Samadhan National Daily

      सेताेपाटीका नारायण वाग्ले समाधानमा

      समाधान अनलाइन सुरु

      पाेखरा, २० माघ:

      पोखरा, १९ माघ (समाधान)—समाधान मिडिया प्रालिको अनलाइन न्युजपोर्टल समाधान न्युज डट कमको औपचारिक सुरुआत भएको छ । वरिष्ठ पत्रकार तथा उपन्यासकार नारायण वाग्लेले मंगलबार अनलाइनको सुरुआत गरेका हुन् । त्यस अवसरमा वाग्लेले पत्रकारितामा टिभी र रेडियोभन्दा लेखनको माध्यम प्रभावकारी भएको बताए । ‘पत्रकारिताको मजा प्रिन्ट र अनलाइनमै छ,’ उनले भने, ‘टिभीले देखाएभन्दा बढी सोच्ने मौका दर्शकलाई दिँदैन । कल्पनाशीलता मार्ने गरी दृश्य थोपर्छ ।’

      वाग्लेले समाधान संवादाताहरुसँग पनि अन्तक्र्रिया गरेका थिए । दुनियालाई थाहा भइसकेकै समाचार पस्कनु अचेलका पत्रपत्रिकाको कमजोरी रहेको औंल्याए । ‘पहिलाको समयमा थाहा नभएको समाचार लेखिन्थ्यो,’ उनले भने, ‘अचेल जसलाई थाहा दिनुपर्ने हो, तिनीहरुले थाहा पाइसकेपछि पत्रिकामा समाचार दिइरहेका छौं ।’ नयाँनयाँ सूचना खोज्ने र नयाँनयाँ कोण खोज्ने आजको पत्रकारिताको चुनौती भएको विचार उनले व्यक्त गरे ।

      सामाजिक सञ्जालमार्फत धेरै सूचना पहिल्यै थाहा भइसक्ने हुँदा महत्वपूर्ण कुरालाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने उनले सुझाए । ‘तपाईंले थाहा पाएको कुरामा बुझ्नुपर्ने कुराचाहिँ यो हो भनेर बुझाउने गरी समाचार दिनुपर्छ,’ वाग्लेले समाधानकर्मीसँग भने ।

      वाग्लेले आवाजविहीनहरुको आवाज दिनुपर्ने पत्रकारिताको धर्म निर्वाह हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । ‘आवाज भएकाहरुका कमजोरी देखाइदिएर उनीहरुलाई उत्तरदायी बनाउनुप¥यो,’ उनले भने, ‘आवाज नभएको वर्ग कुन हो भन्ने छुटट्याएर त्यसलाई वाणी दिनुपर्‍यो ।’ अचेलको पत्रकारिताले फलोअपमा ध्यान पुर्‍याउन छाडेको पनि वाग्लेले सुनाए ।

      समाधानका प्रधान सम्पादक नारायण कार्कीले नयाँनयाँ प्रयोगका साथ पत्रकारितालाई समय सापेक्ष बनाउँदै लैजाने बताए । कार्यकारी सम्पादक रामकृष्ण ज्ञवालीले मुलक प्रादेशिक संरचनामा जान लागेकाले त्यसैअनुसार पत्रिका र अनलाइनलाई अगाडि बढाउन लागेको जानकारी दिए । ‘समाधानका छापा र अनलाइन मिडिया प्रदेश नं ४ का मुख्य पत्रिका र अनलाइन हुनेछन्,’ उनले भने ।

      प्रतिकृया दिनुहोस्

      अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट

      अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट (डाउनलाेड गर्नुहाेस्)...

      बिसाैं पाेखरा नगर परिषद्काे पूर्ण प्रतिवेदन

      पोखरा उप–महानगरपालिकाको बिसौं नगरपरिषद्मा प्रमुख÷कार्यकारी अधिकृत श्री झलकराम अधिकारीबाट आ.ब.२०७३÷०७४ को लागि प्रस्तुत बजेट, नीति, कार्यक्रम तथा आय–व्यय विवरणको वक्तव्य, पोखरा उप–महानगरपालिकाको सम्मानित बिसौं नगर...

      नेपाल भारतबीचकाे सुगाैली सन्धिका धारा यस्ता छन्

      धारा ५ ६ र ७ का कारण यस सन्धिलाई असमान भनिन्छ

      यस्तो छ सन्धिको पूर्ण विवरण (मूल अङ्ग्रेजी र नेपाली अनुवादसहित) –   Article 1 There shall be everlasting peace and friendship between the Government of...