• Ad

Samadhan National Daily

  • Ad

बिग आइकन साजन आलेको अन्तिम कार्यक्रम प्लमस्टिडमा

बेलायत, २२ पौष:

बेलायत भ्रमणमा रहेका छैटौं बिग आइकन साजन आलेले प्लमस्टिडस्थित चौतारी रेस्टुरेन्टमा आयोजित कार्यक्रममा आफ्नो अन्तिम प्रस्तुती दिएका छन् ।

कार्यक्रममा आलेले करिब २ दर्जन गीत प्रस्तुत गरे । बलेनीमा…, मेरो दिल छ पोखरामा…, तालको पानी… लगायतका गीत प्रस्तुत गरिरहँदा उपस्थित दर्शकले आलेलाई नाचेर साथ दिएका थिए । आलेले कार्यक्रममा आफ्नै गीत वारीमा खोला, पारिमा खोला… पनि गाए ।

कार्यक्रममा आलेलाई गुल्मी समाज युकेले सम्मान समेत गर्‍यो । गुल्मी समाज युकेका उपाध्यक्ष फडिन्द्र भट्टराई र समाजका सचिव तथा पत्रकार शिव भण्डारीले आलेलाई सम्मान गरेका थिए ।

सोही कार्यक्रममा विग आइकन आलेसहित विग एफएमका अध्यक्ष महेश भण्डारीलाई पनि चितवन एड ट्रष्टले सम्मान गर्‍यो । ट्रष्टका उपाध्यक्ष तथा चौतारीका संचालक जीवन सेनले दुवैजनालाई प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

कार्यक्रममा युरोपको नेपालीपत्रका संचालकहरू राजन कँडेल र महेन्द्र कँडेलको पनि उपस्थिती थियो । लण्डनमा रहँदा आलेले तमुधिं यूकेको ल्होछार, प्रवासी नेपाली मञ्चको स्थापना दिवस कार्यक्रम, क्याम्बर्ली शो एसिया, गोल्डेनसीप र चौतारी रेष्टुरेन्ट, अल्डरसटस्थित निरमाया रोधीघर लगायत ठाउँमा सांगीतिक प्रस्तुति दिएका थिए ।

द ब्रिटिस कलेज र नेपालीपत्रको निमन्त्रणामा विग एफएमका अध्यक्ष भण्डारीसहित डिसेम्बर १८ मा लन्डन पुगेका आले बिहीबार नेपाल फर्किँदैछन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • कार्यकारी निर्देशक खड्कालाई काममा लगाउन सहमति प्रदान

    निर्वाचन आयोगले नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालयमा झिकाई काममा लगाउन सहमति प्रदान गरेको छ । आपूर्ति मन्त्रालयले कार्यकारी निर्देशक खड्कालाई मन्त्रालयमा झिकाई काममा लगाउन आयोगसंग...

  • अस्थीर राजनीतिले विकास प्रभावित भन्दै याेजना सार्वजनिक

    सांसद विकास समितिका पूर्व सभापति रवीन्द्र अधिकारीले विकासका मुद्दालाई राष्ट्रिय राजनीतिको केन्द्र भाग ल्याउन सक्नु आफ्नो कार्यकार्लको महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । ‘म विकास समितिको सभापति हुदाँ राष्ट्रिय गौरवका...

  • माओवादी सरकारबाट तत्काल नहट्ने

    नेकपा (माओवादी केन्द्र)ले तत्काल सरकारबाट हट्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री जनार्दन शर्माले तत्काल आफूहरु सरकारबाट नहट्ने जानकारी दिनुभयो । गृहमन्त्रीले...

  • राष्ट्रसंघको मानव अधिकार परिषद्मा नेपाल निर्वाचित

    संयुक्त राष्ट्रसंघकोे ७२औँ महासभाले मानव अधिकार परिषद्मा नेपाललाई पनि निर्वाचित गरेको छ । विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५...

Ad
Ad
Ad