• Ad

Samadhan National Daily

  • Ad

बिग आइकन साजन आलेको अन्तिम कार्यक्रम प्लमस्टिडमा

बेलायत, २२ पौष:

बेलायत भ्रमणमा रहेका छैटौं बिग आइकन साजन आलेले प्लमस्टिडस्थित चौतारी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा आफ्नो अन्तिम प्रस्तुती दिएका छन् ।

कार्यक्रममा आलेले करिब २ दर्जन गीत प्रस्तुत गरे । बलेनीमा…, मेरो दिल छ पोखरामा…, तालको पानी… लगायतका गीत प्रस्तुत गरिरहँदा उपस्थित दर्शकले आलेलाई नाचेर साथ दिएका थिए । आलेले कार्यक्रममा आफ्नै गीत वारीमा खोला, पारिमा खोला… पनि गाए ।

कार्यक्रममा आलेलाई गुल्मी समाज युकेले सम्मान समेत गर्‍यो । गुल्मी समाज युकेका उपाध्यक्ष फडिन्द्र भट्टराई र समाजका सचिव तथा पत्रकार शिव भण्डारीले आलेलाई सम्मान गरेका थिए ।

सोही कार्यक्रममा विग आइकन आलेसहित विग एफएमका अध्यक्ष महेश भण्डारीलाई पनि चितवन एड ट्रष्टले सम्मान गर्‍यो । ट्रष्टका उपाध्यक्ष तथा चौतारीका संचालक जीवन सेनले दुवैजनालाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा युरोपको नेपालीपत्रका संचालकहरू राजन कँडेल र महेन्द्र कँडेलको पनि उपस्थिती थियो । लण्डनमा रहँदा आलेले तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट, अल्डरसटस्थित निरमाया रोधीघर लगायत ठाउँमा सांगीतिक प्रस्तुति दिएका थिए ।

द ब्रिटिस कलेज र नेपालीपत्रको निमन्त्रणामा विग एफएमका अध्यक्ष भण्डारीसहित डिसेम्बर १८ मा लन्डन पुगेका आले बिहीबार नेपाल फर्किँदैछन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad