कास्की क्षेत्र नम्बर १ को मतगणना सुरु

समाधान संवाददाता २०७९ मंसिर ५ गते १४:१७

पोखरा ।
कास्कीका ३ वटै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको छ । यसअघि कास्की क्षेत्र नम्बर २ र ३ को मतगणना सुरु भइसकेपनि कास्की १ को मतगणना सुरु भएको थिएन् । दिउँसो २ बजेबाट कास्की १ को मतगणना सुरु भएको हो ।

कास्कीमा १ लाख ७९ हजार ९ सय ६६ मत अथार्त, ६१‍.७२ प्रतिशत मत खसेको छ । कास्की क्षेत्र नम्बर १ मा ६८ हजार ६ सय ३२ मत खसेको छ । कास्की २ मा ४९ हजार ९ सय २० खसेको छ । यस्तै, क्षेत्र नम्बर ३ मा ६१ हजार ४ सय १४ मत खसेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया