लमजुङमा पहिराेले पुरिँदा एकै घरका ३ जनाकाे मृत्यु

समाधान संवाददाता २०७७ असार २६ गते ६:४२

पाेखरा

लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा बिहीबार राती पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे छ ।

स्थानीय दीपक तामाङको घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे लमजुङका डिएसी गंगाबहादुर थापाले जानकारी दिए ।

Advertisement

उनका अनुसार घरमुली दीपक तामाङ, पत्नी बिमाया तामाङ र छोरा सेवाङ तामाङकाे मृत्यु भएकाे हाे । परिवारका ३ जना सामान्य घाइते भएका छन् । घाइते ३ जनाकाे जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया