• Ad
  • Ad

Samadhan National Daily

  • Ad

आर्थिक विकासका लागि पर्यटन

पाेखरा, १४ पौष:

– नेपालले चीनबाट सिक्नुपर्ने कुरा पूर्वाधार र ऐतिहासिक महत्वका सहरहरूको निर्माण तथा पुनर्निर्माण नै हो ।

ड्युन अफप्याला प्याराग्लाइडिङभन्दा उत्कृष्ट र संसारकै उत्कृष्ट प्याराग्लाइडिङ स्थल पोखरामै भएकाले यसको प्रवद्र्धन र विकास गर्नेतर्फ ध्यान दिनुपर्छ ।

अहिले नेपालमा आन्तरिक पर्यटनले राम्रो गति लिएको छ । घुम्न जाने संस्कृति विकास हुँदै गइरहेको छ । अमेरिकाले सन् २०१५ मा पर्यटकहरूबाट २०४.५ अर्ब डलर कमाई पर्यटनबाट सबैभन्दा बढी कमाउने राष्ट्रमा प्रथम भयो । चौथो धेरै पर्यटक भित्र्याउने चीनले कमाइमा दोस्रो रही ११४.१ अर्ब डलर कमाएको थियो ।

तेस्रो धेरै पर्यटक भित्र्याउने स्पेनले ५६.५ अर्ब डलर कमायो । संसारकै सबैभन्दा बढी पर्यटक भित्र्याएको फ्रान्स नेपालभन्दा करिब ४ गुणा ठूलो छ, तर नेपालले भन्दा १ सय ५८ गुणा बढी पर्यटक भित्र्याएको देखिन्छ ।

फ्रान्समा पर्यटक आकर्षण गर्ने ड्युन अफप्याला प्याराग्लाइडिङभन्दा उत्कृष्ट र संसारकै उत्कृष्ट प्याराग्लाइडिङ स्थल पोखरामै भएकाले यसको प्रवद्र्धन र विकास गर्नेतर्फ ध्यान दिनुपर्छ । फ्रान्सको जर्ज डु भर्डनजस्तो नदीहरू पनि नेपालमा प्रशस्तै छन् । भौगोलिक कारणले फ्रान्समा भएको तर नेपालमा नभएको चिजहरू भौतिक पूर्वाधार र समुद्र नै हुन् । अधिकांश नेपाल घुम्न आउने पर्यटकहरू पशुपतिनाथ, जानकी मन्दिर, मुक्तिनाथ, लुम्बिनीजस्ता मन्दिरहरू दर्शन गर्नका लागि र अन्य पर्यटकहरू सगरमाथा, चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्ज तथा पोखरा विभिन्न पैदलमार्ग भएर घुम्न आउने गरेको पाइन्छ ।

पर्यटक भित्र्याउन चौथो भएको चीनले कमाइमा दोस्रो स्थानमा आउनुको कारण पर्यटकहरूको बसाइ लम्ब्याउन सफल हुनु हो । चीनले पर्यटक आकर्षित गर्न थुप्रै भौतिक संरचना निर्माण गरेको छ । चीनको लिनदिलाई पर्यटकीय क्षेत्रमा विकसित गरिएजस्तै नेपालका नदीनालाहरूलाई पनि विकसित गर्न सकिने सम्भावना छ । चीनको येल्लो माउन्टेन अर्थात् पहेंलो हिमालजस्तै नेपालका विभिन्न पहाड, हिमालहरूलाई अझै ठूलो पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सभ्भावना छ ।

चितवनको नारायगढबाट करिब ८ किलोमिटर मात्र टाढा रहेको बीसहजार तालमा संसारभरकै विभिन्न जातिका चरा, घडियाल गोही, सेतो हाँसजस्ता चरा तथा जनावरहरू पाइन्छन् भने बाघ, भालु, चितुवा, हात्तीजस्ता जंगली जनावर पानी पिउनका लागि यस तालमा आउँछन् । यस्ता सम्भावित पर्यटकीय स्थलहरूलाई संरक्षण, विकास तथा प्रवद्र्धन गर्ने हो भने पर्यटनको विकासका ठूलो मद्दत पुग्न सक्छ ।

नेपालमा घुम्न आउने पर्यटकहरू सरदर १२ दिन बस्ने गरेको देखिन्छ । पूर्वाधारहरूको विकास गरेर पर्यटकको संख्या वृद्धि गर्ने र उनीहरूको बसाइ लम्ब्याउन सके लाखौं नेपाली रोजगार र स्वरोजगार हुन्छन् । पर्यटनले पर्यटन व्यवसायीको मात्र हित गर्दैन, यसले त सारा आर्थिक क्षेत्रलाई प्रभाव पार्छ ।

तर, तिनमा पकाइने खाने कुरा विदेशबाटै मगाउनुपर्ने अवस्था छ । खाना पर्यटनका लागि फ्रान्स संसारभर प्रसिद्ध छ । फ्रान्सेली खाना तथा वाइन पिउनका लागि संसारभरका मानिसहरू आउँछन् । स्थानीय खानामार्फत पर्यटक आकर्षित गर्न आयरल्यान्ड, फिलिपिन्स, क्यानाडाजस्ता देशहरूले विशेष महत्व दिइरहेका छन् ।

stock-vector-world-map-of-the-world-from-symbols-of-tourism-and-travel-124257076

सन् २०१५ मा पाराग्वे र ताजिकिस्तानले पर्यटक उल्लेखनीय मात्रामा वृद्धि गर्न सफल भएको छ । सन् २०१५ मा पाराग्वेले ९७ प्रतिशत र ताजिकिस्तानले ९४ प्रतिशतले पर्यटक वृद्धि गर्न सफल भएको छ । सन् २०११ र २०१२ सम्म कुल गार्हस्थ्य उत्पादन वृद्धिदर नकारात्मक रहेको पाराग्वेको अर्थतन्त्र अहिले पर्यटनकै कारण सकरात्मक हुँदै गइराखेको छ ।

यात्रामा पर्यटकहरूलाई राम्रो सुविधाका साथै विभिन्न खालका सांस्कृतिक कार्यक्रमहरू पनि देखाइने हुनाले पर्यटकहरूलाई थप आकर्षण गरेको छ । त्यहाँको ट्राभल एजेन्सीले पर्यटकहरूलाई राम्रो सुविधा दिएर खुसी बनाउने प्रयास गरेका छन् ।
सन् २०१५ को रमादन (मुसलमानहरूको पर्व) मा करिब १ करोड ४० लाख भक्त मक्का गए । भारतको राजस्थानको माउन्ट आबुमा प्रत्येक वर्ष करिब २५ लाख व्यक्तिले भ्रमण गर्छन् । पर्यटनमा धार्मिक पर्यटनले सबैभन्दा ठूलो महत्व राख्छ ।

हिन्दूको ठूलो जनसंख्या रहेको तथा बुद्ध जन्मेको देश पनि भएकाले नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना छ । जसरी मुस्लिमहरूमा जिन्दगीमा एकपटक मक्काको दर्शन गर्नैपर्छ भन्ने भावना र विश्वास छ, त्यसैगरी हिन्दू धर्मावलम्बीहरूमा पशुपतिनाथ, मुक्तिनाथलगायतका मन्दिरहरूको दर्शन गर्नका लागि प्रेरित गर्न विविध कार्यक्रमहरू गर्न सक्नुपर्छ ।
यसो गर्न सकियो भने पर्यटन उद्योग फस्टाई देशले विकासमा फड्को मार्न सक्छ । पर्यटनको विकास गरौं, देश विकासमा सहयोग पुर्‍याऔं ।

लेखक– ओम डेभलपमेन्ट बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत हुन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad