दृष्टिविहीन विद्यार्थीको पुस्तकालयलाई सहयोग

समाधान संवाददाता २०७९ साउन १ गते १३:०३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १ शंकर टोलको पोखरा व्यवसायिक महिला क्लबले दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोग गरेको छ । क्लबले पोखराको पृथ्वीनारायण क्याम्पसका दृष्टिविहीन विद्यार्थीले अध्ययन गर्ने अडियो पुस्तकालयलाई स्क्यानर, लेजर प्रिन्ट, ब्रेल पेपरसँगै आवश्यक स्टेसनरी सहयोग गरेको हो ।

शुक्रबार भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पस विद्यार्थी कल्याण शाखा प्रमुख बोधराज ढकाल, पुस्तकालयका अडियो पुस्तक सम्पादक राजेन्द्र सुवेदी र अडियो पुस्तक रेकर्डर प्रभा त्रिपाठीलाई क्लबको तर्फबाट अध्यक्ष हरिमाया शर्मा, उपाध्यक्ष धनेश्वरी पराजुली, कोषाध्यक्ष गंगालक्ष्मी गुरुङ लगायतले सहयोग सामग्री हस्तान्तरण गरे ।

पुस्तकालयमा अध्ययनका लागि आउने दुष्टिविहीन विद्यार्थीलाई अध्ययनमा सहज होस् भनी सहयोग गरेको क्लबकी उपाध्यक्ष पराजुलीले बताइन् । जर्मनीका माइकल बाउरा र साथीसँगै बाडेन बाडेनको आर्थिक सहयोगमा पुस्तकालयलाई सामग्री प्रदान गरिएको हो ।

Advertisement

क्लबले पुस्तकालयलाई यसअघि ०७६ को वैशाखमा कम्प्युटर, डिजिटल अडियो मिक्स्चर, हार्डडिक्स, माइक्रोफोन, २ टेबुल पंखा, २ युएसपी, ४ ब्याट्री लगायतका सामग्री सहयोग गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया