• Ad

Samadhan National Daily

  • Ad

कुख्यात अातंककारी लादेनका ६ पत्नी र प्रेम

पाेखरा, २२ बैशाख:

विश्वका हजारौं मानिसको ज्यान लिने अतिवादका नाइकेको रोमान्टिक पक्षको अनुमान गर्न हत्तपत्त गाह्रो पर्छ ।

तर, अन्तर्राष्ट्रिय अतिवादी संगठन अलकायदाका तत्कालीन नेता ओसामा बिन लादेन प्रेममा निकै इमान्दार थिए । पत्नीहरूको प्रेममा उनी यति डुबेका थिए कि मृत्युपछि पनि उनीहरूसँगै पुनर्विवाह गर्न चाहन्थे ।

६ पत्नीका पति लादेनले युद्धका क्रममा टाढा हुँदा सबै पत्नीलाई नियमित पत्र कोर्थे । पत्रमा उनले कसैलाई ‘मुटुको टुक्रा’ त कोहीलाई ‘स्याउको दाना’ भनेर सम्बोधन गर्थे । पत्नीहरूको चाहनाप्रति लादेन यति गम्भीर थिए कि आफ्नो मृत्युपछि उनीहरूले कसैसँग विवाह गरेमा उनलाई कुनै आपत्ति थिएन ।

छुट्टिनु पर्दा आँखा रसाउँछ
सन् २०११ को मे २ मा अमेरिकाको नेभी सिलले पाकिस्तानको अबोटाबादस्थित अवासमा छापा मारी उनको हत्या गरेपछि उनको प्रेम जीवनबारे केही खुलासा भएको थियो । ‘मेरी प्यारी पत्नी, तिम्रो माया र सुन्दर सम्झनाले मेरो मुटु भरिपूर्ण छ । मलाई शान्त पार्न तिमी लामो समयदेखि पीडा अनुभूति गरेकी छौं ।

हरेक पल म तिम्रै सम्झनामा हुन्छु । तिमीबाट छुट्टिनुपर्दा मेरा आँखा बारम्बार रसाउँछन्,’ सन् २००८ को अगस्ट १५ मा लादेनले एउटी पत्नीलाई लेखेको पत्रमा भनेका छन् ।
मृत्युपछि पनि म तिम्रै हुँ

लादेन मृत्युपछिको पुनर्जन्ममा विश्वास गर्थे । मृत्युपछि पनि पत्नीसँगै बाँच्ने चाहना प्रकट गर्थे । जजमेन्ट डे (क्रिस्चियन धर्म अनुसार मानिसले गरेको धर्म र पापका आधारमा भगवानले स्वर्ग वा नर्कमा पठाउनका लागि फैसला गर्ने दिन) मा आफूलाई छनोट गर्न पत्नीलाई आग्रह गर्थे ।

‘यस धर्तीमा तिमी र मेरो भेट हुन नसके मृत्युपछि भेटौंला । त्यो भेट नै मेरा लागि पर्याप्त हुनेछ प्यारी,’ अर्को एक पत्रमा बिल लादेन भन्छन् । ‘कृपया धैर्य गर र आफ्नो विश्वास नडगमगाऊ । हामी स्वर्गको एउटा नदीमा भेटौँला र अनन्त जीवन बिताउँला किनकि तिमी मेरी असल पत्नी हौं,’ उनले पत्रमा लेखेका छन् ।

तिमी मेरी आँखाकी स्याउ
उनले १ पत्नीलाई त स्याउसँग तुलना गर्थे । ‘तिमी त मेरो आँखाको स्याउ हौ । यस संसारकै बहुमूल्य चिज हौ तिमी । मेरो मृत्युपछि तिमीले विवाह गर्न चाहन्छौ भने मेरो कुनै आपत्ति छैन प्रिय । तर, स्वर्गमा भने मेरो ढोका खुला छ । तिमीले अरूसँग विवाह गरेर के भो त ? आखिर जजमेन्ट डेमा मलाई नै रोज्छेऊ नि ?’ हजारौं मानिसको निर्मम हत्याका नायक लेख्छन् ।

किशोरी छोरीलाई ख्याल गर
लादेन आफ्नो अनुपस्थितिमा सन्तानलाई राम्रोसँग स्याहार गर्न पत्नीलाई अनुरोध गर्थे । किशोरी छोरीहरूको विशेष ख्याल गर्न पत्नीलाई सम्झाउँथे । भन्थे, ‘युद्धका क्रममा मैले सहादत प्राप्त गरें भने तिमी अभिभावकसँग फर्किन सक्छौं, जुन मलाई स्वीकार्य छ । तर, मेरा बालबच्चाको राम्रो ख्याल गर्नुपर्छ । उनीहरूलाई खराब संगतबाट जोगाउनू । सक्छौं भने छोरीहरूलाई मुजाहिद्दिन (लडाकु) सँग विवाह गरिदेऊ । नत्र असल मानिसलाई उनीहरूको हात सुम्पिदेऊ,’ लादेन लेख्छन् ।

सबै पत्नीलाई समान व्यवहार
‘जब सन्तान र पत्नीहरू संघर्षको अंश बन्छन्, जीवन औधी रमाइलो हुन्छ ।’ ११ सेप्टेम्बरको हमलाअघि लादेनले एउटा अन्तर्वार्तामा भनेका थिए, जति बेला उनले आफ्ना ४ पत्नी र सन्तानलाई अफगानिस्तानका विभिन्न भागमा बेग्ला बेग्लै घरको व्यवस्था मिलाएर शानसँग राखेका थिए । केही साताको अन्तरमा उनी हरेक पत्नीसँग जान्थे किनकि पतिले पु¥याउनुपर्ने दायित्वबारे उनी निकै सचेत थिए ।

तर जीवनको उत्तराद्र्धतिर उनको प्रेमको कठोर परीक्षण भएको थियो । अबोटाबादमा बिन लादेन ३ पत्नी र १७ वटा चञ्चले सन्तानसँग एउटै छानामुनि बिताउनुपरेको थियो । पारिवारिक कोलाहलबाट उम्किन सम्भव थियो । उनी राति बगैँचामा जूनसँगै टहलाउन पाउँदैनथे । न त ठन्डा दिमागले युद्धको रणनीति बनाउन सक्थे । केबल ४ बित्ताको अँध्यारो कोठामा सीमित थिए लादेन । किनकि अमेरिकाले आफ्नो सम्पूर्ण शक्ति उनको हत्याका लागि खर्चेको थियो ।

मृत्यु हुने वेलामा पनि पत्नीको साथ
११ सेप्टेम्बरको हमलापछि अफगानिस्तानमा नेटो सुरक्षा बलले लादेन परिवारलाई निशाना बनाएको थियो । उनकी कान्छी पत्नी अमल पाकिस्तान हुँदै यमन भागिन् भने उनका अन्य पत्नीहरू ज्यान जोगाउन इरानतिर सुइँकुच्चा ठोके । उनी भने पाकिस्तानको अबोटाबादको एउटा सुरक्षित घरमा लुके । पत्नीका भोका लादेन अँध्यारो घरभित्र एक्लै बने ।

सुरक्षित महसुस गरेपछि उनले सबै पत्नीलाई बोलाए । कान्छी पत्नी अमल र २ साउदी श्रीमती फर्किए । साउदी पत्नीहरू निकै परिपक्व र शिक्षित थिए । खैरिह मनोविद् थिइन् भने सिहाम शिक्षिका थिइन् । अबोटाबादको अँध्यारो कोठालाई उनीहरूले एउटा महत्वपूर्ण पाठशालामा रूपान्तरण गरेका थिए ।

चार पत्नीलाई अलग राख्थे
सबै पत्नीलाई समान व्यवहार गरेमा मुस्लिम धर्ममा बहुविवाह गर्न अनुमति छ । मुस्लिम कानुन अनुसार पुरुषले एक पटकमा ४ पत्नीसँग विवाह गर्न पाउने व्यवस्था छ । बिन लादेनले ६ पटक विवाह गरेका थिए । तर, एउटा विवाह सम्बन्धविच्छेदमा टुंगिएको थियो भने अर्को विवाह रद्द भएको थियो ।

अफगानिस्तानमा लादेनले पत्नीलाई कहिल्यै एउटै घरमा सँगै राखेनन् । अल मजला म्यागेजिनसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामी कहिल्यै एउटै घरमा बसेनौं । हरेक पत्नी आ–आफ्नो घरमा बस्छन् ।’ कान्दाहारमा २ वटी पत्नी बस्थे । तेस्री पत्नी काबुलमा र चौथो पत्नी टोराबोरा पहाडमा बस्थिन् ।

पत्रकार लरेन्स राइटका अनुसार सन् २००० मा लादेनले अमललाई भित्त्रयाएपछि उनका अन्य पत्नी दुखी बनेका थिए भने लादेनकी आमाले लखेट्ने कोसिस गरेकी थिइन् । अबोटाबाद घरको ब्लुप्रिन्टलाई अध्ययन गर्दा लादेनले ३ पत्नीलाई अलग तर समान व्यवहार गरेको देखिन्छ ।

हरेक पत्नी र उनीहरूका सन्तानलाई छुट्टाछुट्टै तलामा राखेका थिए । नेभी सिलले कम्पाउन्ड घेरा हाल्दा लादेन तेस्रो तलामा कान्छी पन्ती अमलसँग थिए । पतिलाई जोगाउन खोज्दा अमलको तिघ्रामा गोली लागेको ह्वाइट हाउसको विवरणमा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

Ad
Ad
Ad