• Ad

Samadhan National Daily

  • Ad

तपाइकाे राशीमा अाजकाे भाग्य, भविष्य यस्ताे छ

पाेखरा, ३१ जेठ:
वि.सं. २०७४ साल जेठ ३१ गते। बुधबार। इश्वी सन् २०१७ जुन १४ तारिख। नेपाल संवत् ११३७ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– पञ्चमी, २४:५० बजेउप्रान्त षष्ठी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesमहत्वपूर्ण वस्तु हातलागी हुनाले मन प्रसन्न रहनेछ। प्रतीक्षित काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सफल भइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइले फाइदा दिलाउनेछन्। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्ति प्रयोग गर्दा लाभ हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअरूका काममा श्रम तथा बुद्धि खर्चनुपर्ल। वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन् .आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। तर प्रयत्न गर्दा स्थितिमा सुधार आउनेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला, मौकामा राम्रो सहयोग जुट्न सक्छ। सेवामूलक कामले आशा जगाउनेछ। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiस्वास्थ्य कमजोर रहनाले योजना स्थगित हुन सक्छ। अध्ययनमा समय दिन नसकिएला। केही चुनौतीसमेत सामना गर्नुपर्नेछ। घरेलु समस्याले अल्झाउन सक्छ। तापनि शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्न सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerवादविवादले पुरानो सम्झौता भंग हुने सम्भावना छ। स्वास्थ्यमा केही समस्या आउन सक्छ। बुद्धिको उपयोगले काम सम्पादन हुनेछ। मिहिनेतले आम्दानी बढाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिएला। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुनेछ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। शत्रुहरू किनारा लाग्नेछन् र प्रतिस्पर्धामा विजयी भइनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। तर, अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। अध्ययनमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। गुरुजनको सल्लाह र सन्तानको सहयोगले फाइदा होला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका गुम्न सक्छ। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। साथीभाइसँग असमझदारी बढ्ला। पहिलेका कामबाट सोचेको नतिजा प्राप्त नहोला। स्थायी सम्पत्तिमा विवाद आउन सक्छ। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, मिहिनेतसाथ रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि धन आर्जनमा कमी नहोला। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusलगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अरूको विषयमा चासो राख्दा विवादमा परिने सम्भावना छ। सहयोगीहरू टाढिए पनि लगनशीलताले काम बन्नेछ। विगतको श्रमबाट सामान्य लाभ हुनेछ। तर, आलोचकहरूले सताउन सक्छन्। बोली-व्यवहारमा संयम रहनुहोला। हल्लाको भर पर्दा दु:ख पाइनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। जिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन भने नसकिएला। योजना अनिश्चित बन्नेछ । अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ला। आगन्तुकले विशेष समयमा अलमल्याउन सक्छन्। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusशुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। लगानीको तुलनामा कममात्र फाइदा हुने समय छ। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपछिसम्म लाभ हुने काम प्रारम्भ होला। दिगो फाइदाका लागि लगानी बढाउने समय छ। विभिन्न भौतिक साधन प्राप्त हुनाले मन प्रसन्न रहनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा मनग्य लाभ उठाउन सकिनेछ। आम्दानी बढ्नुका साथै परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ। साझेदारीमा पनि राम्रै लाभ हुनेछ। (नेपाली पात्रो)

प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • लघु उद्यमका गतिविधि अवलोकनमा स्विडेनका सांसद

    राष्ट्र संघीय विकास परियोजना युएनडिपीका लागि ठूलो मात्रामा अनुदान दिँदै आएको देश स्विडेनका सांसदले परियोजनाको सहायता भएका कार्यक्रमको स्थलगत अवलोकन गरेका छन् । ६ सदस्यीय सांसद टोलीले पोखरा पनि भ्रमण...

  • पोखरामा ‘सिरुमारानी’

    प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थियटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । पोखरा ४ मा अवस्थित थिएटर तथा थिएटरद्वारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा...

  • ‘साल्टरुट’ जोगाउन चासो

    उनताका नुनतेल लिन पैदल हिँडेर बुटवल जाने चलन थियो । ३ दशक अगाडिसम्म पैदल हिँड्नेको घुइँचो हुने गथ्र्यो । सिसाठाँटी बास बस्ने ठाउँ हो । फलेबास र कुस्मा नगरपालिकाको सिमाना...

  • माझीलाई फेरि नयाँ सालको आश्वासन

    बागलुङ जिल्लाका राजमार्ग विस्तारका क्रममा विस्थापित माझी परिवारलाई नयाँ वर्षमा नयाँ घर दिने तयारी गरिएको छ । पोखरा–बागलुङ राजमार्ग निर्माणका क्रममा २०४८ सालमा खनियाघाटबाट विस्थापित १४ माझी परिवारलाई यस वर्षको...

Ad
Ad
Ad