• Ad

Samadhan National Daily

  • Ad

बिग आइकन साजन लामा लन्डनमा चम्किएपछि …

पाेखरा, १५ पौष:
sajan-ale-london

बेलायत भ्रमणमा रहेका छैटौं बिग आइकन साजन आलेले साँगीतिक प्रस्तुति दिएका छन् ।

नेपाली प्रवासी मञ्चले १६ औं स्थापना दिवसमा लन्डनस्थित साउथ हारोमा आयोजना गरेको कार्यक्रममा आलेले करिब एक दर्जन गीत प्रस्तुत गरेका हुन् । केही समयअघि मात्रै नेपालमा गीत सार्वजनिक गरेका आलेले ‘नीर जैले रिसाउनी’, ‘पिलायो साथीले’, ‘हे तुलसी’, क्या दामी भो’ लगायतका चर्चित गीत सुनाएका थिए ।

साजनको प्रस्तुतिपछि मञ्चका उपाध्यक्ष रामजी बरालले उनको खुलेर प्रशंसा गरे । ‘साजन भर्सटायल सिंगर रहेछन् ।’ उनले भने– ‘म आफूपनि पोखरेली भएकाले पोखराले जन्माएको साँगीतिक नक्षत्र साजनप्रति गर्व छ ।’ उनले साजन जस्ता लुकेर रहेका धेरै प्रतिभावान कलाकारका लागि बिग आइकन एउटा गतिलो प्लेटफर्म बनेको भन्दै बिग एफएमप्रति आभार प्रकट गरे ।

कार्यक्रममा बिग आइकन आलेलाई खादा ओढाएर सम्मान गरिएको थियो भने मायाको चिनो नेपाली प्रवासी मञ्चका अध्यक्ष रामशरण शर्माले प्रदान गरेका थिए । कार्यक्रममा सांसद एवं संविधान मस्यौदा लेखन समितीका सदस्य कृष्णभक्त पोखरेल, बेलायती सभासद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी लगायतको उपस्थिति थियो ।

लन्डन वरपर अन्य कार्यक्रमहरुमा पनि साजनले अफ्नो प्रस्तुति राख्नेछन् । क्रिसमस, नयाँ वर्ष र ल्होसारको उपलक्ष्यमा लन्डनमा आयोजित कार्यक्रममा साजनलाई सहभागी गराउन आयोजकहरुको माग बढेको छ । युरोपकोे नेपाली पत्रका एक्ज्युकेटिभ रिप्रिजेन्टिभ सिद्धार्थबिक्रम क्षेत्रीले युरोपका अन्य कार्यक्रममा साजनको माग बढेको बताए ।

दी ब्रिटिस कलेजको व्यवस्थापन र युरोपको नेपाली पत्रको निम्तोमा साजन आले बिग एफएम अध्यक्ष महेश भण्डारीसहित गत आइतबार लन्डन पुगेका हुन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad