• Ad

Samadhan National Daily

  • Ad

सिर्जना आमन्त्रण राष्ट्रिय भलिबल माघ १८ मा

भलिबल ट्रेनिङ सेन्टरलाई बजेट

काठमाडौं, २४ पौष:
volley-ball-2

सिर्जना आमन्त्रण महिला-पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता माघ १८ गतेदेखि पोखरा रंगशालामा हुने भएको छ ।

सिर्जना विकास केन्द्र पोखराको संयोजन र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनमा हुने प्रतियोगिता माघ २२ गतेसम्म सञ्चालन हुने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

समितिका अध्यक्ष खगराज पौडेलका अनुसार लिकम नक आउटका आधारमा खेलाइने प्रतियोगितामा विभागीय टिम नेपाली सेना, नेपाल पुलीस क्लब, सशस्त्र प्रहरी बल एपपिएफ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल स्पोर्टस् क्लबको सहभागिता रहनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल, ट्रफी र दोस्रोलाई ७७ हजार ७ सय ७७ रुपैयाँ मेडल र ट्रफी प्रदान गरिनेछ ।

विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको पौडेलले जानकारी दिए । प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्न भलिबल रबर म्याट प्रयोग गरिने नेपाल भलिबल संघका केन्द्रीय सचिव डिबी नेपालीले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्न करिब १८ लाख ६५ हजार खर्च लाग्ने अनुमान आयोजकको छ । प्रतियोगिताको लागि सिर्जना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

आर्थिक सहयोगको लागि क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल र सिर्जना विकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले सम्झौता पत्रका हस्तारक्ष गरेका छन् । सहमति पत्र अनुसार टिकटबाट उठेको रकम मध्ये १० प्रतिशत द्वन्द्व पीडित बालबालिकाको लागि खर्च गरिने छ । भलिबल हेर्नका लागि १ सय, १ सय ५० र २ सयको टिकट तोकिएको छ । जिल्ला भलिबल संघ र क्षेत्रीय भलिबल संघलाई प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

खेलाडीलाई प्रोत्साहन गर्न केन्द्रले सहयोग गरेको बताए । उनले भने, ‘ सिर्जना विकास केन्द्रले आगामी दिनमा पनि खेलकुदको विकासको लागि सहयोग गर्ने योजना बनाएको छ । ’ ३७ वर्ष अघि स्थापना भएको संस्थाले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

यसैबीच पत्रकार सम्मेलनमा पश्चिमाञ्चलको महिला भलिबल टिमलाई जर्सी प्रदान गरिएको छ । म्याग्दीको बेगखोला घर भई हाल अमेरिकामा रहेका यम पुनले उपलब्ध गराएको जर्सी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङले टिम क्याप्टेन मञ्जु गुरुङलाई हस्तान्तरण गरेका थिए । डोरपाटन कपको लागि पुनले पश्चिमाञ्चल महिला भलिबल टिमलाई १५ थान जर्सी उपलब्ध गराएका हुन् ।

भलिबल ट्रेनिङ सेन्टरलाई बजेट

पोखरा रंगशालामा निर्माणधिन भलिबल टे«निङ सेन्टरलाई अर्थ मन्त्रालयले १ करोड निकास गरेको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई उक्त रकम निकास गरिसकेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

उनका अनुसार परिषद्ले क्षेत्रीय खेलकुदलाई रकम निकास गरेपछि काम अगाडि बढ्नेछ । ट्रेनिङ सेन्टरमा भलिबल खेललाई आवश्यक पर्ने सम्पूर्ण पूवाधार निर्माण हुनेछन् । भलिबल ट्रेनिङ सेन्टर व्यवस्थित नहुँदा प्रतियोगिता सञ्चालन गर्न समेत समस्या पर्ने गरेको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad