• Ad

Samadhan National Daily

  • Ad

प्याब्सनको स्थापना दिवसमा वात्स्यायानलाई सम्मान

पाेखरा, २४ पौष:
pabson-pic

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)कास्कीले विभिन्न विद्यालय तथा व्यक्तिलाई सम्मान गरेको छ ।

प्याब्सनले २७ औ दिवसको अवसरमा प्राज्ञिक, सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्व चित्रकार दुर्गा बराल वात्स्यायानलाई सम्मान गरेको हो । बराललाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा चिरञ्जीवीप्रसाद शर्माले सम्मानपत्र प्रदान गरेका थिए ।

प्याब्सनले २५ वर्ष पूरा गरेका विद्यालयलाई पनि सम्मान ग¥यो । जसमा नवदीप अंग्रेजी बोडिङ स्कुल पोखरा–१०, पश्चिमाञ्चल उमावि गैह्रापाटन, सरस्वती बोर्डिङ पोखरा–८ र कञ्चनजंगा एकेडेमी सेन्टर लेखनाथ–८ छन् । प्याब्सन मातहातका विद्यलयमा २० वर्षसम्म अविच्छिन्नरुपमा कार्यरत शिक्षक कर्मचारीलाई पनि सम्मान गरेको थियो ।

जसमा शान्ति निकेतन बोर्डिङका रिना राना मगर, शान्ति निकुञ्ज बोर्डिङका दीलिप कार्की, बेथानी सेकेन्डरी स्कुलका चित्र राना, बेथानीकै मनु शर्मा, रेम्बो एकेडेमी हाउसका ढिलकुमारी आले, रेम्बोकै अञ्जना गिरी पुरी, शान्तिदीप स्कुलका रामजीप्रसाद पौडेल, मदर ल्यान्डका डिल्लीराम भट्टराई, मदरल्यान्डकै कविराज सुवेदी, शिशु निकेतनका होमकुमार श्रेष्ठ, प्रगति बोर्डिङ स्कुलका कृष्णचन्द्र भट्टराई, तीर्थ तामाङ, महेन्द्र थापा, हिल प्वाइन्ट स्कुलका गायत्री कुँवर, पोखरा युनाइटेडका निर्मल थापा र माउण्न्ट अन्नपूर्ण स्कुलका तारा श्रेष्ठ रहेका छन् ।

त्यसैगरी प्रवेशिका परीक्षा २०७२ मा सर्वोत्कृष्ट नतिजा ल्याउने छात्रछात्रलाई सम्मान गरिएको थियो । पोखरा पब्लिकका छात्र सन्देश शर्मा र शिशु निकेतनकी छात्रा प्रतिभा बराल सम्मानित भए । प्याब्सनले विद्यालयमा २० वर्षसम्म निरन्तर सेवा पुर्‍याउने कर्मचारीलाई समेत सम्मान गरेको छ ।

जसमा डायमन्ड सेकेन्डरी स्कुल लेखनाथका कार्यलय सहायक विन्देश्वरी त्रिपाठी र भक्तबहादुर केसी, शिशुनिकेतनका प्रभाकर भट्टराई, लिटिल ड्याफोडेलका अग्निधर त्रिपाठी, धौलागिरी बोर्डिङ स्कुलका धनपति अधिकारी र माउन्ट एभेरेस्ट बोर्डिङका विष्णु कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्याब्सनका केन्द्रीय सस्दय माधवशरण उपाध्यायले कास्कीमा रहेका २ सय ५ निजी विद्यालयमध्ये १ सय २ विद्यालय प्याब्सनको सदस्य रहेको बताए । उपाध्यायले निजी विद्यालयले गुस्तरीय शिक्षा प्रदान गर्न सफल भएपनि राज्यबाट सोचे जस्तो सहयोग नपुगेको गुनासो गरे ।

‘निजी विद्यालयको लगानी सुरक्षित छैन, बेला बेलामा नियम लगाएर अप्ठारोमा पार्ने काम गरिन्छ,’ उनले भने, ‘विद्यालयले कम्पनी ऐन र शिक्षा ऐन दोहोरो पालन गर्दा निकै गाह्रो भएको छ ।’ निजी विद्यालयको लागि उपयुक्त हुने कानुन ल्याउनुपर्ने उनले बताए । ‘शिक्षा ऐन स्पष्ट हुन जरुरी छ,’ उनले भने, ‘निजी विद्यालयलाई असर पर्ने गरी कानुन बनाउनु सम्पूर्ण क्षेत्रलाई नै असर पुर्‍याउनु हो ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)कास्कीका अध्यक्ष दिनेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्त दुर्गा बराल, शान्तिदीपका शिक्षक रामजीप्रसाद पौडेल, प्याब्सनका केन्द्रीय सदस्य डा चन्द्र थापा, शिक्षा विभाग प्रमुख युवक लामिछाने, प्याब्सन कास्की प्रमुख सल्लाहकार चिनु रानाभाट, नेपाल राष्ट्रिय शिक्षक संगठन, कास्कीका अध्यक्ष रामप्रसाद पोख्रेल, प्याब्सियुका अध्यक्ष रामचन्द्र शर्मा, वरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले बोलेका थिए भने सञ्चालन प्याब्सन सचिव मथुरा पौडेलले गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad