बलात्कार अभियोगमा कोइराला जेल चलान

समाधान संवाददाता २०८० असार ३१ गते १०:५४

पोखरा ।
काठमाडौंको ठमेलस्थित लर्ड अफ ड्रिंग्स (एलओडी) क्लबबाट लगेर गरिएको नाबालिग बलात्कार प्रकरणका अभियुक्त पोखरा ४ का ४९ वर्षे सूदनबहादुर कोइराला जेल चलान भएका छन् । जिल्ला अदालत ललितपुरका न्यायाधीश पुष्पराज थपलियाको आदेशअनुसार अभियुक्त कोइराला शुक्रबार पुर्पक्षका लागि थुनामा गएका हुन् ।


कोइरालाले गत जेठ ३१ गते ठमेलस्थित एलओडीमा पसेकी १५ वर्षीया किशोरीलाई सानेपास्थित कार्यालयको कोठामा लगेर बलात्कार गरेको आरोप लागेको थियो । कोइरालालाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणीमा मुद्दा चलाएको थियो । ती नाबालिगलाई एलओडीका प्रवेश गर्न दिएपछि पक्राउ परेका सञ्चालकहरु रुदिलबल्लभ श्रेष्ठ र राजुसिंह सुवाल हाजिरी जमानीमा छुटेका छन् । उनीहरुलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अनुमतिमा हाजिरी जमानीमा छाडिएको छ ।


जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी सीताराम रिजालले दुवैजनालाई हाजिरी जमानीमा छाडिएको जानकारी दिए । उक्त क्लबबाट १५ वर्षीया नाबालिगलाई लगेर बलात्कार गरेको आरोपमा पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेपछि सञ्चालकहरु तानिएका थिए ।

Advertisement


नाइट क्लबमा नाबालिग प्रवेश गर्न मिल्दैन । तर ती नाबालिगलाई क्लबमा प्रवेश गर्न दिएको भन्दै प्रहरीले उनीहरुलाई पनि पक्राउ गर्न अनुमति लिएको थियो । जेठ ३१ गते ललितपुरको बागटोलमा नाबालिगलाई बलात्कार गरेको आरोप थियो । घटनाको भोलिपल्टै पीडितले कोइरालाविरुद्ध जाहेरी दिएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया