• Ad
  • Ad

Samadhan National Daily

  • Ad

नेवा छेँ पाेखरामा सामुहिक भाेज ‘झ्व भ्वय’काे निम्ताे

पाेखरा, २२ पौष:

नेवा खलः कास्कीको आह्वान तथा नेवा मिसा पुच कास्कीको आयोजनामा शनिबार पोखरामा झ्व भ्वय, नेवारी सांस्कृतिक भोज हुने भएको छ ।

शहरीकरणले निम्त्याएको आधुनिकतासँगै मौलिक खाना तथा सांस्कृतिक भोजहरु हराउँदै गएकाले नेवारी सभ्यतासँग जोडिएको सांस्कृतिक भोज झ्व भ्वय गर्न लागिएको आयोजक नेवा मिसा पुच कास्कीका अध्यक्ष शान्ति उदासले बताए ।

‘झ्व भ्वय’ भन्नाले नेवार समुदायमा परम्परागत रुपमा चल्दै आएको मौलिक नेवारीखानाको संस्कार नै हो संस्कृतिविद तीर्थ श्रेष्ठले भने ‘जसमा सहभागी सबै जना लस्करै बसेका हुन्छन, सहभागी मध्य सबैभन्दा पाको व्यक्तिले खान सुरु गरे पछि खाने र खान सकेर चुठे पछि मात्रै सबैले चुठ्ने चलन हुन्छ । ’

गत वर्ष देखि नेवा मिसा पुच कास्कीले नेवारी सांस्कृतिक भोज झ्व भ्वय गर्दै आएको छ । अघिल्लो वर्ष ११ सय जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए । यस वर्ष पनि सोही अनुपातमा भोजमा सहभागी हुने विश्वास लिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले बताए ।

कार्यक्रममा प्रवेशका लागि ७ सय रुपैयाँको टिकट तोकिएको छ । कार्यक्रमबाट बचेको रकम नेवारी संस्कार र संस्कृतिको प्रवद्र्धनको लागि विभिन्न कार्यक्रमका लागि खर्च गरिने आयोजकले जनाएको छ ।

नेवारी संस्कारमा कुनै पनि कार्यक्रम गर्नु पूर्व बाधा व्यवधान नहोस भन्नका लागि क्षमापूजा गर्ने चलन रहेकोले पूजा कार्यक्रमको अघिल्लो दिन शुक्रबार गरिने आयोजकले जनाएको छ । नेवा छेँ भीमसेन टोलमा हुने कार्यक्रम शनिबार बिहान १० बजे बाट सुरु हुनेछ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad