• Ad

Samadhan National Daily

  • Ad

माछापुच्छ्रेको शेयरधनीलाई झ्याम्मै बाेनस , चुक्ता पूँजी ७ अर्ब नाघ्ने

पाेखरा, २२ पौष:

माछापुच्छ्रे बैंकले शेयरधनीहरुलाई २०.७५ प्रतिशत बोनस शेयर र १२ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैंकको आज सम्पन्न अठारौं वार्षिक साधारणसभाले शेयरधनीहरूलाई बोनस र हकप्रद शेयर निष्कासन प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले बैंकको आर्थिक बर्ष २०७२-७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै कर प्रयोजनका लागि १.०९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पारित गर्याे ।

साधारणसभाबाट सर्वसाधारण शेयरधनीहरुकोे तर्फबाट राममान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्वप्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वा्चित भएको पनि बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

हाल ३ अर्ब ८६ करोड रूपैँया चुक्ता पूँजी रहेको बैंकको हकप्रद र बोनस शेयर जारी भएपछिको चुक्तापूँजी ७ अर्ब ३९ करोड रूपैँया पुग्ने बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७३।७४ को पहिलो त्रैमाससम्ममा २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ । यसैगरी २०७३ असोज मसान्तसम्ममा ५८ अर्ब १३ करोड रूपैँया निक्षेप परिचालन गरेको र ४९ अर्ब ८७ करोड रूपैँया कर्जा प्रवाह गरेको जनाएको छ ।

२०५७ सालमा पोखराबाट कारोबार शुरु गरेको बैंकको कुल ५६ शाखाहरू, एक एक्स्टेन्सन काउण्टर र आफ्नै ७२ वटा एटिएमबाट ४ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad