• Ad

Samadhan National Daily

  • Ad

एमालेकाे पालामा ‘इन’, एमाअाेवादीकाे पालामा ‘अाउट’

काठमाडौं, २१ पौष:

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बुधबार सरकारलाई बुझाएको स्पष्टीकरणमा सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले प्रारम्भिक प्रतिक्रिया दिंदै त्यसप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।

भूकम्पपछिको पुनर्निर्माण कार्य ढिलो हुनुमा प्राधिकरणको काम चित्तबुझ्दो नभएको भन्दै सरकारले गत साता स्पष्टीकरण सोधेको थियो।

एमाले नेतृत्वको सरकारको पालोमा नियुक्त भएका प्राधिकरण प्रमुखको स्पष्टीकरण प्रकरणलाई कतिपयले सत्तापक्ष र विपक्षीबीच पछिल्लो समय देखिएको राजनीतिक खिचातानीसँग जोडेर पनि हेरेका छन्।

बीबीसीसँग प्रारम्भिक प्रतिक्रिया दिंदै मन्त्री कार्कीले भने ‘दायित्वप्रति कसैलाई पनि सजग गराउन खोज्यो भने दायित्व तुरुन्तै अर्काको काँधमा फालिहाल्ने प्रचलन छ। उहाँको पनि अर्थ मन्त्रालयले यो गरेन, सामान्य प्रशासन मन्त्रालयले यो गरेन भन्ने पढ्न पाइएको छु ।’

जवाफमा ज्ञवालीले आफूले गरेको कामको फेहरिस्तसहितको पत्र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर बुझाएका थिए।

स्पष्टीकरण बुझाएपछि प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले त्यस विषयमा खुल्न चाहेनन्। उनले यति मात्रै भने, ‘समयभित्रैमा सरकारको जिज्ञासा अनुरुपको स्पष्टीकरण पेश गरेको छु। अरु विषयमा नेपाल सरकारबाटै बुझ्न सकिन्छु ।’

लामो राजनीतिक खिचातानीपछि प्रमुख कार्यकारी अधिकृत ज्ञवाली एमालेको सरकारको पालामा प्राधिकरणमा नियुक्त भएका थिए।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad