• Ad

Samadhan National Daily

  • Ad

फेरि भारतले छेक्यो जीतको बाटो

सिलिगुडी, भारत, १८ पौष:
sabitra-bhandari

पहिलो हाफको १ मिनेट सम्हालिन नसक्दा नेपाल चौंथौ साफ महिला फुटबलबाट बाहिरिएको छ ।

खेलको ४४ औं मिनेटमा गोलको सामना गरेर दबाबमा परेको नेपाल ३—१ ले पराजित भएको छ । पराजयसँगै नेपाल साफमा पहिलो पटक सेमिफाइनलबाट बाहिरिएको हो ।

अघिल्ला संस्कणमा भारतसँग फाइनल खेलको नेपाल यो पटक सेमिफाइनलमा पहिलो पटक प्रतिस्पर्धा गरेको हो । साफमा तीन पटक भारत विजेता र नेपाल उपविजेता भएको थियो । दुबैको भेट फाइलनमा मात्र भएको थियो ।

समूह ए को विजेता नेपाल र समूह बीको उपविजेता भारतबीच कञ्चनजंगा रंगशालामा भएको पहिलो सेमिफाइनलमा भारतका सस्मिता मलिकले खेलको ४४ औं मिनेटमा गोल गरिन् भने ५९ औं मिनेटमा इन्दुमा पथक र ८३ औं मिनेटमा कमलादेवीले गोल गरिन् ।

नेपालकोतर्फबाट सावित्रा भण्डारीले १ गोल गरिन् । खेलको ७५ औं मिनेटमा भारतीय खेलाडीले डिबक्स भित्र ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सावित्राले गोल गरिन् । खेलमा नेपालल आधा दर्जन राम्रो अवसरलाई सदुपयोग गर्न सकेन ।

खेलको १६ औं मिनेटमा सावित्रा भण्डारीले करिब २० यार्डबाट प्रहार गरको बल भारतका गोलकिपरले समाइनन् । खेलको ३४ औं मिनेटमा मनमाया लिम्बुको फ्री किक किपरले समाए । ३९ औं मिनेटमा सावित्रा भण्डारीले डिबक्समा मिलाइदिएको पासलाई सरु लिम्बुले प्रहार किपरले बचाइन् ।

खेलको ४९ औं मिनेटमा सपना लामाले दायाँ कर्नरबाट प्रहार गरेको बललाई भारतका किपरले बचाए । खेलको ६९ औं मिनेटमा २० यार्डबाट सावित्रा भण्डारीले प्रहार गरेको फ्रिकिकलाई किपरले विपक्षी किपरले उत्कृष्ट बचाउ गरिन् । भारतले सोमबारको खेलमा सावित्रा भण्डारीलाई मार्क गरेर खेल खेलेको थियो ।

भारतका दुई खेलाडीले सावित्रालाई खेल अवधिभर मार्क गरेका थिए । नेपाली टिममा प्रशिक्षक कुमार थापाले रेफ्रीको निर्णयले आफूहरु दबाबमा पर्दा हार भएको दाबी गरे । ‘ हामीले ३ वटा पेनाल्टी पाउनु पर्ने हो,’ उनले भने,‘ रिजल्ट आफ्नो पोल्टामा पार्ने गरी खेलेका थियौं, रेफ्रीले सही निर्णय नदिँदा हारियो ।’ सोमबारको खेलमा नेपाली टिमका खेलाडीले सही जजमेन्ट गरेर खेल खेल्न भने सकेनन् ।

समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग गोलरहित बराबरी खेलेपछि नेपाल र भारतबीच सेमिफाइनल भेट पक्का भएको हो । भारत र बंगलादेशले अर्को टोली अफगानिस्तानलाई हराएको गोलको अन्तरमा विजेता, उपविजेताको टुंगो लागेको थियो । भारतले ५–१ ले हराएको अफगानिस्तानलाई बंगलादेशले ६–० ले पराजित गरेको थियो ।

नेपालले समूह चरणका तीन खेलमा विजयी भएर विजेताका बनेको थियो । नेपालले भुटानलाई ८—०, माल्दिभ्सलाई ९—० र श्रीलंकालाई १—० पराजित गरेको थियो ।

समूह एमा नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका थिए भने बिमा भारत, बंगालादेश र अफगानिस्तान थिए । सन २०१० देखि साफ सुरु भएको छ भने प्रत्येक दुई वर्षमा प्रतियोगिता हुने गरेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad