• Ad

Samadhan National Daily

  • Ad

काठमाडौंका ट्याक्सी मिटरमा ‘प्रिन्टर मेसिन’ अनिवार्य, कास्की प्रशासन अझै निरिह

पाेखरा, २७ पौष:

पोखरामा ट्याक्सी मिटरमा हिँड्न मान्दैनन् । कास्की प्रशासनले ट्याक्सी मिटरमा कुद्नैपर्ने नियम लागु गर्न निरीहता देखाइरहेको छ ।

तर काठमाडौंमा भने सरकारले ट्याक्सीमा मिटरमात्रै होइन मिटरमा ‘प्रिन्टर’ मेसिन जडान गर्न अनिवार्य गरेको छ । त्यसो नगर्ने ट्याक्सीको नवीकरण नहुने भएको छ ।

‘कुनै व्यवसायीले प्रिन्टर मेसिन जडान गर्न आनाकानी गर्छ भने, त्यसको ट्याक्सी नवीकरण हुँदैन,’ गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘पहिलो चरणमा प्रिन्टर सपोर्ट गर्ने ट्याक्सीमा परीक्षण गर्छौं,’ उनले भने, ‘पुरानालाई केही समय अवधि दिएर अनिवार्य लागु गर्नेछौं ।’ काठमाडौंमा ९ हजार ५ सय वटा ट्याक्सी छन् । तीमध्ये१ सय ५० वटाले प्रिन्टर मेसिन राखेका छन् ।

अमेरिकन तथा इटालियन ब्रान्डका मिटर पुराना मोडल भएकाले प्रिन्टर सपोर्ट हुन नसक्ने विभाग पुडासैनी बताउँछन् । प्रिन्टर र बिल प्रणाली जडान भए ट्याक्सी गुडेअनुसार प्रिन्टरमा बिल आउँछ । बिलअनुसार रकम दिँदा ठगीको समस्याबाट उपभोक्ता मुक्त हुनेछन् । कम्प्युटर बिलिङ प्रणाली (प्रिन्टर)बाट आउने बिलमा उपभोक्ता चढ्दा र ओर्लंदाको मिटर नम्बर, तिर्नुपर्ने रकम, ट्याक्सीको नम्बरलगायत विवरण हुन्छ ।

एउटा प्रिन्टर मेसिनको मूल्य ६ देखि ८ हजार रुपैयाँसम्म पर्छ । व्यवसायीले आफूलाई कुन अनुकूल हुन्छ सोही प्रिन्टर जडान गर्न सक्छन् । ‘बिल प्रणाली हुँदा सर्वसाधारणले डिपार्टमेन्ट स्टोरमा सामान खरिदसरह बिल पाउँछन् । ट्याक्सी गुडेको र सर्वसाधारणले तिर्नुपर्ने मूल्य सबै उल्लेख हुन्छ,’ पुडासैनीले भने, ‘प्रणाली कार्यान्वयन आवश्यक छ ।’

ट्याक्सी यो प्रणाली लागु भएपछि यसले एकातिर उपभोक्ताले आफू चढेको भाडाअनुसारको बिल पाई पारदर्शी कारोबार हुनेछ भने अर्कातिर कसैको सामान ट्याक्सीमा छुट्यो भने बिलका आधारमा खोज्न सहज हुनेछ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad