• Ad

Samadhan National Daily

  • Ad

लाेकमान कार्कीको नियुक्तिविरुद्ध मुद्दामा सुनुवाइ सकियो

काठमाडौं, २४ पौष:

सर्वोच्च अदालतमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति र योग्यताविरुद्ध मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा दुबै पक्षका कानुन व्यवसायीको बहस सकिएको हो । यही पुस ७ गतेबाट सुरु भएको बहस ८, २१, २२ हुँदा आजसम्म बसह आजसम्म चलेको थियोे ।

रिट निवेदक अधिवक्ता ओमप्रकाश अर्यालका तर्फबाट आज वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ताहरु सुरेन्द्र भण्डारी, डा चन्द्रकान्त ज्ञवाली, रमेश वडाल, टीकाराम भट्टराई, राजु चापागार्इं, रमणकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योति लम्साल पौडेल, कुनदेवी महर्जनसहित १५ जनाले बहस गर्नुभएको थियो ।

बहस सकिए पनि आदेश जारी गर्न बाँकी छ । कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि उक्त निवेदन खारेज हुने फैसला गरेकामा अधिवक्ता अर्यालले पुनः सर्वोच्चमा सो रिट पुनरवलोकनका लागि निवेदन दिनुभएको थियो ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • स्थानीय तह थप कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    सर्वोच्च अदालतले हालै सरकारले गरेको स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले यस्तो आदेश दिएको हो । संघीय...

  • राजपा चुनावमा नआउने

    राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय चुनाव वहिष्कार गर्ने आन्दोलन गर्ने भएको छ । राजपाको शुक्रबार भएको बैठकले स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने निर्णयसमेत गरेको छ । सरकारले संविधान...

  • पाेखरा महानगरमा एमालेकाे जीत ठ्याक्कै डबल, २२ भर्सेज ११

    पोखरा लेखनाथ महानगरपालिकाकाे अन्तिम नतिजा अाएकाे छ । कूल ३३ वडासहित देसकै ठूलाे महानगर पाेखरामा अन्ततः नेकपा एमालेले बाजी मारेकाे छ । ३३ वडामध्ये २२ वटाकाे अध्यक्षमा नेकपा एमालेले जीत...

  • मानबहादुरकाे मेयर यात्रा

    क्याम्पस पढ्न एक ठिटो झोला भिरेर सहर आइपुग्यो । उच्च शिक्षा लिन गाउँबाट सहर आइपुगेको तन्नेरीले मनको चर्खा पढाइमा भन्दा अन्तै घुमाइरहेको थियो । उसलाई पढ्ने होइन लाहुरे हुने भूत...

Ad
Ad
Ad