• Ad

Samadhan National Daily

  • Ad

सिरकले छाेपेर राखेकाे बन्दुक र झारलकाे मासुसहित ३ समातिए

पाेखरा, २१ पौष:

वडा प्रहरी कार्यालय बगरले २ नाले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ ।

माछापुच्छ्रे गाविस वडा नम्बर ९ का होमबहादुर मगरको घरबाट अबैध रुपमा राखिएको २ नाले भरुवा बन्दुक फेला परेको वडा प्रहरी कार्यालय बगरका प्रमुख इन्स्पेक्टर किशोर लम्सालले बताए ।

खाटमा सिरकले छोपेर राखेको अवस्थामा ३ फिट १० इन्चको भरुवा बन्दुक फेला परेको उनले बताए । मगरलाई बन्दुकसहित नियन्त्रणमा लिएको उनले बताए ।

त्यसगरी बगर प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्रबाट झारलको मासु र दुई वटा पेउरा चरासहित दुई जनालाई पक्राउ गरेको छ । धादिङ घर भई हाल माछापुच्छ्रे गाविस–९ बस्ने ४० वर्षीय मेङ लामा र २५ वर्षीय कृष्णा लामालाई पक्राउ गरिएको वगर प्रमुख इन्स्पेक्टर लम्सालले बताए ।

उनीहरुको साथबाट झोलामा झारल मासु र पेउरा फेला परेको बताए । दुवै जनालाई नियन्त्रण लिइ अन्नपूर्ण संरक्षण क्षेत्रको कार्यालय (एक्याप) मा बुझाएको उनले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad