पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

समाधान संवाददाता २०७६ जेठ १९ गते १२:१७

रासस, चितवन

नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी रूपमा सञ्चालन भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया