• Ad

Samadhan National Daily

  • Ad

लोकतन्त्रको नाटक गरेर कुर्चीका लागि दाउपेच गरे –डा. भट्टराई

लेखनाथ, २१ पौष:
baburam

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिले पनि राजनीतिक दल कुर्चीका लागि झगडा गरिरहेको आरोप लगाएका छन् ।

उनले ठूला राजनीतिक दलले लोकतन्त्रको नाउँमा कुर्ची हात पार्ने खेलमा लागेको आरोप लगाए । रातारात करोडपति बन्न कुद्ने प्रवृत्ति राजनीतिक दलले त्याग्नुपर्ने उनको भनाइ थियो ।

‘संविधानले दिएको मार्ग बिर्सिएर अहिले पनि राजनीतिक दलहरु कुर्चीका लागि हानथाप गरिरहेका छन्’ नयाँ शक्ति पार्टी नेपाल, कास्कीले बुधबार लेखनाथमा आयोजना गरेको ‘घर घरमा नयाँ शक्ति ६ महिने अभियान उद्घाटन तथा राजनीतिक धु्रवीकरण’ विषयक घोषणा सभालाई संवोधन गर्दै पार्टी संयोजक भट्टराइले भने, ‘लोकतन्त्र स्थापना गर्ने बहानामा भएका कलुषित नियतहरुको जुनसुकै हालतमा पर्दाफास गर्नु पर्छ ।’

उनले यथाशीघ्र संविधान संशोधन गरी पछाडि पारिएका जनताको माग संवोधन र स्थानीय निकाय निर्वाचन गर्न छाडेर व्यक्तिगत स्वार्थमा अल्झिँदा देशको राजनीति अस्थिर बन्दै गएको बताए । नेपालको राजनीतिलाई भ्रष्टाचारबाट मुक्त गर्ने सुत्र पत्ता लगाएको दाबी गर्दै उनले निर्वाचित राष्ट्रपति प्रणालीको शासन लागु गर्ने अभियानका नयाँ शक्ति पार्टी लागेको छ र यो प्रणाली लागु हुनसक्यो भने देशमा शान्ति र स्थायित्व कायम भई भ्रष्टाचारको अन्त्य हुने विश्वास व्यक्त गरे ।

पार्टीको योजना अनुरुपका काम भएमा अबको ७ वर्षभित्र नेपालीको प्रति व्यक्ति आय डबल हुने उनले बताए । नयाँ शक्ति पार्टी नेपाल कास्कीका संयोजक हेमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नं. ४ का संयोजक कलावती शर्मा, सहसंयोजक शम्भु खाती, नेपाली सेनाका पूर्व कर्णेल मदन केसी, पार्टीका केन्द्रीय युवा अभियान प्रशिक्षण विभाग प्रमुख सौगात पोखरेल, सांस्कृतिक विभाग प्रमुख पार्वती जिसी लगायतले बोलेका थिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad