• Ad

Samadhan National Daily

  • Ad

कर्पाकेली बास्केटबल उपाधि फिमला क्लब फुलबारीलाई

पाेखरा, २४ पौष:
img_0182

कर्पाकेली पुन युवा क्लव राम बजार पोखरा द्वारा आयोजित दोश्रो कर्पाकेली कप बास्केटबलको उपाधी फिमला क्लव फुलवारीले प्राप्त गरेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा रामबजार कर्पाकेली समाजलाई ६८–६० को अंकले हराउँदै नगद ३० हजार प्राप्त गर्यो । उपविजेता रामवजार कर्पाकेली समाजले नगद १७ हजार प्राप्त गरेको छ ।

त्यसै गरि महिला तर्फको फाइनल खेलमा फिमला क्लव फुलवारीले रामवजार कर्पाकेली समाजलाई २२–१४ को अंकमा पराजित गरेको छ । विजेता फिमला क्लवले ७ हजार र उपविजेता रामवजारले नगद ४ हजार प्राप्त गरेको छ ।

त्यसै गरि पुरुष भेट्रान तर्फको खेलमा कास्की जिल्ला बास्केटवल संघले फुलवारी पुन समाजलाई ६३–३९ अंकले पराजित गरेको छ । कास्की जिल्ला बास्केटवल संघले नगद १७ हजार र उपविजेता फुलवारीले १० हजार प्राप्त गर्यो ।

पुस १८ गते देखि सुरु भएको उक्त बास्केटवल प्रतियोगितामा पुरुष तर्फ रामवजारका किरण पुन, महिला तर्फ रामवजारकी बविता पुन र भेट्रान तर्फ फुलवारीका सान वहादुर पुन घोषित भए ।

 


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad