• Ad

Samadhan National Daily

  • Ad

मिस तामाङका सहभागी धमाधम तालिम लिँदै,  निखारिँदै

पाेखरा, २१ पौष:
miss-tamang-photo-2017

२८५३ औं सोनाम ल्होछारको अवसरमा बैदाम तामाङ समाजको आयोजनामा हुने ल्होछार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको तयारी तीव्र पारिएको छ ।

मिस तामाङ पोखरा २०१७ का लागि १३ जना प्रतियोगीहरुले भाग लिएका छन् । प्रतियोगीहरुलाई विभिन्न बिषयमा तालिम प्रदान गरिएको कायक्रम संयोजक जेसिका तामाङले बताइन् ।

१ महिना भन्दा लामो समयको प्रशिक्षणको दौरानमा अहिलेसम्म कार्यक्रम सहसंयोजक जयन्ती मोक्तानले तामाङ भाषा, व्यक्तित्व विकास, सकारात्मक सोंच, तथा सकारात्मक बानीका विषयमा अन्न्पूर्ण पोस्ट दैनिकका पोखरा ब्युरो प्रमुख केशवशरण लामिछाने, र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेल, पोखरा मन्टेश्वरी ट्रेनिङ इन्स्टिट्युटका थिरबहादुर थापा, र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष गनेस पौडेल, पोखरा एफएमका स्टेसन म्यानेजर सञ्जय मल्ल, गेटवे फाउन्डेसनका अमृत भट्टराई, माछापुच्छ्रे एफएमका स्टेशन म्यानेजर कञ्चन थापाले प्रशिक्षण दिएका थिए ।

यसैगरि तामाङ संस्कार तथा संस्कृतिका बारेमा नेपाल तामाङ घेदुङ, प्रदेश नम्बर ४ का अध्यक्ष दीपक वाइवा तामाङ, नेपाल तामाङ घेदुङका पूर्व केन्द्रीय अध्यक्ष धनबहादुर तामाङ, नेपाल तामाङ घेदुङ लामा संघका केन्द्रीय अध्यक्ष पाल्देन लामा, मिङमार तामाङ लगायतले प्रशिक्षण दिएका छन् ।

कार्यक्रमको कोरियोग्राफी सृष्टि सेञ्चुरीले गरेकी छन् भने तामाङ नृत्यको प्रशिक्षण राम लामाले गरेका छन् ।

मिस तामाङमा पोखरा लेकसाइडका सृष्टि लामा, अञ्जली लामा, मालेपाटनका अरुणा लामा, संगीता तामाङ, लेखनाथका सीता तामाङ, मन्जु तामाङ शान्तिनगरका जीता लामा, सिम्पानीका रीमा तामाङ, न्युरोडका मालिका तामाङ, बगरका जगनकुमारी तामाङ, जिरोकिलोमिटरका पुनम तामाङ, मिरुवा कसेरीका दीप्ति तामाङ र भेडिफारामका प्रिया तामाङ छन् ।

कार्यक्रमबाट बचेको रकम बैदाम तामाङ समाजले ग्याजर्दी लेकसाइडमा निर्माणाधिन रेञ्छिन तेरजोट तामाङ शान्ति गुम्बा निर्माणमा खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

माघ ८ गते शनिबार पोखरा सभागृहमा हुने कार्यक्रममा कलाकारहरु चन्द्रबहादुर दोङ तथा शशीकला मोक्तान लगायतका कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथै तामाङ सांस्कृतिक नृत्य प्रस्तुत गरिने कार्यक्रम संयोजक जेसिका तामाङले बताइन् ।

विद्यार्थी पत्रकार


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad