• Ad

Samadhan National Daily

  • Ad

शिशुकल्याणमा प्राविधिक शिक्षा पढाउन ज्ञानमहायज्ञकाे तयारीमा जुटे स्थानीय 

लेखनाथ, २४ पौष:

लेखनाथ १७ ठूल्ढुंगाको शिशुकल्याण आधारभूत विद्यालयमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सव हुने भएको छ । माघ २४ गते देखि फागुन २ गतेसम्म महायज्ञ हुने मुल आयोजक समितिका संयोजक श्रीभद्र बरालले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

विश्व परिवेश सुहाउँदो आवश्यक ज्ञान र सिपसहितको व्यवहारिक, प्राविधिक, वैज्ञानिक, सूचना तथा सञ्चार प्रविधियुक्त गुणस्तरीय शिक्षा प्रदान गरी देशकै नमूना माध्यमिक विद्यालयको रुपमा विकास गर्ने उद्देश्यले ज्ञानमहायज्ञ आयोजना गरिएको हो । प्रचारप्रसार समितिका संयोजक मोती गिरीका अनुसार महायज्ञबाट २ करोड रकम संकलन गर्ने लक्ष्य राखिएको छ ।

माघ २४ गते जीप, मोटरसाइकल ¥याली हुने समेत उनले बताए । माघ २५ गते यज्ञ पूर्वाङ र बिहान १० बजे शोभा यात्रा बाजागाजा भजनकिर्तन मण्डलसहित पूर्ण कलश शोभा यात्रा हुने गिरीले बताए ।

महायज्ञ अवधिभर बिहान १० बजेदेखि साँझ ४ः३० बजेसम्म भागवत भाष्कर पण्डित कमलनयन गौतमले संगीतमय शैलीमा कथा वाचन गर्नेछन् । समितिका महासचिव डिल्लीराम बरालले फागुन १ गते दीपप्रज्ज्वल र राष्ट्रिय तथा स्थानीयस्तरा कलाकारबाट कला प्रदर्शन हुने जानकारी दिए ।

महोत्सवबाट संकलन रकमबाट विद्यालयमा कक्षा ९ देखि १२ कक्षासम्म प्राविधिक शिक्षा सञ्चालन गरिने महासचिव बरालले बताए । बरालले समय सुहाउँदो सुविधा सम्पन्न भौतिक संरचना पुस्तकालय, बालउद्यान, अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, खेलकुद सामग्रीसहितको खेल मैदान र अनुसन्धान केनद्र निर्माण एवं व्यवस्थापन गरिने बताए ।

अतिथि सत्कार समिति समितिका संयोजक केशवप्रसाद आचार्यले विद्यालयमा बालबालिका शिक्षा कोष, गरिब तथा जेहेन्दार विद्यार्थी छात्रवृत्ति कोष स्थापना गर्ने लक्ष्य राखिएको बताए । उनले महायज्ञ सुरु नहुँदै केही दानवीरले सहयोगको घोषणा गरेको बताए ।

महायज्ञ सफल बनाउन १ हजार १ सय ११ सदस्यीय मुल आयोजक समिति, ३ सय ५ सदस्यीय सल्लाहकार समिति र विभिन्न ५१ वटा उपसमिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न करिब २० लाख खर्च लाग्ने अनुमान छ ।

२०३४ माघमा प्राथमिक विद्यालयकोे रुपमा स्थापना भएकोमा २०६८ मा निमावि भएको थियो । प्राथमिकत तहमा ८ जना सरकारी दरबन्दी र ५ जना निजी स्रोतका शिक्षक कर्मचार छन् । विद्यालयमा १ सय ८० जना विद्यार्थी रहेकोमा अधिकांश दलित, जनजाति, सिमान्तकृत एवं अति विपन्न वर्ग भएको विद्यालयका प्रधानाध्यापक जगदीश सुवेदीले बताए ।

उनका अुनसार विद्यालयले देशकै नमुना विद्यालयको पहिचान बनाइसकेको छ । महायज्ञमा दान गर्नेलाई विभिन्न प्रकारका सम्मानका साथै विद्यालयको भवन दाताकै नाममा राख्ने व्यवस्था गरिएको छ । ५० लाख सम्म दान गर्ने दाताको नाममै ८ कोठे भवनको नामाकरणका साथै विद्यालयमा शालिक राखिने गिरीले बताए । उ

नका अनुसार १ करोडसम्म दान गर्ने दाताको जन्मोत्सव एव मृत्यु पश्याच स्मृति दिवस मनाइनेछ । १ करोड ५० लाख दान गर्ने दाताको विद्यालयको मुल गेटमा परिवारको नाम शिलाखेलमा लेखिनेछ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad