• Ad
  • Ad

Samadhan National Daily

  • Ad

जिल्ला सहकारी संघ कास्कीको ४३ औं वार्षिक साधारणसभा

पाेखरा, २३ पौष:

जिल्ला सहकारी संघ कास्कीको ४३ औं वार्षिक साधारणसभा शनिबार भएको छ । राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले सहकारीहरुले उद्यमशीलताको क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे । ‘सहकारीमार्फत कृषिको व्यवसायीकरण गर्न आवश्यक छ,’ उनले भने ।

संघका अध्यक्ष रविरमण तिवारीको अध्यक्षतमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक प्रभा कोइरालाले सहकारीले आर्थिक क्षेत्रलाई चलायमान बनाएको बताइन् ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका पूर्व सञ्चालक डिल्लीराम तिवारी, नेफ्स्कुनका केन्द्रीय सञ्चालक भीम गुरुङ, सप्त गण्डकी दुग्घ उत्पादक सहकारी संघका अध्यक्ष पुण्यप्रसाद पौडेल, कृषि सहकारी संघ कास्कीका अध्यक्ष शिवजी कोइराला, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बराल, संघका उपाध्यक्ष हरिभक्त पौडेल, वरिष्ठ प्रबन्धक भोजराज घिमिरे, शिक्षा सूचना तथा सञ्चार समिति संयोजक धर्मराज अर्याल लगायतले बोलेका थिए ।

कास्कीमा ६ सय १५ वटा सहकारी संघसंस्था छन् । ती मध्ये २ सय ७९ वटा सहकारी जिल्ला सहकारी संघमा आबद्ध रहेको अध्यक्ष रविरमण तिवारीले जानकारी दिए । जिल्ला सहकारी संघ कास्की र सप्त गण्डकी दुग्ध उत्पादक सहकारी संघको संयुक्त लगानीमा पोखराबाट दुध र दुधजन्य पदार्थ उत्पादन हुँदै आइरहेको छ ।

२०५७ मा स्थापित उक्त उद्योगबाट दैनिक २ हजार लिटर दुध बिक्री हुँदै आइरहेको वरिष्ठ प्रबन्धक भोजराज घिमिरेले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad