• Ad

Samadhan National Daily

  • Ad

मजदुर भन्दैछन्ः हाम्राे नाममा अाएकाे पूरै सेवा शुल्क हामीलाई नै देउ

पाेखरा, २२ पौष:
sec

होटल, क्यासिनो तथा रेस्टुरामा ग्राहकबाट सेवा शुल्क वापत उठाइने १० प्रतिशत पूरै रकम मजदुरलाई दिन अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघले माग गरेको छ ।

मजदुरकै हितका लागि भनेर १० प्रतिशत सेवा शुल्क जोडिएको मजदुर नेताहरुले बताउँदै आएका छन् । नेपालमा सन २००७ को सुरुवातसँगै १० प्रतिशत सेवा शुल्क ग्राहकबाट उठाउने र उक्त रकम मजदुरलाई वितरण गर्न होटल तथा रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल, फास्ट फुड एसोसिएन नेपालबीच सहमति भएको थियो ।

सेवा शुल्कवापत शुल्क उठाएर पनि होटल, क्यासिनो तथा रेस्टुराहरुले अधिकांश रकम आफैले राख्ने गरेको मजदुरको दाबी छ ।

सेवा शुल्क लागु गर्दा प्रत्येक ३ वर्षमा पुनरावलोकन गर्नुपर्ने उल्लेख गरिए पनि हालसम्म होटल संघ तथा फास्टफुड एसोसिएसनले छलफल समेत नचलाएको भन्दै मजदुरहरुले सरोकारवाला निकायमा १० बुँदे माग पत्र समेत पेस गरेका छन् ।

अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरा मजदुर संघले शुक्रबार पोखरामा सेवा शुल्क र एक प्रतिशत सामाजिक सुरक्षा कोषको बारेमा जानकारी गराउन वृहत प्रशिक्षण कार्यक्रम गरेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय उपाध्यक्ष अर्जुन छन्त्यालले संगठनको हितमा जुझारु ढंगले माग प्रस्तुत गर्न आग्रह गरे । उनले माग राख्दा अधिकार र कर्तव्यलाई ख्याल गरेर अगाडि बढ्न मजदुरहरुलाई सुझाव दिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका उपमहासचिव एवं अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुरा संघका अध्यक्ष माधव पाण्डेले मजदुरले पाउनुपर्ने १० प्रतिशत सेवा शुल्कलाई शत प्रतिशत नै कार्यान्वयनमा ल्याउन आफूहरु लागीपरेको बताए ।

महासंघका ४ नम्बर प्रदेश संयोजक रुद्र गौतमले १० प्रतिशत सेवा शुल्कको रकम देखाउँदा सञ्चालकले कारोबारलाई घटाएर देखाउने गरेको दाबी गरे ।

संघका कास्की अध्यक्ष विजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव राजेन्द्र न्यौपाने, होटल मजदुर संघका केन्द्रीय इन्चार्ज प्रकाश श्रेष्ठ, संघका केन्द्रीय उपाध्यक्ष अजिता सिंखडा, संघका महासचिव मुक्ति दाहाल, संघका उपमहासचिव रामेश्वर अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad