• Ad
  • Ad

Samadhan National Daily

  • Ad

न्यूराेडमा माइक्राे ठक्करबाट महिलाको मृत्यु

पाेखरा, १८ पौष:

पोखराको न्यूरोडमा साढे दश बजे बिहान माईक्रोबसको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

चिप्लेढुंगाबाट न्यूरोडतर्फ जाँदै गरेको ग १ ख ३७५२ नंबरको माईक्रो बसको ठक्करबाट न्यूरोड बस्ने अन्दाजी ४५ वर्षिया रुविना गुरुङको ज्यान गएको हो ।

न्यूरोडको गण्डकी विकास बैँकमा जान सडक पार गर्ने क्रममा गुरुङलाई माइक्राेले ठक्कर दिएकाे हाे । बाटो काट्ने क्रममा बसले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । माइक्राे र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाईएको छ ।

मृतक महिलाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ । घटनाबारे आवस्यक अनुसन्धान जारी रहेको कास्की प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad