• Ad
  • Ad

Samadhan National Daily

  • Ad

कास्की क्षेत्र नम्बर १ को पूर्वाधार, निर्वाचन क्षेत्र विकास कार्यक्रम सार्वजनिक

पाेखरा, १९ पौष:

कास्की क्षेत्र नम्बर १अन्तर्गत निर्वाचन क्षेत्र विकास कार्यक्रम र क्षेत्र विकास पूर्वाधार विशेष कार्यक्रमको आर्थिक वर्ष २०७३-०७४मा छनोट भएका योजना र बजेट सोमबार सार्वजनिक गरिएको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित सांसद यज्ञबहादुर थापा, समानुपातिक तर्फका सांसद जीवन परियार र नेकपा एमालेका सांसद तुलबहादुर गुरुङको तर्फबाट सार्वजनिक गरेका योजनाहरुमा खानेपानी, सडक पूर्वाधार, शिक्षा र सामुदायिक भवन लगायत छन् ।

‘स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरिएको छ,’ सांसद थापाले भने, ‘सबै दलको सल्लाहमा योजना छनोट गरिएकाले प्रभावकारी रुपमा कार्यान्वयन हुने छन् ।’ समयमै योजना छनोट गरेर जिल्ला विकासमा बुझाएको जानकारी दिँदै थापाले अब उपभोक्ता समिति गठन गरेर छिट्टै काम हुने बताए ।

३ करोड रुपैयाँ बजेट रहेको क्षेत्र विकास पूर्वाधार विशेष कार्यक्रममा लेखनाथ साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाका लागि ४० लाख रुपैयाँको मुख्य योजना सहित २५ योजना छनोट गरिएको सांसद थापाले जानकारी दिए ।

कार्यक्रमका संयोजक समेत रहेका थापाले आर्थिक वर्ष २०७३÷०७४मा पूर्वाधार तर्फ देउरालीको रामदी माउडाँडा टाकञ्जा मोटरबाटोको लागि १५लाख रुपैयाँ,रुपाकोट मिया गाउँमोटरबाटोका लागि १०लाख रुपैयाँ बजेट विनियोजन गरेको सुनाए ।

सिद्धको चापाने हर्खल भुवाने नेपाल पाखा सडकको लागि १० लाख रुपैया, थुम्कीको माझकोट सिर्कुतान लामडाँडा सडकका लागि१० लाख रुपैयाँ,हंसपुरको काउरे पानी डिट्ठा गाँउ इन्द्रगुफा सडकका लागि१२ लाख रुपैया, र भलाम र्‍यालेचौर मौजा बिसौनी सिक्लेस ग्रामीण सडकका लागि १२ लाख रुपैयाँ, मिजुरेडाँडाको सुन्दरबेसी नागिधार हर्षे रवैडाँडा पोसी ग्रामीण सडकका लागि ११लाख ५० हजार रुपैया बजेट विनियोजन गरिएको छ ।

पार्चेको रङग्वे खेल मैदानका लागि १०लाख रुपैयाँ, थुमाको डाँडा सीताराम माविको भवन निर्माणको लागि ११ लाख रुपैयाँ,नामार्जुङको सामुदायिक भवन निर्माणका लागि ११लाख रुपैयाँ, कालिका लिफ्टिङ खानेपानी आयोजनाका लागि १२ लाख ५० हजार रुपैयाँ छ ।

लेखनाथ ४ पिपलबोट सामुदायिक भवनका लागि १३ लाख रुपैयाँ, लेखनाथ १०को नेपालेचौतारा स्वास्थ्य चौकी र पाण्डेथर समी चौतारे सडकका लागि १० लाख रुपैयाँ, अमरसिद्ध माविको भवन निर्माणका लागि १०लाख रुपैयाँ,तामाङ संस्कृति याङला समाज भवनको निम्ति १० लाख रुपैयाँ, लेखनाथ ९ रैकर कँडेल गाउँ स्याङखुदी ब्रहपैरो ग्रामीण सडकका लागि १० लाख रुपैयाँ, भाचोकको लम्तरी पर्यटकीयस्थल निर्माणका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै माझठानाकोपात्ले देउराली नौरुङ राम्चे बेतनी ग्रामीण सडकका लागि १० लाख रुपैयाँ,लेखनाथ ४को खराने फेदी कालिका मार्गका लागि १२ लाख रुपैयाँ, कालिकाको सोताखोला कल्भर्ट निर्माणका लागि १० लाख रुपैया, हंसपुरको लिफ्टिङ खानेपानीका लागि १० लाख रुपैयाँ रहेकाे छ ।

लेखनाथ १०को खत्रीको पँधेरोदेखि अर्चलेसम्मको सडक कालोपत्रेकालागि १० लाख रुपैयाँ, लेखनाथ १ ठूलाखोला पट्नेरी बाटो र नाला निर्माणका लागि १०लाख रुपैयाँ र लेखनाथ २ रिठेपानीदेखि खहरे हुँदै सेतीघाटसम्मको बाटो निर्माणका लगि १२ लाख रुपैयाँ विनियोजन गरिएको सांसद थापाले बताए ।

यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७३÷०७४ का लागि सांसद थापाले १ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मका २१ वटा योजना सार्वजनिक गरेका छन् । सांसद जीवन परियारले निर्देशिका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १२ गाविस, लेखनाथ नगरका ६ वडा,क्षेत्र नम्बर ४ मा ४ गाविस समेटेर योजना छनोट गरेको बताए ।

‘आम जनतामा सांसदको हातमा नगद आउने र घरघरमा गएर बाँड्ने भन्ने मान्यता छ,’ उनले भने, ‘सांसदले योजना तय गर्ने भए पनि पैसा बाँड्ने काम हाम्रो होइन ।’


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad