• Ad
  • Ad

Samadhan National Daily

  • Ad

कर्पाकेली बास्केटबल उपाधि फिमला क्लब फुलबारीलाई

पाेखरा, २४ पौष:

कर्पाकेली पुन युवा क्लव राम बजार पोखरा द्वारा आयोजित दोश्रो कर्पाकेली कप बास्केटबलको उपाधी फिमला क्लव फुलवारीले प्राप्त गरेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा रामबजार कर्पाकेली समाजलाई ६८–६० को अंकले हराउँदै नगद ३० हजार प्राप्त गर्यो । उपविजेता रामवजार कर्पाकेली समाजले नगद १७ हजार प्राप्त गरेको छ ।

त्यसै गरि महिला तर्फको फाइनल खेलमा फिमला क्लव फुलवारीले रामवजार कर्पाकेली समाजलाई २२–१४ को अंकमा पराजित गरेको छ । विजेता फिमला क्लवले ७ हजार र उपविजेता रामवजारले नगद ४ हजार प्राप्त गरेको छ ।

त्यसै गरि पुरुष भेट्रान तर्फको खेलमा कास्की जिल्ला बास्केटवल संघले फुलवारी पुन समाजलाई ६३–३९ अंकले पराजित गरेको छ । कास्की जिल्ला बास्केटवल संघले नगद १७ हजार र उपविजेता फुलवारीले १० हजार प्राप्त गर्यो ।

पुस १८ गते देखि सुरु भएको उक्त बास्केटवल प्रतियोगितामा पुरुष तर्फ रामवजारका किरण पुन, महिला तर्फ रामवजारकी बविता पुन र भेट्रान तर्फ फुलवारीका सान वहादुर पुन घोषित भए ।

 


प्रतिकृया दिनुहोस्

नेपालकाे कठिन जीत विश्वकपमा जाने अाशा कायमै

यू-१९ विश्वकपको एसियाली छनोटमा नेपालले सिंगापुरमाथि कठिनताका साथ जीत हात पारेकाे ५ । समूह चरणको पहिलो खेलमा सिंगापुरलाई ७३ रनमा समेटेर  ४ विकेटको जित निकालेकेा नेपालले...

यू–१९ विश्वकप छनोट : नेपालकाे स्काेर पछ्याउदै सिङ्गापूर

जारी यू १९ विश्वकप छनाैटमा नेपालले प्रस्तुत गरेकाे १६९ रनकाे लक्ष्य पछ्याउदै सिङ्गापूरले २० अाेभर सकिदासम्म १ विकेट गुमाएर ६० रन जाेड्न सफल भएको छ...

नयाँ अपडेट

Ad
Ad
Ad