• Ad

Samadhan National Daily

  • Ad

फेवा किनारमा सुरु भयो लिटरेचर फेस्टिभल

पाेखरा, १५ माघ:

पोखरा, १५ माघः
फेवा किनारमा शुक्रबारबाट नेपाल लिटरेचर फेस्टिभलको पाँचौ संस्करण सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजना र र्‍‍‍यान्डम रिडर्स सोसाइटी अफ नेपालको सहआयोजनामा सुरु भएको फेस्टिभल माघ १८ सम्म चल्नेछ ।

बेलायती आर्मीका पूर्व कर्नेल जेपी क्रसले फेस्टिभल उद्घाटन गरे । १ वर्षअघि नेपाली नागरिकता लिएका क्रसले ५० वर्ष भन्दा बढी नेपालमै रहेर काम गर्दै आएको बताए । १७ वर्षको उमेरमा बेलायती आर्मीमा भर्ती भएको भन्दै आफ्ना भर्ती जीवनको बारेमा सम्झे ।

फेस्टिभलमा प्रमुख मन्तब्य राख्दै राजनीतिक तथा आर्थिक विश्लेषक पिताम्बर शर्माले नेपालले झेलिरहेको नाकाबन्दी, संघीयतालगायत विषयमा असहज प्रश्न तेस्र्याए । उनले पोखरामा बढ्दै गएको अव्यवस्थित सहरीकरण र सम्भावित खतराका बारेमा समेत चर्चा गर्न भ्याए ।
फेस्टिभलको पहिलो सत्रमा सांसद रविन्द्र अधिकारीले लेखेको पुस्तक ‘समृद्ध नेपाल’ को विमोचन गरियो । ५ बालबालिकाले उक्त किताव विमोचन गरे । पुस्तकमाथि राजनितिक विश्लेषक झलक सुवेदी, योजनाविद सूर्यराज आचार्य र अर्थविद स्वर्णीम वाग्लेले चर्चा गरे ।

नयाँ शक्तिको बारेमा विभिन्न किसिमका टिका टिप्पणी हुँदा फेस्टिभलमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई सहभागी सामु उभिए । एमालेका सचिव योगेश भट्टराई र कान्तिपुरका सम्पादक सुधीर शर्मा सहभागी बहसमा नयाँ शक्तिको औचित्य र आवश्यकताको बारेमा प्रस्तोता बसन्त बस्नेतले बहस चलाए । देशमा गरिवी निवारण गर्न, रोजगारी सिर्जना गर्न र हालको राजनीतिक जडताबाट नेपाललाई पाँच वर्ष भित्रमा रुपान्तरण गर्न नयाँशक्तिको आवश्यकता भएको भट्टराईले दाबी थियो ।

यसै विषयमा नेपालमा नयाँ पार्टीको लागि स्थान नभएको विचार योगेश भट्टराईले राखे । अर्का वक्ता सुधीर शर्माले नयाँ र पुरानो जस्तोसुकै भए पनि देशमा महत्वपूर्ण परिवर्तन ल्याउन सके मात्र कुनै पनि समूहको सान्दर्भिकता रहने बताए ।

‘नारा कि कविता?’ शीर्षक दिइएको अर्को सत्रमा संगीत स्रोताले कवि सरिता तिवारी, श्रवण मुकारुङ र तीर्थ श्रेष्ठलाई कविता पैरवी र अधिकारको खोजका रुपमा प्रयोग गर्ने प्रवृत्तिबारे प्रश्न गरे ।

उद्घाटन सत्रमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पोखरामा यसरी पाहुनाहरु आएर साहित्यिक कार्यक्रम संचालन गर्नु अत्यन्त राम्रो कार्य भएको बताए । पोखरालाई अझै पर्यटकीयका साथ साथै सांस्कृतिक र साहित्यिक केन्द्रका रुपमा स्थापना गर्ने सपना वास्तविकता भएको उनले बताए ।

आयोजक संस्था बुकवर्म फाउन्डेसनका संस्थापक अजीत बरालले संघीयता, विकेन्द्रीकरणको कुरा चलिरहेको बेला सांस्कृतिक, साहित्यक गतिविधि काठमाडौंबाट बाहिर गर्नुपर्छ भन्ने मान्यताले यो पटक पोखरालाई रोजेको बताए ।

प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad