• Ad

Samadhan National Daily

  • Ad

लेखनाथको बजेट साँढे २६ करोड

लेखनाथ, २६ पौष:

लेखनाथ नगरपालिकाले आगामी आर्थिक वर्षका लागि २६ करोड ४० लाख ५२ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

नगरपालिकाको २४ औं परिषदबाट पारित नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्दै कार्यकारी अधिकृत नवराज ढुंगानाले आगामी वर्षका लागि आन्तरिक स्रोततर्फ ४ करोड ६६ लाख ८२ हजार रुपैयाँ आर्थात कुल बजेटको १७.६८ प्रतिशत उठ्ने अनुमान गरिएको बताए ।

बाह्य स्रोततर्फ २१ करोड ७३ लाख ७० हजार रुपैयाँ अर्थात ८२.३२ प्रतिशत अनुमान गरिएको उनले जनाए । आन्तरिक स्रोत अन्तर्गत स्थानीय करबाट १ करोड ९८ लाख ८० हजार रुपैयाँ, सेवा शुल्कबाट १५ लाख ४० हजार रुपैयाँ, दस्तुरबाट २ करोड ३९ लाख ५० हजार रुपैयाँ, बिक्रीबाट ६ लाख रुपैयाँ र अन्य आयबाट ७ लाख १२ हजार रुपैयाँ उठ्ने अनुमान नगरपालिकाको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad