• Ad

Samadhan National Daily

  • Ad

यस्ताे थियाे नेपाल अंग्रेज युध्द र त्यसकाे नालिबेली

पाेखरा, २५ चैत्र:

सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल अङ्ग्रेज युद्ध (गोरखा युद्ध) त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संधि भएको थियो र नेपालले आफ्नो एक(तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो।

नेपाल र अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई एङ्गलो(नेपाल युद्ध ९१८१४–१६० पनि भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ्ग, मकवानपुर,बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो।

भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभएपनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेजजनरल अक्टरलोनी,जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले धेरै शब्दले प्रशंसा गरेका छन्।

यस युद्धमा नेपालसङ्ग लडेर जितेर भन्दा नेपालसङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइदिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो।

यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमर सिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरुङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरूभएको) मा लहौर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो। गोर्खालीहरूलाई भर्ती गरेपछी अङ्ग्रेजले त्यस यताका प्राय सबै युद्धमा गोरखाली सेनाको धेरै या थोरै प्रयोग गरिरहेको छ।

उक्त युद्धमा नेपालले आफ्नो सार्वभौमिकता बचाएपनि धेरै ठूलो विशाल नेपालको इलाका जसमा पश्चिम क्षेत्रमा हालको भारतको उतरान्चल राज्य, हिमन्चल राज्य तथा पन्जावका पर्ने केही साना पहाडी रजौटा समेत पर्दथे भने पूर्वमा दार्जिलिङ, देखि लिएरटिष्टा नदी सम्मको तराइ तथा पहाडी भूभाग ब्रिटिश इस्ट इण्डिया कम्पनी कम्पनी सरकारलाई सुगौली सन्धि अन्तर्गत सुम्पनु पर्‍यो सिक्किममाथीको अधिकार पनि त्याग्नु पर्‍यो।

तर ब्रिटिशले नेपाललाई १८२२मा मेचीदेखि राप्ती सम्मको तराइ तथा प्रथम राणा प्रधानमन्त्री जङ्गवहादुरको क्रियाकलापबाट खुशी भएर राप्तीदेखि माहाकाली बिचको तराई भूभाग १८६०मा फर्काएका थिए।

प्रतिकृया दिनुहोस्

अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट

अार्थिक वर्ष २०७३ काे पूर्ण बजेट (डाउनलाेड गर्नुहाेस्)...

बिसाैं पाेखरा नगर परिषद्काे पूर्ण प्रतिवेदन

पोखरा उप–महानगरपालिकाको बिसौं नगरपरिषद्मा प्रमुख÷कार्यकारी अधिकृत श्री झलकराम अधिकारीबाट आ.ब.२०७३÷०७४ को लागि प्रस्तुत बजेट, नीति, कार्यक्रम तथा आय–व्यय विवरणको वक्तव्य, पोखरा उप–महानगरपालिकाको सम्मानित बिसौं नगर...

नेपाल भारतबीचकाे सुगाैली सन्धिका धारा यस्ता छन्

धारा ५ ६ र ७ का कारण यस सन्धिलाई असमान भनिन्छ

यस्तो छ सन्धिको पूर्ण विवरण (मूल अङ्ग्रेजी र नेपाली अनुवादसहित) –   Article 1 There shall be everlasting peace and friendship between the Government of...

जग्गाको क्षेत्रफल लेख्ने तरिका

जग्गाको क्षेत्रफल लेख्ने तरिका पहिले जग्गाकाे क्षेत्रफल यति सरल तरिकाले लेखिदैनथियाे । अहिले पनि पुराना ‍‍‍‍‍…………………….....

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad