गण्डकीमा १ सय ९९ मा काेराेना संक्रमण

समाधान संवाददाता २०७७ जेठ ३२ गते ६:००

पाेखरा

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १ सय ९९ पुगेकाे छ ।

पछिल्लाे पटक नवलपुरकाे देवचुली नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएकाे छ ।

Advertisement

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार स्थानीय पालिकाको क्वारेन्टाइनमा रहेका २३ र ३२ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ|

उनीहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

Advertisement

गण्डकीका मनाङ र मुस्ताङवाहेक ९ जिल्लामा काेराेना संक्रमण देखिएकाे छ । हालसम्म याे प्रदेशमा काेरानाेबाट १ पुरुषकाे मृत्यु भएकाे छ । स्याङ्जाकाे वालिङका ६० वर्षे पुरुषकाे पाेखरामा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

तपाईको प्रतिक्रिया