• Ad

Samadhan National Daily

  • Ad

‘प्रदेश नं १को राजधानी इटहरी हुने सम्भावना’

इटहरी, १८ पौष:

नेकपा (एमाले) का सचिव भीमप्रसाद आचार्यले तराई, पहाड र हिमाली भूभागमा बसोबास गर्दै आएका जातिलाई एकापसमा जुधाउने ढङ्गले संविधान संशोधनको प्रस्ताव आएको बताउनुभएको छ ।

रामधुनीभासी नगरपालिकाको दोस्रो बजेट सार्वजनिक तथा नीति कार्यक्रम घोषणासभाका अवसरमा सञ्चारकर्मीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेश नं ५ का कसैले पनि सीमाङ्कन फेरबदलको कुरा समेत नउठाएका विषयमा सरकारमा सहभागी राजनीतिक दलले प्रस्ताव ल्याएर मुठभेट निम्त्याउने कार्य गरेको आरोप लगाउनुभयो ।

उहाँले प्रदेश नं १ को राजधानी इटहरी हुन सक्ने प्रबल सम्भावना बढिरहेको तथा सुनसरी, मोरङ र झापा कुनै पनि हालतमा २ नं प्रदेशमा जाने परिकल्पनासम्म गर्न नसकिने जिकिर गर्नुभयो ।

त्यस अवसरमा नगरपालिकाका कार्यकारी अधिकृत प्रमोदकुमार चौधरीले आव २०७४-७५ का लागि रु १६ करोड १२ लाख नौ हजार ५०० को बजेट सार्वजनिक गर्दै नगरपालिकालाई वातावरणीय हिसाबले स्वच्छ बनाउने अभियानलाई जोड दिने नीति तथा कार्यक्रम बजेटमा भएको बताउनुभयो ।

राजनीतिक शुद्धीकरणमा जोड
नेपाली काँग्रेसका नेता डा रामशरण महतले हरेक क्षेत्रमा बढेका स्वेच्छाचारिता एवम् नैतिकहीनता र बेथितिले देश लथालिङ्ग बनिरहेकाले अब सबैले एकचोटि शुद्धीकरण अभियान चलाउन जरुरी रहेको बताउनुभएको छ ।

बिपी कोइरालाद्वारा विसं २००७ मा स्थापित इटहरी–७ को सरस्वती माविका बालबालिकाका लागि लोकतान्त्रिक विचार प्रसार समितिले आयोजना गरेको शैक्षिक सामग्री वितरण समारोहमा उहाँले समाजका हरेक निकाय एवम् नागरिक समाजलाई समेत सभ्य एवम् समुन्नत बनाउनका लागि नैतिक चरित्रको जरुरत रहनेतर्फ सचेत गराउनुभयो ।

उहाँले नेपाली जनताले तिरेको करमध्ये हरेक वर्ष रु एक खर्बभन्दा बढी लगानी हुँदै आएको नेपालको सरकारी विद्यालयका स्तर ज्यादै दयनीय र खस्कँदो बनिरहेकाले सकारात्मक प्रतिफल नआउनाको पछाडि शैक्षिक क्षेत्रमा व्याप्त राजनीति नै प्रमुख कारण देखिँदै आएकाले अब शिक्षा क्षेत्रलाई राजनीतिमुक्त तुल्याउन जरुरी छ भन्नुभयो ।

अब शिक्षा र सबै सरकारी निकायमा मौलाउँदो गलत राजनीतिक संस्कृति समाप्त नपारेसम्म देशले असल गति लिन नसक्ने बताउँदै उहाँले राजनीतिक दलका नेताले आफूलाई सच्याउन जरुरी रहेकामा जोड दिनुभयो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad