• Ad
  • Ad

Samadhan National Daily

  • Ad

कलाकारकाे कमाई हुने सिआरबिटी यस कारण बन्द भयाे ….

पाेखरा, २० पौष:

फोन गर्दा डायल टोनको सट्टा गीत बज्थ्यो । अचेल घन्टी गएको संकेत दिने डायल टोनमात्रै बज्छ । पट्यार लाग्दो डायल टोन सुनिरहन नपर्ने त हुन्थ्यो नै त्यो गीतका सर्जकलाई पनि फाइदै पुग्थ्यो । टेलिकमका मोबाइलमा उपलब्ध त्यस्तो सुविधालाई सिआरबिटी भनिन्थ्यो । अचेल भने यो सुविधा छैन ।

गायक राजन कार्कीलाई सिआरबिटी (कलरब्याक रिङटोन) बाट पैसा कमाएको अझै सम्झना छ । उनले ‘तिम्रो मिठो मुस्कानमा हराएको याद आयो’ गीतबाट १० हजार कमाएका हुन् । झन्डै ४ वर्ष पहिले गीतबाट पाएपनि अन्य थुप्रै दोहोरी गीतबाट पनि धेरैथोरै पाएको उनलाई याद छ ।

‘एकपटक रोयल्टी समाजले अलिकति पैसा दिएको थियो । केही दोहोरी गीतबाट पनि पाएको छु तर, थोरै मात्रामा,’ उनले सम्झे । उनले थुप्रै गीत गाए तर कमै गीतबाट सिआरबिटीको पैसा हात परेको छ । पछिल्लो समय गीतसंगीतको व्यापार हुन छाडेको छ । गीत राम्रो बन्यो भने मोबाइलमा रिङब्याक टोन राख्नेहरु प्रशस्त्र हुन्थे । कमाइ पनि राम्रो हुन्थ्यो ।

‘अडियो व्यापार ठप्प भएपनि सिआरबिटी त छ भन्न पाइन्थ्यो,’ कार्कीले भने, ‘अहिले त त्यही कमाइ पनि बन्द भयो । केही नयाँ प्रविधिबाट सेवा सुरु हुन्छ कि ?’ सिआरबिटी सेवा एक वर्षदेखि बन्द छ । तर, टेलिकम र कलाकारलाई गरी दुवै पक्षलाई आम्दानी दिइरहेको सिआरबिटी सुविधा किन हट्यो त ?

टेलिकमले आन्तरिक छानबिन भइरहेको भन्दै सेवा बन्द गरेको छ । सिआरबिटी सेवा सुचारु हुनअझै ६ महिना लाग्ने टेलिकम अधिकारीहरु बताउँछन् । प्रविधिको विकाससँगै गीत–संगीतका सिडी, क्यासेट बिक्री शून्य छ । त्यसको विकल्पमा संगीत कमाइको माध्यम बनेको सिआरबिटी सेवा बन्द हुँदा कलाकर्मीलाई मर्का परेको बताउँछन् ।

‘म्युजिक कम्पनीहरुको खै के के सहमति नमिलेको कारणले बन्द भएजस्तो लाग्छ,’ गायक जीवन दाहालले भने, ‘पछिल्लो समयमा सिआरबिटीबाटै राम्रो कमाइ हुन्थ्यो अहिले बन्द हुँदा संगीत उद्योगमा निकै असर परेको छ ।’ जीवन्त संगीत प्रालि समेत सञ्चालनमा ल्याएका दाहालले सिआरबिटीबाट केही रकम पाएको सुनाए ।

‘कम्पनीबाट निस्केका गीत दर्ता गर्दा सोही अनुसार पैसा आउँथ्यो,’ उनले सुनाए, ‘कम्पनीलाई भ्याट लगायत काटेर ३ रुपैयाँ ७५ पैसा आउँथ्यो ।’ मोबाइलमा सिआरबिटी राख्दा ए पटकमा १२ रुपैयाँ ५० पैसा काटिन्थ्यो । तर कलाकारको हातमा भने कम्पनीले कुनैलाई १ रुपैयाँ त कुनैलाई डेढ रुपैयाँसम्म दिने गथ्र्यो ।

तर अहिले त्यही सेवा पनि बन्दले आम्दानीको एउटा स्रोत सुकेको दाहाल बताउँछन् । ‘कलाकारको हितलाई मूल्यांकन गर्दै डिजिटल प्रविधिबाटखोल्ने भनेर दबाब पनि भइरहेको छ,’ उनले सुनाए ।

नेपाल टेलिकमले मोबाइलमा अवैधरुपमा सिआरबिटी डाउनलोड भएपछि गत पुस २१ देखि यो सेवा बन्द गरेको थियो । संगीत रोयल्टी संकलन समाज नेपालका उपाध्यक्ष रमेश बिजीले टेलिकमका कारण सिआरबिटी सेवा बन्द हुँदा कलाकर्मीको आम्दानीको राम्रो माध्यम गुमेको बताए ।

संगीतको व्यापारका लागि एड्भान्स सफ्टवेयर ल्याउनकेही समय बन्द भएको हुन सक्ने उनले अनुमान गरे । रोयल्टी समाजले संगीतको उत्थानका लागि यातायात, सञ्चारमाध्यम, होटेल, इभेन्ट,हलहरुमा सार्वजानिक रुपमा गीतको प्रयोग हुने ठाउँबाट रोयल्टी उठाउन प्रयास थालेको बिजीले बताए । ‘राज्यतर्फबाट रोयल्टीको बारेमा पहल भइरहेको छ,’ उनले भने ।

टेलिकम अधिकारीहरुलेचोरी प्रकरण छानबिनको अनुसन्धान भइरहेको बताउँदै आएका छन् । चोरीमा संलग्न गिरोहबारे पत्ता लागिनसकेको हुँदा यो सुविधा सुचारु नभएको उनीहरुको भनाइ छ । प्रारम्भिक अनुसन्धानमा टेलिकमकै अधिकारीहरूको नाममा रहेको आइपीबाट सिआरबिटी चोरी भएको देखिएको छ । टेलिकमका आइटी प्रमुख विमलेश झाको नाममा आइपी एड्रेस दर्ता देखिएको पाइएको छ ।

आइपी प्रदायक एप्नेकले टेलिकमलाई बेचेका एड्रेसमा टेलिकमको टेक्निकल पर्सनका तर्फबाट आफ्नो नाम रहेको पाइएको हो । टेलिकमका करिब १ लाख १२ हजार आइपी एडे«स छन् । सुबिसु केबल नेट पनि टेलिकम जस्तै एप्नेकबाट आइपी किन्ने निकाय हो । प्रारम्भिक छानबिनमा सुविसुको आइपीबाट पनि सिआरबिटी चोरी भएको देखिएको हो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad