत स्वीकृत गर्ने नीतिकाे अवलम्वन गरीने छ । यसको लागि आकस्मीक तर्फ रु १ करोड प्रस्ताव गरेको छु ।

३. वडास्तरीय योजना तर्फ भवन निर्माण, सडक ग्राभेल प्रकृतीका योजनाहरु पुर्णतः निरुत्साहित गरीदै लगिने छ । वडास्तरीय बजेट तर्फ हाल कायम रहेको सिमालाई जनसंख्या, भूगोल, राजश्व र शहरीकरण गरी ४ वटा सूचकमा आधारीत बनाईएको छ । ५० हजार भन्दा कम लागत हुने योजनाहरुको कार्यान्वयन नगरीने नीति लिईएको छु । जसबाट स–साना योजनाहरुको चाप कम पर्ने विश्वास लिएको छु । वडास्तरीय बजेटमा विगत साल भन्दा वृद्धी गरी ३ करोड ८६ लाख पुर्‍याएको छु । उप–महानगरको स्वीकृती वेगर सार्वजनिक जग्गामा वनेका भवन निर्माण जस्ता संरचनामा कुनै प्रकारको अनुदान नदिने नीति लाई कढाईका साथ कार्यान्वयन गरिने छ ।

४. नगरपालिका क्षेत्रभित्र निर्माण हुने भित्री सडकलाई कालो पत्रे भन्दा कंक्रिटलाई प्रोत्साहन गरीदै लगिनेछ । रु ५ लाख भन्दा वढीका आयोजनाको हकमा आयोजनाको सार्वजनिक जानकारी दिने होडिङ्ग वोर्ड लागाएतका नागरीक पारदर्शिता र उत्तरदायित्व सुनिश्चीत गर्ने संयन्त्र अनिवार्य गरेको छु । स्थानीय जनसहभागिता वापतको रकम भुक्तानी नगर्ने व्यक्तिहरुको विवरण सम्बन्धीत उपभोक्ता समिति, टोल सुधार समिति तथा सम्बन्धीत निकायहरुको सिफारिसमा कालो सूचीमा राखी सार्वजनिक गर्दै त्यस्ता व्यक्ति तथा संस्थालाई उप–महानगरपालिकाबाट प्रदान गरीने सेवा, सुविधा क्रमशः वन्द गरीने नीतिलाई कडाईका साथ कार्यान्वयन गर्दै लगिने छ ।

५. वडा नं. १८ को विशेष योजनाको लागि रु ४० लाख व्यवस्था गरेकोछु । यो रकम पूर्वाधारका लागि २ देखि ५ वटा योजनाहरु छनोट गरेर मात्र खर्च गरीनेछ । पोखरा उपत्यका वरिपरिको भौगोलिक अवस्थाको सर्वेक्षण गरीएको प्रतिवेदन १९९८ लाई क्रमशः कार्यान्वयन गरीने छ । नगर तथा वडास्तरीय विपद व्यवस्थापन समिति द्धारा तयार परीएको विपद व्यवस्थापन गुरुयोजनालाई यसै वर्ष पनि कार्यान्वयन गरीने छ । विपद ब्यवस्थापन कोषमा थप ३० लाख बजेट विनियोजन गरेको छु ।

६. “हाम्रो पोखरा राम्रो पोखरा” अन्तर्गतलाई अभियानको रुपमा सञ्चालन गर्न रु २५ लाख बजेट विनियोजन गरेकोछु । मापदण्ड विपरितका संरचनालाई हटाउन कार्य योजना वनाई कार्यान्वयन गरिने छ । वस्ति विकास निर्देशिका, २०७२ लाई कार्यान्वयन गर्ने सन्र्दभमा हाल देखिएको प्राविधिक तथा ब्यवाहारीक कठिनाईलाई सम्वोधन गर्न सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालय संग आवश्यक समन्वय गरिने छ । हाल कायम रहेको ३५” को उचाईको मापदण्डलाई समयानुकुल सुधार गर्ने,विमानस्थल,फेवाताल लगाएतका विशेष क्षेत्रका बाहेक अन्य क्षेत्रमा वस्ति विकास, शहर परियोजना तथा भवन निर्माण सम्वन्धि आधारभूत निर्माण मापदण्ड, २०७२ संग नबाझिने गरी उचाईको मापदण्ड १७ मिटर कायम गरि सो को आवश्यक मापदण्ड तयार गरिने छ ।

७. पोखरामा बढ्दै गएको पार्किङ्गलाई व्यवस्थित गर्न, सवारी दुर्घटनालाई न्यूनिकरण गर्न, ग्रिन डिभाईडर निर्माण गर्न सडक नक्शाङ्कन कार्य थालिने छ । निशुल्क पार्किङ्गको स्थान पहिचान गरी यकिन गर्ने कार्य यसै आ.ब. बाट शुरु गरीने छ । सरोकारवाला संस्थाहरुको संलग्नतामा साझा संयन्त्र वनाई पार्किङ्ग व्यवस्थापनलाई प्रभावकारी बनाईने छ । निशुल्क पार्किङ्ग क्षेत्रको पहिचान गरि पार्किङ्गको चापहुने क्षेत्रको पार्किङ्ग शुल्कलाई सवारी साधन ज्यमि हुने समय संग आवद्ध गरी तदनुसार शुल्क निर्धारण गरिने छ ।

८. एशियाली विकास वैंकको सहयोगमा पोखरा उप–महानगरपालिका ग्चदबल न्यखभचलबलअभ एचयनचबmभ अन्तर्गत तयार पारीएको च्यबम ःबउ लाई कार्यान्वयन गरिने छ । पोखरा उप–महानगरपालिकाको एकिकृत गुरुयोजना तयार गर्न भगिनी संम्वन्ध कायम भएको शहर गोन्जाउँ संग आवश्यक सहकार्य गरि सो कार्य यसै आ.व.बाट शुरु गरिने छ । सो को लागि ५ पाँच लाख विनियोजन गरेको छु । त्यस्तै भूउपयोग योजनाको लागि २० लाख, ढल गुरु योजना वनाउन रु.१० लाख बजेट ब्यवस्था गरेको छु । यी कार्यहरु यसै आ.व. देखि शुरु गरिने छ ।

९. नगरपालिकाको स्वीकृत रु. ३० लाख भन्दा वढिका आयोजनाहरुको  प्रयोगशाला, परिक्षण कार्य यसै आ.व.बाट शुरु गरिने छ । भवनसहिंता, वस्ति विकास मापदण्डको कार्यान्वयन गर्दै हाम्रो शहर शुरक्षित नगरको अवधारणा लाई प्रवाभकारी रुपमा कार्यान्वयन गर्न र प्राविधिक गुणस्तर सहितको उत्तरदायीत्वलाई सुनिश्चीत गर्न परामर्श सेवा दिने ब्यक्ति वा संस्थालाई सूचिकृत गरिने छ । सार्वजनिक मापदण्ड विपरित हुने गरि निर्माणहुने संरचनालाई निरुत्साहित गर्न, संलग्न परामर्शदाता, प्राविधिकको कालो सूचि निर्माण गरी प्रभावकारी नियमन गरिने छ । यसको लागि रु. १० लाख बजेट प्रस्ताव गरेको छु ।

१०. पोखराको नगर यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सार्वजनिक नीजि साझेदारी अवधारणा अनुरुप सरोकारवाला संग सहकार्यको आधारमा सम्भावित ठाउँको पहिचान गरिने छ । पृथ्वीनारायण क्याम्पस लगाएतका ठाउँका सडकमा अब्यवस्थित रुपमा रहेका वस पार्कहरुलाई विस्थापन गर्न उपर्यूक्त ठाउँमा जग्गा भाडामा लिई ब्यवस्थित गरिने छ । यसको लागि रु. १० लाख बजेट प्रस्ताव गरेको छु । यसबाट शहरी आगमन सु–ब्यवस्थित भई सुरक्षित र भर पर्दो हुने विश्वास लिएको छु । यो कार्य यसै आ.व. देखि शुरु गरिने छ ।

११. सौर्य उर्जामा आधारित दिगो सडकवत्ति ब्यवस्थापनको लागि सौर्य उर्जा कोष गंठन गरिने छ । सार्वजनिक नीजि साझेदारी अवधारणा अन्र्तगत सौर्य उर्जामा आधारित सडकवत्तिको ब्यवस्थापन गर्न आवश्यक कार्यविधि निर्माण गरि अभियानका रुपमा संचालन गरिने छ । कुल लागतको ५० प्रतिशत लागत उपभोक्ता समितिबाट ब्यहोरिएमा ५० प्रतिशत लागत साझेदारी गरिने छ । पोखरा उप–महानगरपालिका संग भगिनी संम्वन्ध कायम भएको शहर लिन्झीबाट प्राप्त हुने सहयोगलाई स्वीकार गरिएको छ । यसै आ.व. देखि मुख्य शहरी सडकहरुमा सौर्य सडकवत्ति जडान कार्य प्रारम्भ गरि आगामी २ वर्षमा सबै सडकमा सौर्यवत्ति जडान कार्य सम्पन्न् गरिने छ । यसको लागि सौर्य उर्जाको विकास विस्तारको लागि रु. ३ करोड ७९ लाखको  सौर्य उर्जा कोष खडा गरि उक्त रकमलाई सौर्य उर्जामा मात्र प्रयोग गर्ने गरि आवश्यक ब्यवस्था मिलाएको छु । सौर्य उर्जा जडान भएको घरको नक्शा सम्पन्न् प्रमाण पत्र दिदाँ घर नक्शा पास दस्तुरमा १० प्रतिशत छुट दिने प्रस्ताव गरेको छु । उपरोक्त नीतिगत ब्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आगामी २ वर्ष भित्र पोखरा उप–महानगरपालिका क्षेत्रका महत्वपूर्ण स्थानहरुमा सौर्य उर्जा विस्तार गर्ने लक्ष लिएको छु ।

१२. सम्बन्धीत आ.ब. को चैत्र मसान्त सम्म सम्झौता हुन नआएका योजनाहरुलाई वढी सहभागिता हुने योजनाहरुमा प्राथमिकता साथ कार्यक्रम संशोधन गरी कार्यान्वयन गरीने छ । उपभोक्ता समितिको क्षमता विकासको लागि विशेष कार्यक्रम समावेश गरीने छ । पेश्की फछ्र्यौटका लागि विशेष अभियान सञ्चालन गरीने छ । पेश्की फछ्र्यौट नगर्ने उपभोक्ता समितिको अध्यावधिक विवरण तयार गरी सार्वजनिक गरीने छ पेश्की फछ्र्याैट नभए सम्म नयाँ योजना सम्झौता नगरीने र अटेर गर्ने संघ संस्थाका पदाधिकारी तथा उपभोक्ता समितिको कालो सूची तयार गरी नगरपालिकाको सेवा सुविधाबाट वन्चित गरीने नीति लिईने छ । जसबाट पेश्की फछ्र्यौटमा एकरुपता कायम गरी संस्थागत शुसासन अभिवृद्धी हुने विश्वास लिएको छु ।

१३. निर्माण भएका पूर्वाधार तथा सडक दिगो सञ्चालन एवं व्यवस्थापनको लागि टयाक्सी व्यवसायी समिति, वस व्यवसायी समिति, ट्रक व्यवसायी समिति तथा सम्बन्धीत सरोकारवालहरुको सहभागिता रहने गरी मर्मत कोषको स्थापना गरीने छ । सडक मर्मत कार्यलाई आवश्यकता र औचित्यताको आधारबाट स्वचालीत पद्धतीमा व्यवस्थित गर्न एउटा साझा संयन्त्र वनाई निरन्तर कार्यान्वयन गरीने छ । यसको लागि रु २ करोड बजेट विनियोजन गरेको छु । जसबाट पूर्वाधार एवं सडकको स्तरोन्नती भई दिगो सञ्चालन तथा व्यवस्थापन हुने विश्वास लिएको छु ।

१४.पोखराको प्रवेशद्धार विजयपुर, फेदी र छोरेपाटन लगाएतका स्थानमा यस क्षेत्रको कला सस्कृति झल्कने गरि कलात्मक स्वागत द्धार निर्माण कार्य यसै वर्ष देखि शुरु गरिने छ । यसको लागि ईच्छुक संघ सस्ंथासंग सहकार्य गरिने छ । आगामी वर्षको लागि रु. २० लाख बजेट ब्यवस्था गरिएको छ ।

१५. पोखरा उप–महानगरपालिकामा अब वन्ने सडक किनारामा नगरपालिकाले तोकेको मापदण्ड अनुसार वृक्षा रोपण गर्नु पर्ने ब्यवस्था गरिएको छ । वृक्षा रोपण कार्यलाई योजनाको लागत अनुमान तयार गरेको अवस्थामा समावेश गरी वृक्षारोपण पश्चात मात्र योजना फरफारक गरिने नीति अवलम्वन गरिने छ । एक घर दुई रुख, अपाङ्ग मैत्री संरचना, वालमैत्री, भु–कम्प प्रतिरोधात्मक संरचना निर्माण, प्रत्यक्ष रोजगारी सृजना गर्ने कम्तीमा एक आयोजना महिला कै सहभागितामा सञ्चालीत योजनाहरुलाई विशेष प्राथमिकता र प्रोत्सहान गरिने छ । आफ्नो घरको अगाडी २ रुख रोप्नु पर्ने ब्यवस्थालाई प्रभावकारी वनाई सो नभएमा दण्डीत गर्ने नीति लिएको छु । साथै योजनाको लगत अनुमान तयार गर्दाको वखत नै वृक्षारोपणकार्य समेत रहने गरि योजना संझौतागर्ने नीति लिईने छ । यसबाट शहरी हरयिालीको प्रर्वद्धन हुने विश्वास लिएको छु ।

१६. पो.उ.म.न.पा.वस्तिमा ५ वटा वडा न्क्ष्क् मार्फत घरजग्गाको अधावधिक अवस्था आउने गरी न्क्ष्क् प्रणालीमा आवद्ध गरीनेछ । यस कार्यक्रमको लागि रु २५ लाख प्रस्ताव गरेकोछु । यो कार्य यसै आ.ब. बाट शुरु गरिने छ ।

१७. प्राविधिक तथा सुरक्षाको कारणले अति आवश्यक देखिएका सडकको दायाँ वायाँ रेलिङ्ग जडान गर्र्न रु १५ लाख रकम प्रस्ताव गरेकोछु । यस कार्यक्रमलाई क्रमशः अन्य क्षेत्रहरुमा विस्तार गर्दै लगिनेछ ।

१८. मिति २०६९ माघ २ गते भु–कम्प दिवसको अवसरपारी पोखरा नगर क्षेत्र भित्र भवन निर्माण संहिता  लागु भै सकेको अवस्थामा नेपाल सरकारबाट जारी वस्ति विकास निर्देशिका र भवन सहिंता बमोजिम सम्बन्धी नक्शा पास नियमित गर्नु पर्ने भवनहरुको हकमा मिति २०७३ माघ मसान्त सम्म थप गरीएको छ । साथै वातावरण मैत्री दिगो भवन सामाग्रीको प्रयोग, शौर्य उर्जा किफायती डिजाइन तथा जडान उर्जा किफायती प्रविधिहरुको प्रयोग, पानी संरक्षण प्रयोग, प्राकृतीक स्रोतमै फोहोरमैलाको व्यवस्थापन तथा सौर्यवत्ति जडान जस्ता मापदण्ड पुरा भएको भवनको नक्शा पास तथा घर जग्गा कर निर्धारणा गर्दा लाग्ने करमा थप १० प्रतिशत फिर्ता गरिने छ । उपरोक्त मापदण्ड पुरा भएको घरलाई “क” वर्गको र उल्लेखित मध्ये तीनवटा मापदण्ड पुरा भएको घरलाई “ख” वर्गमा वर्गिकरण गरी “ख” वर्गको घरलाई  (सम्पन्न प्रमाणपत्र) को समयमा प्राथमिकता दिईने, नगरपालिका बाट पुरस्कार तथा सम्मान पत्र दिईने तथा प्रर्वद्र्धनात्मक कार्य गर्ने नीति लाई निरन्तरता दिईने छ ।

१९. पोखरा उप–महानगरपालिकाको आवागमनको हिसावले महत्वपूर्ण क्षेत्रको पहिचान गरि कम्तीमा १० स्थानमा सार्वजनिक शौचालय निर्माण कार्य यसै आ.व.बाट शुरु गरिने छ । यसको लागि ४५ लाख बजेट ब्यवस्था गरेको छु ।

२०. जि.वि.स.कास्की संगको सहकार्यमा दिर्घकालिन महत्वका योजनाहरुको कार्यान्वयन यसै आ.व.बाट शुरु गरिने छ । यसको लागि लागत साझेदारी कार्यक्रमको लागि रु. ५० लाख विनियोजन गरेको छु । साथै पोखरा उप–महानगरपालिकामा जि.वि.स. समेतको साझेदारीमा अत्याधुनिक सूचना बैकको रुपमा सूचना केन्द्र स्थापना गरिने छ । यसको लागि रु. १५ लाख बजेट विनियोजित गरेको छु ।

२१. आ.व.२०७३÷०७४ मा कुल बजेट रु. ८७ करोड १२ लाख मध्ये पूर्वाधार तर्फ रु. ४२ करोड ७९ लाख ४० हजार विनियोजन गरिएको छ । जुन कुल बजेटको झण्डै ५० प्रतिशत हुन आउछ । जुन गत आ.वा.को भन्दा ११ प्रतिशतले वढी हुन आउछ । पूर्वाधार तर्फको बजेटमा ८३ प्रतिशत सडक निर्माण मर्मतमा खर्च गरिने छ , भने वाकंी अन्य निर्माण कार्यमा खर्च गर्ने नीति लिएको छु । जसबाट मुख्य गरि सडक स्तरोन्ती ३० कि.मि. नयाँ पिच निर्माण २०.६ कि.मि.ढलान १२ कि.मि. गटर नाली २७ कि.मि. र पिच मर्मत ११.९ कि.मि. गरिने लक्ष्य लिएको छु ।

जनसँख्या तथा सामाजिक विकास समिति तर्फः

२२. वालविकास केन्द्र विस्तार, वालमैत्री सूचकहरुको स्थायीकरण, घरेलुकरण, क्षमता विकास, संजालिकीकरण र्कायक्रम संचालन गरिने छ । यसको लागि १ करोड ४७ लाख ७ हजार बजेट विनियोजन गरेको छु ।

२३. पोखरा उप–महानगरपालिकाद्धारा संचालित मातृशिशु स्वास्थ्य क्लिनिक, शहरी डट्स केन्द्र, नगरस्वास्थ्य केन्द्रलाई आवश्यक बजेटको व्यवस्था गरेको छु । पोखरा उप–महानगरपालिकाको संरक्षकत्वमा संचालित रहेको पोखरा–कोमागाने मातृशिशु अस्पताललाई प्रभावकारी एवं आत्मनिर्भर बनाउन विशेष कार्य योजना बनाईने छ । निजी क्षेत्रमा सञ्चालित नर्सिङ्ग होम, क्लिनिक आदिलाई नगरपालिकाको दायरामा ल्याउन विशेष कार्यक्रम सञ्चालन गरिनेछ । जेष्ठ नागरीक स्वास्थ्य परिक्षण कार्यलाई यसै वर्ष अभियानको रुपमा संचालन गरिने छ ।
२४. महिला सशक्तिकरण कार्यक्रमलाई कार्य सम्पादन सूचकाङ्कमा आधारित बनाईने छ । नगरपालिकाको स्वीकृत मापदण्ड अन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने आमा समूह, टोल विकास संस्था, महिला समन्वय समितिलाई पुरस्कृत गर्दै कार्यसम्पादन प्रभावकारीताको आधारमा थप कार्यक्रम अनुदान दिने व्यवस्था मिलाएकोछु । नगरका सबै संयन्त्र संरचनामा कम्तिमा ४० % महिला सहभागीता हुनुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिने छ । यसको लागि कुल विकास वजेटको १० % रकम विनियोजित गर्ने प्रस्ताव गरेकोछु । वडास्तरमा महिला सशक्तिकरणको वजेटलाई पहिलो पटक महिला जनसख्या, भूगोल, बस्ती तथा क्षेत्रगत मापदण्डका आधारमा न्यायोचित तवरबाट विनियोजन गरिएको छ । एकै आर्थिक वर्षमा सकेसम्म एउटै संस्थालाई दोहो–याएर कार्यक्रम स्वीकृत नगर्ने नीति लिएको छु । महिला विकास कार्यक्रम तर्फ रु. ९८ लाख ४ हजार विनियोजन गरेको छु ।

२५. एक वडा एक वालमैत्री पार्क, बालश्रम न्युनिकरण, सडक बालबालिका पुनस्थापना, बाल संरक्षण, बाल श्रम र बाल मैत्री स्थानीय शासन सम्बन्धी विनियमावली निर्माण, बाल शोषणको अन्त्य, घरेलु बालबालिकाको पुनस्थापना तथा सामाजिकीकरण, द्वन्द्वपिडित बालबालिका व्यवस्थापन, बाल गृहहरुको अनुगमन तथा मापदण्ड निर्माण, श्रमिक बालबालिकाको पुनःस्थापना कार्यक्रम, बालबालिकाको अवस्था देखिने गरि द्यबकभष्लिभ क्गचखभथ, बाल संरक्षण एवं बाल विकास सम्बन्धी दीर्घकालीन तथा अल्पकालीन कार्य–योजना निर्माण नगरपालिकाको यस लगायतका निर्देशिका जारी गरी ‘पोखराको पहिचान बालमैत्री अभियान’ भन्ने नाराका साथ दु्ररुतगतिमा संचालन गरिनेछ । न.पा. बाट संचालन गरिने कुनै पनि कार्यक्रममा १४ वर्ष मुनिका बालबालिकाहरुलाई श्रममा लगाउन नपाईने नीतिलाई कडाईका साथ लागु गरिने छ । बालबालिकाको सहभागितामा नमूना बालमैत्री विद्यालय कार्यक्रम संचालन गर्न आवश्यक वजेट व्यवस्था गरेको छु । बाल संरक्षणको स्थायी प्रणालीबाट पोखराको प्रत्येक वडालाई बालमैत्री वडा र नगरपालिकालाई बालमैत्री नगरपालिकको रुपमा सन २०१८ सम्म घोषणा गर्न बालमैत्री स्थानीय शासनका सूचक परिलक्षित कार्यक्रम संचालन गरिने छ । यी लगायत बालबालिकाको सर्वाङ्गिण विकासको लागि रु.१ करोड ९७ लाख बजेट व्यवस्था गरेको छु ।

२६ .फरक क्षमता भएका तथा अपाङ्ग समूदाय, दलित उत्पिडित आदिवासी समुदाय, मुश्लिम उत्थान, यौनिक तथा तेस्रो लिङ्गी, सहिद तथा वेपत्ता परिवारको संरक्षण तथा आत्मनिर्भरताका ठोस कार्यक्रम सम्पन्न गर्न उपरोक्त समुदायको सवलिकरण, सशक्तिकरण मार्फत मुल प्रवाहीकरणमा जोड दिन सम्वद्ध पक्षको सहकार्यमा फोहरमैला ब्यवस्थापन, राजश्व संकलन, तथ्याकं संकलन जस्ता कार्यहरुमा टोल विकास समिति संग लाभ लागत र जोखिममा साझेदारी सहित समन्वय गरिने छ । अल्पकालिन तथा दिर्घकालीन कार्य–योजना यसै आ.व.बाट निर्माण गरि क्रमशःकार्यान्वयन गर्दै लगिनेछ । कला संस्कृति संरक्षण, नेवा सस्कृति संग्राहलय, पशुपालन अनुदान कार्यक्रम, सूचना केन्द्र सुदृढिकरण परिवेश, आर्ट ग्यालरी जस्ता कार्यक्रमहरुलाई विशेष प्राथमिकता दिएको छु । यसको लागि रु. ५४ लाख विनियोजन गरिएको छ ।

२७. नगरस्तरीय खेलकुद प्रर्वद्धन कार्यको लागि यसै आ.व.देखि नगरस्तरीय खेलकुद प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको समन्वयमा संचालन गरिने छ । आगामी आ.व.को लागि रु. १५ लाख बजेट प्रस्ताव गरेको छु । संचार क्षेत्रको सुदृढिकरण कार्यक्रमको लागि १० लाख बजेट प्रस्ताव गरेको छु । साथै पुस्तकालय सहयोग कार्यक्रमलाई यस वर्ष पनि निरन्तर दिएको छ । सामाजीक सुरक्षा कार्यक्रमको प्रभावकारी अनुगमनको व्यवस्था मिलाइनेछ । बैंक मार्फत भत्ता वितरणलाई थप प्रभावकारी बनाइने छ । लक्षित वर्गमा प्रवाह भए नभएको एकिन गर्न अनुगमन तथा परिक्षण प्रणलीलाई ब्यवस्थित गर्ने कांर्यका लागि ३ लाख वजेट प्रस्ताव गरिएको छ ।

२८. नगर क्षेत्रभित्र कार्यरत टोल विकास संस्थाको क्षमता विकासलाई विशेष जोड दिइने छ । वडास्तरीय वजेटको ५% रकम टोल विकास संस्थाको क्षमता विकासमा विनियोजन गर्नुपर्ने नीतिलाई निरनतरता दिएको छु । टोल विकास संस्थाको सवलिकरण तथा सुदृढिकरण मार्फत नगरपालिकाको विकासको साझेदारको रुपमा स्थापित गर्न कार्यविधि, २०७० कार्यान्वयन गरिने छ । यही आ.व. भित्र उप–महानगरपाािलकामा त्ीइ म्भकप गठंन गरिने छ । यसको लागि रु.८ लाख बजेट विनियोजन गरेको छु । पोखरा उप–महानगरपालिकाको सेवा प्रवाहको जानकारी दिने मोवाईल एपलीकेशन आजैबाट संचालनमा ल्याईने छ ।

२९. खराव ऋण असुलीको लागि ऋण असुली निर्देशिका तयार गर्ने गरी यसै आ.व.बाट कडाइका साथ कार्यान्वयन गरिने छ । नियतवस ऋण नर्तिने व्यक्ति तथा समूहको नाम कालो सूचीमा राखी नगरपालिकाबाट दिइने सेवा पूर्णतः बन्द गरिने छ । विगत केहि समयदेखि रोकिएको टोलविकास संस्थाहरुको विउ पुँजी अनुदानलाई यस आ.व.मा पून निरन्तरता दिइने छ ।

३०. नगर क्षेत्रमा कार्यरत सवै गैह्रसरकारी संस्थाहरुको प्रोफाइल तयार गरिनेछ । गैह्रसरकारी संस्थाहरुलाई नगरपालिका प्रति उत्तरदायी बनाउन गै.स.स. कै सहयोग तथा सहकार्यमा गैर सरकारी संस्था (संचालन ब्यवस्थापन) निर्देशिका, २०७२ स्वीकृत गरीएको छ । यसै आ.व.को माघसम्ममा नगरपालिकामा ल्न्इ म्भकप स्थापना गरिने छ । एक सयूक्त सयन्त्रको स्थापनाबाट गै.स.स.का कार्यलाई नगरवासी प्रति उत्तरदायी बनाउन आवश्यक समन्वय गर्न तथा नगरपालिकाको प्राथमिकतासँग मेल खाने गरि सहकार्य एवं साझेदारी गर्न अनुगमनलाई प्रभावकारी बनाइने छ । न.पा.मा कार्यक्रम, वजेट तथा प्रतिवेदन पेश नगर्ने गैह्रसरकारी संस्थाहरुलाई नविकरणको लागि सिफारिस गरिने छैन । साथै उक्त संस्थालाई न.पा.बाट दिइने सेवा सुविधा बन्द गरिने छ र कुनै अनुदान दिईनेछैन र साझेदारि पनि नगरिने नीतिलाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।

३१. पोखराको वास्तविकतासँग मेल खाने गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नगरसँग भगिनी सम्वन्ध ९क्ष्कतभच ऋष्तथ च्भबितष्यल० कायम गर्ने कार्यलाई उच्च प्राथमिकता दिइनेछ । भगिनी सम्बन्ध थप नगरहरुमा विस्तार गरिने छ । भगिनी सम्बन्ध कायम भएका नगरसँग पोखराको पर्यटन पूर्वाधार लगायत प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न प्रोत्साहित गरिदै लगिने छ । दातृनिकायको सहयोगलाई आर्कषित गर्न लगानीका सम्भाव्य क्षेत्रहरुको पहिचान गरिने छ । हाल सम्बन्ध कायम भएका सवै नगरहरुसँगको भगिनी नगर सम्बन्धलाई अझै गाढा बनाइने छ । भगिनी संम्वन्ध कायम भएका नगरबाट प्राप्त सहयोगलाई साझेदारी कोषमा जम्मा गरी नगरपालिकाको प्राथमिकता प्राप्त पूर्वाधार विकासमा मात्र लगानी गरिने नीति अख्तियार गरिएको छ ।

३२. पोखराको समग्र पर्यटन विकासको लागि समग्र गुरुयोजना बनाउने कार्य यसै आ.व.बाट सुरु गरिने छ । पर्यटन सम्वन्ध संघसंस्थाहरुको सहकार्यमा पर्यटन विकासमा नगरपालिकाको भुमिकाको पुनः परिभाषित गरिने छ । पर्यटनक्षेत्रको दिगो व्यवस्थापनका लागि आवश्यक स्रोतको वन्दोवस्त गर्न यसै आ.व.देखि पर्यटन विकास शुल्कको पूर्वाधार तयार गर्ने कार्य सुरु गरिने छ । समग्र पर्यटन विकासका गुरु योजनाका लागि रु. ९ लाख वजेट प्रस्तुत गरेको छु ।

३३. पोखरा उप–महानगरपालिका क्षेत्रभीत्र सम्भाब्य साईकल ट्याक सम्भाब्यता अध्ययन कार्य यसै आव.बाट शुरु गरिने छ । यातायत ब्यवस्थापन लाई प्रभावकारी वनाउन सार्वजनिक नीजिसाझेदारी अवधारणा अनुसार १२ वटा अत्याधुनिक बस स्टेण्ड यसै आ.व. भित्र सम्पन्न् गरी क्रमशः विस्तार गदै लगिने छ । यस उप–महानगरपालिकाको शुन्य लगानी रहने छ ।
३४. सामाजिक तथा जनसँख्या समिति अन्तरगतका नीति तथा कार्यक्रमहरुको प्रभावकारी कार्यन्वयनका लागि, (सामाजिक सुरक्षा कार्यक्रम समेत) कुल १७ करोड ३१ लाख ९० हजार २ सय बजेट विनियोजन गरिएको छ । जुन कुल बजेटको २० प्रतिशत हुन आउछ ।

भूमि तथा जलस्रोत तर्फ ः

३५. पोखरा उप–महानगरपालिका क्षेत्र रहेका सार्वजनिक प्रति तथा सरकारी जग्गाहरुमा वढदै गएको अतिक्रमण लाई निरुत्साहित गर्न यस आ.व.को माघ मसान्त भित्र सम्पूणर््ा सार्वजानिक प्रति जग्गा एवं सरकारी जग्गाहरुको अध्यावधिक अवस्था सहितको पुस्तिका प्रकाशन गरिने छ । साथै हाल नापी हुन वाकीं रहेका वडा नं. १४ र १८ को नयाँ नापी यसै आ.व. भित्र सम्पन्न गरि सक्ने गरी आवश्यक कारवाही अघि वढाइने छ । नगर क्षेत्र भित्रका हाल लगत कायम भएका १७१ वटा चौतारीहरु , मठमन्दीर, नहर कुलो आदी संम्पदाको संरक्षण लाई प्राथमिकता दिईने छ । साथै सार्वजनिक प्रती पहिचान भएका जग्गा, सम्पदाहरु लाई नगरपालिकाको नाममा दर्ता गर्न आवश्यक प्रकृया थालिने छ । प्रत्येक वडाका सार्वजनिक जग्गाहरुको अतिक्रमण हुन नदिन संरक्षणका निमित्त अभियान शुरु गरिने छ । कम्तिमा एक टोल एक खुल्ला क्षेत्र घोषणा, एक वडा एक वातावरण र वालमैत्री पार्कको घोषणा गरि आवश्यक पूर्वाधार तयार गरीने छ । यसको लागि आवश्यक बजेट ब्यवस्था गरेको छु ।

३६. पोखरा उप–महानगरपालिका क्षेत्र भित्र सुकुम्वासी वस्ति लगायत नियमानुसार निमार्ण भएका घर हरुमा वत्ति तथा पानीको सिफारीस लाई सुचारु गर्न यसै आ.व.भित्र सम्वन्धित निकायहरुको समन्वयमा मापदण्ड वनाई लागु गरिने छ ।

३७. पोखरा उप–महानगरपालिका क्षेत्र भित्र खानेपानीको लाईन , नयाँ योजना स्वीकृत , क्षमता विस्तार आदी कार्यमा उपभोक्ता स्तरबाट माग वढिरहेको सन्र्दभमा आवश्यकता , औचित्यता र सान्दर्भिकता हेरी कुल लागत अनुमानको अधिकतम ४० प्रतिशत सम्म मात्र नगरपालिकाबाट मात्र व्यहोरीने छ । रु.१० लाख भन्दा माथिका आयोजना सम्पन्न गर्न खानेपानी संस्थान सगं आवश्यक समन्वयगरी उक्त संस्थानलाई नै जिम्मेवार वनाईने छ । हाल रहेको वोरीङ्ग व्यवसायीहरुलाई करको दायरामा ल्याईने छ । थप भएका वडाहरुमा खानेपानी सेवा विस्ताका लागि ५५ लाख विनियोजन गरिएको छ । स्थानीय सानो सिचाई कुलो मर्मत एवं निर्माण मुहान संरक्षणको लागि रु. १० लाख विनियोजन गरेको छु । उपरोक्त नीतिगत ब्यवस्थाको कार्यानवयनको लागि रु. २ करोड बजेट विनियोजन गरेको छु । जुन कुल बजेटको २ प्रतिशत हुन आउछ ।

कृषि वन तथा वातावरण तर्फ ः

३८. कृषि उपजलाई व्यवस्थित गर्न निश्चित क्षेत्र (एयअपभत ब्चभब) तोकी कृषिजन्य थोक वजार खुद्रा बजार फलफुल ब्यवसायलाई ब्यवस्थित गरिने छ । ग्रामणि क्षेत्रमा कृषि विकास तालिम, क्षमता विकास, बजार पहुच वढाउन कृषि उपज संकलन केन्द्र, वेमौसमी तरकारी खेती लाई प्रोतसाही गरिने छ । यसको लागि ३६ लाख ५० हजार विनियोजन गरेको छु ।

३९. नगरपालिकामा बढ्दो रुपमा उत्र्सजन हँुदै गरेको फोहर मैलालाई श्रोत मै ब्यवस्थापन गर्न आवश्यक कार्यविधि बनाईने छ । वडामा गंठन भएको सरसफाई समन्वय समितिलाई जिम्मेवार वनाउने संकलनको तालिकाको अध्यावधि गरिने, र २ महिना भित्र सबै सवारी साधनहरुमा न्यनचबउजष्अब िएयकष्तष्यलष्लन क्थकतझ जडान गरिने छ । निजी क्षेत्र संगको सहकार्यलाई थप वडामा विस्तार गर्दै लगिने छ । महिनाको १ पटक कम्तिमा विशेष सरसफाई अभियान संचालन गरिने छ । केहि छानिएका क्षेत्रमा फोहरमैला ब्यवस्थापन गर्न टोल विकास संस्था, निजि क्षेत्रसँग सहकार्य गरिनेछ । जथाभावी फोहरमैला फाल्नेलाई आवश्यक कारवाही गर्न एउटा विशेष टोलीको निर्माण गरि कारवाहीलाई प्रवद्धात्मक, निरोधात्मक र दण्डात्मक अभियानलाई तिब्रता दिईने छ । ल्याण्डफिल ब्यवस्थापन सहित सरसफाई क्षेत्रको लागि रु. ४ करोड ६७ लाख बजेट ब्यवस्था गरेको छु ।

४०. हाल विद्यमान रहेको सरसफाई शुल्कलाई पुनरावलोकन गर्दै बैज्ञानिक मापदण्ड तयार गरि लागु गरिनेछ । फोहरमैला ब्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी अन्र्तगत वडा.नं. ६, ७, १७, ३, ४, ८, ९ मा संचालन भएको कार्यक्रमको पुन ः समिक्षा गरि यसलाई क्रमश ः अन्य वडाहरु तथा क्षेत्रमा विस्तार गर्ने कार्य यहि आ.व.बाटै शुरु गरिनेछ । यसबाट फोहरमैला ब्यवस्थापनको सन्दर्भमा नगरपालिकाको बढि रहेको ब्ययभार कमि आउने विश्वास लिएकोछु ।

४१. सरसफाई क्षेत्रमा कार्यरत कर्मचारीको नियमित स्वास्थ्थ परीक्षण गरिनेछ । नगरपालिकालाई २ महिना भित्र प्लाष्टिक झोला निषेध गर्न वनेको कार्यविधि, २०७२, लाई स्वीकृत गरिएको छ । नगरपालिका भित्रमा संचालित नगरपालिका भित्रका संचालित अस्पताल जन्य र मासु जन्य फोहर व्यवस्थापनको लागि आवश्यक सहकार्य गरिने छ । नगरपालिका संग स्वीकृत नलिई फोहर मैला, संकलन ब्यवस्थापन गर्ने सघं संस्था लाई पुर्णत रोकलगाई, त्यस्ता संस्था सग सहकार्य गर्न संघ संस्थालाई कानूनको दायरामा ल्याईने छ । ठेला तथा फुटपाथ निषेधित कार्यक्रमलाई थप प्रभावकारी वनाईने छ ।

४२. ल्याण्डफिल साईटलाई थप आर्कषक बनाउँदै नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने प्रकृयाको शुरुवात गर्दै माग भएबमोजिम सेप्टेज संकलन गर्ने साधन समुदायलाई जिम्मा दिई साझेदारीमा संचालन गर्ने नीति यसै आ.व.बाट लिईनेछ । साथै ल्याण्डफिल साईटको आर्कषणका लागि सौन्दर्यीकरणका कार्यक्रम संचालन गरिनेछ ।

४३. फोहरमैलाको दिर्घकालिन व्यवस्थापनको लागि फोहरमैला प्राविधिक सहयोग केन्द्रको प्राविधिक सहयोगमा ५ बर्षे रणनिती निर्माण कार्य यसै आ.व.बाट शुरु गरिने छ । फोहरमैला व्यवस्थापनको घच् ९च्भमगअभ, च्भगकभ, च्भअथअभि० को अवधारणा बमोजिम प्रवद्र्धनात्मक निरोधनात्मक तथा उपचारात्मक कार्यलाई घनीभूत रुपमा अघि बढाईने छ ।

४४. पोखरा उप–महानगरपालिका क्षेत्रभित्र रहेका सम्पदाहरु एवं मठमन्दिर, चौतारा, पाटीपौवा तालतलैयाको मर्मत सम्भार गर्दै आ.व. २०७३÷०७४ मा वृक्षारोपण तथा पार्क ब्यवस्थापनलाई प्राथमिकताका साथ संचालन गरिने छ । यसको लागि रु. १ करोड ३० लाख बजेट विनियोजन गरेको छु । सम्पदा संरक्षणको लागि रु. १५ लाख बजेट विनियोजन गरेको छु । ग्रामीण क्षेत्रलाई लक्षित गरी पशु विकास कायृक्रम संचालन गर्न रु. १९ लाख बजेट प्रस्ताव गरेको छु । छाडा चौपाया तथा भूस्याह कुकुर नियन्त्रण कार्य लाई प्रभावकारी वनाउन आवश्यक बजेट ब्यवस्था गरेको छु ।

४५. पोखरा उप–महानगरपालिका र विश्व वैक संग भएको सम्झौता बमोजिम प्रतिफलमा आधारीत शहरी फोहरमैला ब्यवस्थापन कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै फोहरमैलाको दिगो ब्यवस्थापनको लागि यसै आ.व. भित्र कम्प्याक्टर ४ थान फोहर उठाउने साना गाडी ३ वटा लोडर २ वटा , कम्पोष्ट विन खरीड गरिने छ । सो को लागि रु. ४ करोड ५० लाख बजेट स्वीकृत गरेको छु । सरसफाई कर संकलनको लागि २ वटा त्बचषा ऋयििभअतष्यल को स्थापना गरिने छ । उपरोक्त नीतिगत ब्यवस्थाको कार्यान्वयनको लागि ७ करोड ६४ लाख ५ सय बजेट विनियोजन गरेको छु ।

४६. पोखरा उप–महाननगरपाकिलाको पहिचान वोकेको फेवाताल संरक्षणको लागि जलाधार संरक्षण कार्यक्रम अघिवढाउने छु । फेवाताल संरक्षण कार्यालयको भूमिकालाई प्रभावकारी वनाउने छु । अनाधिकृत संरचनालाई अविलम्व हटाई फेवाताल वरीपरिको फुट टे«यक एवं साईकल ट्रेकको सम्भाब्यता अध्ययन कार्य ३ महिना भित्र सम्पन्न गरि कार्य प्ररम्ंभ गरिने छ । फेवाताल सिल्टेसन हटाई सौन्र्दयकरण कार्य, नदीहरुको चेकड्याम निर्माण, सौर्यवत्ति कार्यको लागि रु. १ करोड ३८ लाख विनियोजन गरेको छु ।

४७. पोखरा उप–महानगरपालिका भित्र रहेका कमलपोखरी, वुढानिलकण्ठ पोखरी, राम्चे पोखरी, मासबार पोखरी, मट्टीखान पोखरी, शुभकामना पोखरीको संरक्षणको लागि रु. ३१ लाख ६३ हजार बजेट विनियोजन गरेको छु । थप पोखरीको पहिचान गरि संरक्षणको लागि आवश्यक बजेट मिलाईने छ ।

४८. उपरोक्त नीतिगत ब्यवस्था कार्यान्वयनको लागि ७ करोड ६४ लाख बजेट विनियोजन गरेको छु । जुन कुल बजेटको ९ प्रतिशत हुन आउछ ।

संगठन तथा प्रशासन समिति तर्फ ः

४९. सेवा प्रवाह सुधारको लागि हालै सुधारको ३३ वुदे तत्कालिन कार्य योजना तयार गरि आवधिक सूचकहरुको आधारमा प्रत्येक कर्मचारी संग कार्य संम्पादन करार गरी त्यसलाई कर्मचारी प्रोत्साहन प्रणालीमा आवद्ध गरिने छ । हाल क्षतीपूर्ति सहितको १८ वडामा नागरिक वडापत्र जारी भएकोमा २९ वटै वडामा २०७२ माघ मासान्त भित्रै विस्तार गरिने छ । यसको लागि क्षतीपूर्ति कोष वडाको लागि रु. ५०००÷ र उप–महानगरपालिकाको लागि ५०००÷ कोष खडा गरिएको छ । समयमै सेवा प्राप्त नभएमा तत्कालै सेवाग्राहीलाई क्षतिपूर्ति दिईने ब्यवस्था मिलाईएको छ । पोखरा उप–महानगरपालिकाको समग्रं महाशाखा÷ शाखागत क्षतिपूर्ति सहितको नागररिक वडापत्र पनि १ महिना भित्रै जारी गरिने छ । कार्य संम्पादन करारलाई वडास्तरमा सम्म पु–याईनेछ । हाल कर्मचारीले पाएको प्रोत्साहन भत्तालाई २ हजार कायम गरिएको छ । यसलाई कार्य सम्पादन करारमा आवद्ध गरिने छ ।

५०. कार्यालय भित्र हुने अनियमिततालाई रोक्न शुन्य सहनशिलताको नीति अवलम्वन गरिने छ । सेवा प्रवाहमा पारदर्शिता एवं जवाफदेहीता कायम गर्न गुनासो सुनुवाई, उजुरी व्यवस्थापनलाई शीघ्र र प्रभावकारी बनाइने छ । सेवा प्रवाहमा विद्युतीय शुशासनको मान्यता अनुसार कार्यालयको कामलाई प्रविधि मैत्री वनाउदै लगिने छ । व्यक्तिगत घटना दर्तालाई इलष्लिभ क्थकतझ मा आधारीत बनाइने छ । नागरीकको गुनासोलाई २४ सै घण्टा सुन्न सकिने गरी टोल फ्री नं. र गुनासो रेकर्ड मेशिन जडान गरिनेछ । नियमित पत्रकार भेटघाट र क्रियाकलापको मासिक रुपमा गरिने सार्वजानिकीकरण मार्फत पारदर्शिता सुनिश्चित गरिनेछ । कार्यालयमा हाल भईरहेको विभागगत संरचनालाई महाशाखागत संरचनामा परिर्वतन गर्ने गरी नयाँ संगठन तालिका स्वीकृत गरेको छु । शुशासन प्रर्वद्धनको लागि प्रविधिमैत्री , सेवा प्रवाह, नागरीक सन्तुष्टी, स्तरको मापन सो सेवार्थ संघ संस्था संगको सहकार्य, शुन्य सहनशीलताको नीति, शुशासन प्रर्वद्धन गर्ने संयन्त्रहरुको प्रभावकारी कार्यान्वयन गदै लगिने छ ।

५१. कार्य क्षेत्र वढिरहेको जनशक्ति घटिरहेको वर्तमान अवस्थालाई सम्वोधन गर्न पदपूर्ति प्रक्रिया थालिने छ । विगत लामो समय देखि कार्यरत महिला शिक्षिका, सेवीका, म्यतक मा कार्यरत कर्मचारीहरुको दरवन्दी मिलान गरिने छ ।

५२. नोडल अधिकृत, प्रवक्ता, सूचना अधिकृतको कामलाई प्रभावकारी बनाउँदै लगिनेछ । कर्मचारी पेश्कीलाई यस आ.व. भित्र असुल फस्र्योट शुन्यमा कायम गरिने छ । नगरपालीकाको अत्यावश्यक सेवा अन्तर्गत दमकल तथा एम्वुलेन्स सेवालाई थप प्रभावकारी बनाइनेछ । कर्मचारीको क्षमता विकासलाई बढाउन विशेष कार्यक्रम तर्जुमा गरिने छ । यसै आ.व.भित्र २ वटा क्षमता विकास केन्द्र संचालनमा ल्याईने छ । यसको लागि आवश्यक बजेट ब्यवस्था गरेको छु । उप–महानगरपालिका र उप–महानगरपालिकाको सहयोगमा संचालन हुने सबै प्रकारका क्षमता विकासका कार्यक्रमहरुको एकिकृत नम्स स्वीकृत गरि लागु गरिएको छ ।

५३. नगरप्रहरीहरुको कार्य सम्पादनलाई प्रभावकारी वनाउन हालको संगठन संरचनालाई पुन संरचित गरिने छ एक विशेष टोली को निर्माण गरी अनुगमन, निरीक्षण लाई तिव्रता दिईने छ ।

५४. नगरपालिका क्षेत्रको सौन्दर्य विगार्ने गरी राखिएका होडिङ्ग वोर्डहरु हटाउने कार्य गरिनेछ , होडिङ्ग वोर्डको वर्तमान स्वरुपलाई परिर्वतन गरि डिजिटल प्रविधिमा आधारीत होडिङ्ग वोर्ड राखि सम्वन्धित संस्था संग सहकार्य गरी अघि वढाईने छ ।

५५. अखाद्य वस्तुको अनुगमन ,मासुपसलको अनुगमनलाई तिव्रता दिईने छ । हाल कार्यान्वयन रहेको मासुपसल अनुगमन निर्देशिकालाई समयानुकुल परिमार्जन गदै लगिने छ ।

५६. उप–महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सेवा शर्त तथा सुविधा सम्वन्धी निर्देशिका, २०७२ लाई संसोधन गरिने छ ।

राजश्व तर्फ ः

५७. हाल कार्यान्वयनमा रहेको एकीकृत संम्पती करलाई प्रभावकारी वनाउन करदातालाई अभियानको रुपमा संचालन गरिने छ । आफुले तिर्नु पर्ने कर आफैले सजिलै निर्धारण गर्न सक्ने गरि मोवाईल्स एप्स निमाणर््ा तत्कालै शुरु गरिने छ । नगरपालिकालाई तिर्नु पर्ने कर वडाहरुमा पनि तिर्न सकिने ब्यवस्था यसै आ.व.बाट शुरु गरिने छ । कर शाखालाई पुनः संरचनागरि भ्भिअतचष्अ त्रगभ ःबतअजष्लन, जडान गरिने र करदातामैत्री पूर्वाधार तत्कालै वनाईने छ । एकीकृत संम्पतीकर पौष मसान्त भत्र तिरेमा दिईएको १० प्रतिशत छुटलाई ३ महिना थप गरि सकेको छ ।

५८. खेलकुद मैदान, पार्किङ्ग, बाग बगैचा, प्रयोजनार्थ जग्गा प्रयोग भएका ठूला कर दाताहरुलाई करको दायरामा ल्याउनको लागि लागेको घर जग्गाकरमा १० प्रतिसत छुट दिईनेछ ।

५९. चालु आ.व. ०७२÷०७३ मा संस्थागत निकायहरुबाट बहाल कर संकलन कार्यलाई प्रभावकारी ढंगले अगाडि वढाईने छ । घर वहाल करलाई ब्यवस्थित गर्न घर वहालकर निर्देशिका, २०७२ तयार गरी माघ मसान्त सम्म जारी गरिने छ । यही फल्गुण १ देखि घर वहाल कर लाई एकीकृत संम्पति करमा आवद्ध गरिने छ । घर वहालकर लाई स्वंयम घोषण पद्धतिमा आवद्ध गरिने छ । घरवहाल कर नर्तिने संघ संस्थाको हकमा नगरपालिकाबाट प्रदान गरिने सेवा वन्द गरिने नीतिलाई प्रभावकारी वनाउदै लगिने छ । संम्वत २०७२ असार मसान्त अगाडी २ वर्ष सम्मको घर वहालकर आफैले घोषणा गरि तिरेमा वाकंी अवधिको कर छुट दिईने छ । यसबाट राजश्व परिचालन प्रभावकारी हुने विश्वास लिएको छु ।

६०. घर बहालमा लिने दिनेको संझौता पेश गर्न असमर्थ भएको तर भाडामा बसी कारोवार वा कार्यालय स्थापना गरेकोमा त्यस्तो व्यवसाय फर्म संस्था नबिकरण गर्दा प्रति सटर कोठाको न्यूनतम मासीक भाडा प्रति व.फि.रु.१००÷ कायम गरी व्यवसायी वा घर धनिबाट घर बहालकर असुल गर्ने नीतिलिईएको छ ।

६१. बार्षिक तथा पटके सवारी कर, सडक मर्मत सुधार शुल्क सम्बन्धीत व्यवसायीक समितिहरु मार्फत सस्ंथागत रुपबाट स्टीकर राखी कर तथा शूल्क असुलकालागि आवश्यक कार्य यसै आबबाट सुरु गरीनेछ ।

६२. सिनेमाहलहरु संग संस्थागत छलफल र निर्णयको आधारमा मासीक रुपमा मनोरन्जन कर लिईनेछ भने व्यापार मेला,महोत्सब संचालन भई उक्त मेलामा टिकट बाट बिभिन्न खेल प्रदर्शन तथा संचालन भएमा मेला अनुमतिका लागी निश्चित प्रकृया तय गरीनेछ । उक्त प्रकृया पुरा गरेपश्चात मात्र प्रचार सामाग्री, गेट लगाउन अनुमति दिईनेछ । अनुमतिको दर तथा कार्यबिधि २०७२ माघ बाटै कार्यन्वयन गरीनेछ ।

६३. वार्षिक रु. ५० हजार वा सो भन्दा बढी कर तिर्ने करदाताहरुलाई सहज रुपमा कर तिर्नेव्यवस्था मिलाईनेछ । यसको लागी कार्यालयमा छुट्टै काउण्टरको व्यबस्था गरीनेछ ।

६४. कार्यालयबाट सबै प्रकारका सेवाग्राहिले प्राप्त गर्ने सेवा सुविधालाई निर्देशिका मार्फत व्यबस्थित गरीनेछ भने सेवा प्राप्त गर्नका लागी कर चुक्ता प्रमाणपत्र अनिवार्य पेश गर्नु पर्ने कानुनी व्यबस्थालाई कडाईका साथ अवलम्बन गरीनेछ ।

६५. आन्तरिक राजश्व कार्यालय, घरेलु, यातायात व्यवस्था कार्यालय लगायतका संस्थाहरु संग समन्वय गरी कर असुली लाई प्रभावकारी वनाईने छ भने करदाता शिक्षा कार्यक्रम २९ वटै वडामा सञ्चालन गरीनेछ ।

६६. नगरपालिका कार्यालयलाई बुझाउनु पर्ने सवै प्रकारका कर तथा शुल्क समयमा नबुझाउने व्यक्तितथा संघ संस्था हरुलाई बक्यौता करमा ५ प्रतिशत जरीवाना लिईने व्यबस्था कायमै गरीएको छ ।

६७. राजश्व सुधार कार्य योजनाको समयावधी सकिएकोमा आगामी ५ वर्षको लागि राजश्व सुधार तथा ब्यवस्थापन कार्य योजना तयार गरिने छ ।

६८. हाल करको दायरामा नआएका कवाडी व्यवसाय, ईलेक्टीसियन, प्लम्बर आदिलाई करको दायरामा ल्याईनेछ । साथै नगरपालिकाको स्वामित्वमा रहेका जग्गा अनधिकृत रुपमा उपभोग गरेका व्यक्ति वा संस्थालाई नगरपालिकाको दायरामा ल्याईनेछ ।

६९. केन्द्रिय अनुदान, संघ संस्था तथा बैदेशिक सहायता बाट प्राप्त गर्न सकिने सहयोगलाई यसै आ.ब देखि व्यबस्थित कार्ययोजना तयार गरी नियमित सम्पर्क बढाई थप योजना तथा कार्यक्रमका लागी पहल अगाडि बढाईनेछ ।
७०. सरोकारवाला संस्थाहरुको साझेदारीमा पोखरा उपमहानगरपालिका क्षेत्रमा दृष्यावलोकन गरेवापत दृष्यावलोकन शुल्क लगाउने कार्य यसै आ.ब बाट शुरु गरीनेछ । उक्त शुल्कबाट प्राप्त आयको छुट्टै कोष खडा गरी नगरपालिकाको समेत योगदानमा साझा संयन्त्र एवं कार्यबिधि तर्जुमा गरी पर्यटन विकासमा लगानी गर्ने आवश्यक व्यबस्था मिलाईनेछ ।

७१. पोखरा उप–महानगरपालिकाको करको दायरामा नआएका महेन्द्र गुफा लगाएतका स्थानहरुलाई करको दायरामा ल्याईने छ । थप भएका वडाहरुका पर्यटकिय स्थानको पहिचान कायम राखेका सराङकोट, पुम्दीभुम्दी, काहँु लगाएतका स्थानहरुलाई यसै आ.व. देखि करको दायरामा ल्याईने छ । साविकको सराङकोटलाई पर्यटकिय क्षेत्र घोषणा गरि ब्यवस्थित पूर्वाधार निर्माणका कार्य योजना वद्धढङ्गले कार्यान्वयन गर्दै लगिने छ ।

ग्रामीण क्षेत्र विकास विशेष कार्यक्रम ः
७२. नेपाल सरकारको नगरपालिकाको क्षेत्र विस्तार भई साविकको ५५.२६ व.कि.मि. क्षेत्रबाट २२५.६५ व.कि.मि. क्षेत्र विस्तार भएको वर्तमान सन्र्दभमा थप भएका ग्रामीण वडाहरुमा पूर्वाधार निर्माण, सामाजिक परिचालन, महिला शशक्तिकरण एवं वातावरण मैत्री कार्यक्रमहरुलाई घनिभूत रुपमा संचालन गर्दै नगरवासिको मनौवैज्ञानिक भावनालाई गहकिलो रुपमा संस्थागत गर्न थप भएका ११ वटा वडालाई ग्रामीण क्षेत्र घोषणा गरी देहायकोजिमका विशेष प्याकेजका कार्यक्रमहरु एकिकृत रुपमा संचलन गरिने छ ।

– पूर्वाधार विकासको लागि प्रतिवडा १ करोडको दरले ११ करोड ।
– खानेपानी तथा सरसफाईको लागि प्रति वडा ५ लाखको दरले ५५ लाख,
– महिला शशक्तिकरणको लागि १ लाखको दरले ११ लाख,
– सामाजिक परिचालन, टोलविकास संस्था, गठंन क्षमता विकास र लक्षित वर्गको कार्यक्रमको लागि रु. १ लाखको दरले ११ लाख,
– सार्वजनिक जग्गाको लगत एवं संरक्षणको लागि एक मुष्ठ ५ लाख,
– सौर्य उर्जा विस्तारको लागि एकमुष्ठ ५० लाख ःबतअजष्लन ागलम को रुपमा,
गरि १२ करोड २१ लाख रकम विनियोजन गरेको छु । थप भएका साविकका वडाको सबै केन्द्रमा यसै आ.व. भित्र मोटर बाटो निर्माण गरिने छ । यसको लागि आवश्यक बजेटको ब्यवस्था गरेको छु । यस बाट थप भएका वडाहरुमा विकास प्रक्रियाले तिव्रता लिई सन्तुलित तथा समावेशि विकास हुने अपेक्षां लिएको छु । थप भएका ग्रामिण वस्तिहरुमा २० प्रतिशत जनसहभागिता रहने ब्यवस्था मिलाईएको छ । थप वडाहरुको पनि अति ग्रामीण क्षेत्रहरुको पहिचान गरि ग्रामीण क्षेत्र विशेष कार्यक्रम अन्तरगत विशेष क्षेत्रमा जनसहभागिता १० प्रतिशत सम्म कम गर्न सकिने नीति लिएको छ ।

७३. थप भएका वडाहरुको हकमा ब्यवसाय करमा ५० प्रतिशत छुट दिईने छ । थप भएका वडाहरुमा संम्भाब्य मनोरन्जन एवं पिक्नीक स्थलको पहिचान गरि पूर्वाधार निर्माण गरिने छ । सो क्षेत्रलाई यसै आ.व. भित्र करको दायरामा समिटिने छ ।

७४. यसै आ.व् देखि शुरु गरि पिकनिक स्थल एवं पार्क निर्माण कार्यको शुरुवात गरि साझेदारी नीति अनुरुप संचालन गरिने छ । यसको लागि रु.२० लाख बजेट प्रस्ताव गरेको छु ।

७५. ग्रामिण वडाहरुमा खानेपानी विस्तार गर्नको लागि एक घर एक धारा अभियान कार्यक्रम संचालन गर्न रु. २५ लाख बजेट ब्यवस्था गरेको छु । आगामी २ वर्षभित्र ग्रामीण वडाका सबै नगरवासि स्वच्छ खानेपानीको पहुँचमा पुग्ने विश्वास लिएको छु ।

७६. कृषि संग सम्वन्धित आय मुलक विशेष कार्यक्रम तथा अनुदानको प्याकेज घोषणा गरिने छ ।

आदरणीय महानुभावहरु,

माथि उल्लेखित विषयगत नीतिहरुको सफल कार्यान्वयन गर्न आगामी आर्थिक वर्षको लागि कुल अनुमानित वजेट रु ८७ करोड २० लाख ५५ हजार अनुमान गरेको छु । जुन गत वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । त्यसैगरी संघसंस्थातर्फ कुल रु. १ अर्ब २१ करोड १२ लाखको कार्यक्रम पेश भएको छ । नगरपालिकातर्फको कुल बजेट मध्ये आन्तरिक आम्दानी तर्फ रु. ४० करोड ३५ लाख ५५ हजार र बाह्य स्रोततर्फ ४३ करोड ७६ लाख र वैदेशिक सहायताबाट ३ करोड ८ लाख ५५ हजार अनुमान गरेको छु । आन्तरिक आम्दानीतर्फ स्थानीय कर रु. १३ करोड १२ लाख , सेवा शुल्क रु. ३ करोड १९ लाख, दस्तुरहरुबाट रु. १० करोड बिक्रीबाट रु. ३ लाख अन्य आम्दानी रु. १ करोड ९३ लाख, अन्य स्रोत परिचालन र लागत सहभागिता समेत १२ करोड ८ लाख ५५ हजार र नेपाल सरकार, वैदेशिक सहायता तथा अन्य निकायबाट अनुदानबापत रु. ४६ करोड ८५ लाख समेत गरी कुल रु. ८७ करोड २० लाख ५५ हजार अनुमान गरेको छु । आन्तरीक आय तर्फ आगामी बर्ष प्रस्ताव रकम गत आबको तुलनामा १४ प्रतिशतले बढि हुन आउछ । कुल बजेटमा प्रशासनिक खर्च रु. २० प्रतिशत र पुजिगत खर्च रु. ८० प्रतिशत अनुमान गरेको छु ।

संरचनागत हिसाबबाट पूर्वाधार तथा संरचना विकासतर्फ ४२ करोड ८० लाख ४० हजार ( ४९५ ), जनसंख्या तथा सामाजिक विकासतर्फ १७ करोड ३१ लाख ९० हजार (१९ ५ ), कृषि, वन तथा वातावरणतर्फ ७ करोड ६४ लाख ५ हजार (९५), भूमि तथा जलस्रोततर्फ २ करोड ( ३ ५) र प्रशासन तथा संगठनतर्फ १७ करोड ४५ लाख २० हजार (२०५) गरी कुल व्यय अनुमान रकम जम्मा रु. ८७ करोड २० लाख ५५ हजार प्रक्षेपण गरिएको छ । गत आ.ब ०७१÷०७२ को तुलनामा पुर्वाधारतर्फ (११ ५) थप रकम प्रस्ताव गरेको छु ।

प्रमुख अतिथी , विशिष्ट अतिथीज्यूहरु एवं उपस्थित महानुभावहरु ः

समृद्ध आत्मनिर्भर सन्तुलित समावेशी एवं समसामयकि विकास हाम्रो चाहना हो, साध्य पनि हो । कुनै एक क्षेत्रको मात्र विकासले समग्र नगरको विकास हुन सक्दैन भन्ने धारणालाई आत्मसात गर्दै योजना तर्जुमा गर्दा माथीका सवै पक्षलाई विशेष ध्यान दिईएकोछ । जसवाट समग्र नगरको विकासमा महत्वपूर्ण योगदान दिनेछ भन्ने कुरामा म विश्वस्त छु । उपरोक्त बमोजिम योजना गर्दा त्रिवर्षिय योजनाले परीलक्षित गरेका विषय सहश्राब्दी विकास लक्ष्य, नीतिगत मार्गदर्शन आदिलाई आधार मानिएकोछ । योजना तर्जुमा गर्न र यसका उद्देश्य प्राप्त गर्न प्रभावकारी र वैज्ञानिक कार्यान्वयन अति महत्वपूर्ण हुन्छ, । न.पा. क्षेत्र विस्तार पछि सिमित स्रोत र साधनहरुको विच ग्रामिणवडाहरुमा विकासको गति तिव्रपार्नु र पूर्ववतः वडाहरुको विकासको गतिमा कम आउन नदिनु अहिलेको प्रमुख चुनौती हो । तसर्थ यस दिशामा यहाँहरुको रचनात्मक, सृजनात्मक ठोस सहयोग रहने कुरामा म विश्वस्तछु ।

अन्तमा, हाम्रो निमन्त्रणालाई स्वीकार गरी प्रमुख अतिथिको रुपमा पाल्नुहुने प्रमुख अतिथि माननीय संङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री ज्यूले हामीमा उत्साह अभिवृद्धि गरी प्रतिवद्धताका साथ नगरको विकासमा लाग्न प्रेरणा प्रदान गर्नु भएकोमा प्रमुख अतिथीज्यू तथा विशिष्ट अतिथिज्यूहरु प्रति म हार्दिक आभार प्रकट गर्न चाहन्छु । त्यसैगरी राजनैतिक दलका प्रमुखज्यूहरु, माननीय सभासदज्यूहरु, प्रशासनिक निकायका प्रमुखज्यूहरु, गैह्सरकारी तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, टोल विकास संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मी साथीहरु, कर्मचारी मित्रहरु तथा आमन्त्रित सम्पूर्ण अतिथिज्यूहरुलाई यस नगर परिषद्मा सक्रिय सहभागिता जनाई परिषद्को गौरव बढाई दिनुभएकोमा यहाँहरु सबैप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु ।

प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदिवहिनीहरुमा धन्यवाद दिन चाहन्छु । साथै यो बजेट तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पु¥याउनुहुने राजनीतिक दलका प्रतिनिधिज्यूहरु, कर्मचारी मित्रहरुलाई पनि धन्यवाद दिन चाहन्छु । पोखराको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने विभिन्न सहयोगी संघसंस्था तथा निकायहरुको सहयोग र निजी क्षेत्र एवं नागरिक समाज, नेपाल सरकार, सरकारी निकाय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगको लागि पनि म पोखरा उप–महानगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गदै आगामी दिनमा पनि सहयोग निरन्तररुपमा प्राप्त हुनेछ भन्ने विश्वास गर्दछु ।
अन्तमा पोखरा उप–महानगरपालिकाको समग्र विकासका लागी गरिने पोखरा उप–महानगरपालिकाको प्रयासमा सवैको सक्रिय सहयोग र योगदानको लागि हार्दिक अनुरोध गर्दै पोखरा उप–महानगरपालिकाको आर्थिक वर्ष २०७३÷०७४ को प्रस्तुत वजेट नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनलाई सफल तुल्याउन सवै पक्षहरुबाट सहयोग प्राप्त हुनेछ भन्ने विश्वासका साथ आफ्नो भनाई यही टुङ्गयाउने अनुमति चाहन्छु ।

धन्यवाद १

झलकराम अधिकारी
प्रमुख÷कार्यकारी अधिकृत
पोखरा उप–महानगरपालिका कार्यालय

पोखरा सभागृह २०७२ पौष २८ गते मंगलबार ।

प्रतिकृया दिनुहोस्

अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट

अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट (डाउनलाेड गर्नुहाेस्)...

नेपाल भारतबीचकाे सुगाैली सन्धिका धारा यस्ता छन्

धारा ५ ६ र ७ का कारण यस सन्धिलाई असमान भनिन्छ

यस्तो छ सन्धिको पूर्ण विवरण (मूल अङ्ग्रेजी र नेपाली अनुवादसहित) –   Article 1 There shall be everlasting peace and friendship between the Government of...

नयाँ अपडेट

  • खर्कको अभावमा चौंरीपालन घट्दो

    मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौंरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने...

  • बेनी—जोमसोम सडकमा पर्यटकलाई सास्ती

    उत्तर दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनी—जोमसोम सडकखण्डमा नदी कटान र पहिरोले सडक अवरुद्ध भइरहँदा पर्यटकले सास्ती पाएका छन् । जोमसोमसम्मको ७८ किलोमिटर सडकको आधा दर्जनजसो स्थानमा...

  • पाराग्लाइडिङ गर्न १ हजार, भिडियो सुटिङमा ५ सय कर

    तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पाराग्लाइडिङको पनि कर तिर्नुपर्ने भएको छ । बन्दिपुर गाउँपालिकाले आ.व. ०७५/७६ को गाउँसभाबाट पारित गरेको आर्थिक ऐन अनुसार साहसिक खेल र सम्बन्धित व्यवसायमा कर लगाउने निर्णय...

  • भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

    भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहीबार साँझ निधन भएको छ । उनी ९३ वर्षका थिए । अल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको लाइफ सपोर्ट सिस्टममा राखेर विषेश उपचार प्रयास...

Ad
Ad
Ad