• Ad

Samadhan National Daily

  • Ad

श्रीमतिकाे मृत्युपछि ६ दिनसम्म शवसँगै सुते श्रीमान्

लन्डन, २८ बैशाख:

ब्रिटेनको डर्बीशायरका एक जना पुरुषले आफ्नो श्रीमतीको मृत्यु भएपछि उनको शव भएको कोठामा ६ दिन सुतेको खुलासा गरेका छन्।

सर्भाइकल क्यान्सरसँग १० वर्ष संघर्ष गरेपछि अघिल्लो महिना ५० वर्षीया वेन्डी डेभिसनको निधन भएको थियो।

उनका पति रसल डेभिसनले श्रीमतीको निधनले आफ्नो मुटु छिया छिया भएको भन्दै उनको लासलाई शवगृहमा पठाउन आफूलाई मन नलागेको बताए।

उनले आफूले मृत्युलाई हेर्ने मानिसहरुको दृष्टिकोणलाई पनि चुनौती दिन चाहेको बताए।

चुनौती

मृत शरीरलाई घरमा राख्न कानुनले अनुमति दिएको छ र डर्बीशायरको कोरोनर्स कोर्टले श्रीमती डेभिसनको निधनबारे उनका चिकित्सकले जानकारी गराएको पुष्टि गरेको छ।

रसल डेभिसन भन्छन्, “हाम्रो समाजमा मृत्युको बारेमा कुराकानी गर्न नै वञ्चित गरिएको छ, कोही पनि यसबारे बोल्नै चाहँदैनन्।”

उनले आफूलाई आफ्नी श्रीमतीलाई शवगृहमा वा अन्त्येष्टि आयोजनाका लागि बुझाउन मन नलागेको बताए।

उनले भने “मलाई लाग्यो हाम्रो परिवारकै घरमा उनलाई राखेर स्याहार गर्नुपर्छ, हाम्रो शयनकक्षमा राखेर त्यही कोठामा मलाई सुत्न मन लाग्यो।”

युकेतस्वीर कपीराइटRUSSELL DAVISON

सन् २००६ मा क्यान्सर लागेको पत्ता लागेपछि डेभिसन परिवारले प्राकृतिक ढंगले नै उनको स्वास्थ्यको हेरविचार गर्ने निर्णय लिएको थियो।

चिकित्सकको हातमा आफ्नी श्रीमतीको जीवन सुम्पन नचाहेको भन्दै उनले आफ्नै ढंगले अनुसन्धान गरेर श्रीमतीको जीवन बचाउने प्रयास गरेको बताए।

सो परिवारले वेन्डीलाई बचाउन केमोथेरापी वा रेडियोथेरापी जस्ता उपचार विधि अस्वीकार गरेको थियो।

सुन्दर

सन् २०१४ मा वेन्डीसँग ६ महिना मात्र जीवन बाँकी रहेको चिकित्सकहरुले बताएका थिए र त्यसपछि उक्त परिवारले ‘जीवनकै अद्वितीय समय’ बिताउने क्रममा युरोपको भ्रमण गरेको थियो।

तर गएको डिसेम्बरमा पीडा बढ्न थालेपछि उनीहरु घर फर्किए।

युके
तस्वीर कपीराइटRUSSELL DAVISON

रोयल डर्बी अस्पतालमा केही समय उनको उपचार पनि गराइयो तर वेन्डीले आफूले त्यहाँ अन्तिम सास फेर्न नचाहेको अडान लिइन्।

सो दम्पतीले घरमा नै बाँकी समय बिताउने निर्णय लियो र अन्त्येष्टि नहुञ्जेल उनको शव पनि घरमै राख्ने निधो गर्यो।

गएको अप्रिल २१ मा उनको मृत्यु भयो।

“वेन्डीले एकदमै शान्तिपूर्ण ढङ्गमा अन्तिम सास फेरिन, कुनै पनि पीडा खेपिनन्।”

उनले उक्त समयमा परिवार र साथीहरुसँगै रहनु एकदमै सुन्दर र आरामदायी अनुभव भएको सुनाए।

नियम

ब्रिटेनमा चिकित्सकलाई खबर गरिएको र पाँच दिन भित्रै मृत्यु भएको दर्ता गराइएको छ भने अन्त्येष्टी नहुञ्जेलसम्म कानूनी रुपमा घरमै शवलाई राख्न सकिन्छ।

उक्त शरीरलाई पखाल्न अन्त्येष्टि व्यवस्थापक वा नर्सको आवश्यकता पर्छ।

यदी केही दिन धेरै शव राख्नुपर्यो भने एक जना अन्त्येष्टि व्यवस्थापकले शवलाई सुरक्षित ढंगले राख्नुपर्छ।

डर्बीका एकजना कानुन व्यवसायी ज्याक वार्डले मृत्युबारे जानकारी दिइएको र दर्ता गराइएको छ भने अन्त्येष्टि नहुञ्जेलसम्म शव घरमा राख्न कानुनी रुपमा मिल्ने उल्लेख गरे।

उनी भन्छन्, “ऐतिहासिक रुपमा मानिसहरुको मृत्यु घरमा नै हुन्थ्यो र उनीहरुको शव अन्त्येष्टिसम्म घरमै राखिन्थ्यो।”


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • करनले देखेको क्रिकेटकाे सुखदुख

    नामिबियाको क्रिकेट मैदानमा क्यानडाले विजय झण्डा फहराउने तयारी गर्दै थियो । १९५ रनको लक्ष्य पछ्याएको नेपालको अन्तिम ओभरमा एक खेलाडी नायक बनेर खेलमा उत्रिए र क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जीत...

  • कृषकसँग मन्त्री अभियान गर्ने घोषणा

    प्रदेश ४ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले ‘कृषकसँग मन्त्री’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला गोरखा आएका थापाले बुधबार सदरमुकाममा...

  • मित्रवत् सम्बन्ध कायम राख्न: फुटबल

    अनेरास्ववियु स्याङ्जा–पोखरा सम्पर्क कमिटिको आयोजनामा पृथ्वीनारायण क्याम्पस फुटबल मैदानमा बुधबारदेखि अन्तरसंकाय सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । क्याम्पसका २० टोली सहभागी प्रतियोगितामा पहिलो दिन ३ खेल सम्पन्न...

  • नमूना आवासीय मावि प्रदेश ४ मै उत्कृष्ट

    कुस्माबजारमा सञ्चालित नमूना आवासीय मावि प्रदेश नं ४ कै उत्कृष्ट विद्यालय घोषित भएको छ । शिक्षा मन्त्रालयले गरेको मूल्यांकनमा उत्कृष्ट घोषित नमूना आवासीय माविले रु एक लाख पुरस्कारसमेत जितेको छ...

Ad
Ad
Ad