• Ad

Samadhan National Daily

  • Ad

२८ गतेदेखि सिमलचौरमा माघे संक्रान्ति महोत्सव

पाेखरा, २६ पौष:

सिमलाचौरमा तेस्रो माघे संक्रान्ति महोत्सव हुने भएको छ । जाल्पादेवी बहुउद्देश्यीय विकास समितिको आयोजनामा सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा पुस २८ गतेदेखि माघ १ गतेसम्म महोत्सव आयोजना गरिएको मंगलबार आयाजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

आर्थिक लाभ भन्दा पनि धार्मिक, सांस्कृति एवं सामाजिक महत्वका साथै स्थानीय पहिचानलाई उजागर गर्न महोत्सव गर्न लागिएको महोत्सव मूल आयोजिक समितिका संयोजक गणेशबहादुर अधिकारीले जानकारी दिए । तीन दिनसम्म चल्ने महोत्सवमा पुस २८ गते कन्दमूलहरुको बिक्री वितरण, २९ गते उद्घाटन र माघ १ गते सांगीतिक कार्यक्रम हुने प्रचार प्रसार उपसमिति संयोजक बोधराज ढकालले बताए । उनका अनुसार महोत्सवमा खाना तथा अन्य गरी ५० वटा स्टल रहनेछन् ।
महोत्सवमा धार्मिक महत्व बोकेका जाल्पादेवी मन्दिर, सिमलचौरमा रहेको गणेश, शिव भीमसेनस्थान, भैरव मन्दिर दर्शन र स्वस्थानी ब्रत कथा श्रवण व्यवस्था मिलाइएको छ । महोत्सवमा माघे संक्रान्ति खानाका परिकार, लाखे नाच तथा विभिन्न जातजातिहरुका सांस्कृतिक प्रस्तुतिसहितका संस्थागत स्टल पनि रहने अर्थ उपसमितिका संयोजक कृष्णमान ठुसाजुले जानकारी दिए ।

सांस्कृतिक कार्यक्रममा लोकदोहोरी कलाकार चोलेन्द्र पौडेल, पार्वती जिसी, तुलसा जिसी, पोखरेली धुर्मुस, माग्ने बुढा, विभिन्न पप ब्यान्डको प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक विश्वकुमार विजुक्छेले बताए । उनका अनुसार काठमाडौंको कुमारी नाच पनि महोत्सवमा देखाइने छ । महोत्सवबाट ८ लाख २५ हजार आम्दानी हुने र ५ लाख ६० हजार खर्च हुने आयोजकको अनुमान छ । महोत्सवबाट बचेको रकम सामाजिक कार्यमा खर्च गरिने कार्यसम्पादन समितिका संयोजक वीरेन्द्रनारायण बिजुक्छेले बताए ।

मेला सम्पन्न गर्न विभिन्न १२ वटा उपसमिति र कार्यसम्पादन समिति बनाइएको छ । महोत्सवमा सिर्जना विकास केन्द्र, जाल्पादेवी तायमाचाः समिति, नेवाः कचा खलः, जाल्पादेवी मिसा पुचः सहआयोजक छन् । महोत्सवको मुख्य प्रायोजकमा संजोग ट्राभल्स छ ।

२०७० सालदेखि सिमलचौरमा माघे संक्रान्ति महोत्सव गर्न थालिएको हो । गत वर्ष देशको विषम परिस्थितले यो महोत्सव हुन सकेको थिएन भने जाल्पादेवी बहुउद्देश्यीय विकास समितिले प्रत्येक वर्ष महोत्सव गर्ने योजना बनाएको छ । विद्यार्थी पत्रकार


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad