• Ad

Samadhan National Daily

  • Ad

पाेखरेली सहाराको हेटाैंडामा विजयी सुरुआत

पाेखरा, १७ पौष:
sports-photo

सहारा क्लब पोखरा हेटौंडामा जारी दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता २०७३ मा विजयी भएको छ ।

हेटौंडास्थित वनविज्ञान मैदानमा जारी प्रतियोगितामा सहाराले विभागीय टोली नेपाल पुलिसलाई २—० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा सुनिश्चित गरेको हो । सहाराले दुवै हाफमा एक एक गोल गर्दै बलियो टोली पुलिसको हेटौंडा यात्रा एकै खेलमा टुंग्याएको हो ।

सहाराका शिव सुवेदीको प्रेरणादायी खेलको २८ औं मिनेटमा कप्तान उत्तम गुरुङले गोल गर्दै खेललाई अगाडि बढाएका थिए । उनले प्रहरीको डिफेन्सबीच डिबक्सभित्र तालमेल अभाव भइरहेको अवस्थामा बललाई जाली चुमाएका हुन् । खेलका एएफयुम्यान अफ दी म्याच शिव सुवेदीले ८४ औं मिनेटमा प्रहार गरेको कर्नर सिधै गोलमा परिणत भएको थियो ।

‘खेलाडीहरुले शतप्रतिशत योगदान दिँदा जीत सम्भव भएको हो । हाम्रो खेलाडीले पहिलो पटक नै पाएको मौकालाई गोलमा परिणत गर्दा हामीले अघिल्लो चरणको यात्रा तय गर्न सफल भएका हौं’, सहाराका प्रशिक्षक किरण श्रेष्ठले आफ्ना डिफेन्सको खुलेर प्रशंसा गरे ।

‘हामीले आफ्नो अग्रता जोगाउन डिफेन्सिभ खेल खेलिरहेका समयमा थप गोल निस्किँदा खेलमा सजिलो भयो’, उनले थपे । पुलिसका प्रशिक्षक कुमार कटुवालले बल पोजिसन राम्रो हुँदा पनि हार्नुपरेको बताए । आयोजकले हाम्रो खेललाई अगाडि सार्दा समस्या भयो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएर आउने बित्तिकै खेलमा सहभागी हुनुपर्दा समस्या भएको प्रशिक्षक कटुवालले बताए । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत आइतबार मनाङ मस्र्याङ्दी र सशस्त्र प्रहरीको एपिएफबीच प्रतिस्पर्धा हुनेछ ।

२३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता, उपविजेताले क्रमशः नगद ५ र ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • उफ् ! विश्वकै आधा जनसंख्याको जति सम्पत्ति ८ जनासँग

    Dhani 777

    विश्वका आठ सबैभन्दा धनी व्यक्तिसँग सबैभन्दा गरीब आधा जनसंख्या बराबरको सम्पत्ति रहेको अक्सफाम नामक संस्थाले जनाएको छ । संसारभर आर्थिक वृद्धि भइरहँदा धनीहरुलाई फाइदा पुगेको तर त्यसैकारण गरीबमाथि मार परिरहेको...

  • उद्घाटन खेलमा सहाराले सुदूरलाई ४ गाेल ठाेक्याे

    aaha

    आहारारा गोल्डकपमा सहारा क्लबले विजयी सुरुआत गरेको छ । १५ औं संस्करणको आहारारा गोल्ड कपमा मंगलबार भएको उद्घाटन खेलमा सहाराले पाहुना टोली सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोलले पराजित गर्‍यो...

  • आठ केजी चरेससहित बागलुङका जुध्द पक्राउ

    arrest

    महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आठ केजी चरेससहित बागलुङका ५० वर्षीय जुद्ध वनलाई आज पक्राउ गरेको छ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रुबाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी...

  • मधेशी जनाधिकार फाेरमका गच्छदारले भनेः आठ प्रदेश हुनुपर्छ

    gachchhadar

    परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही...

Ad
Ad
Ad