• Ad

Samadhan National Daily

  • Ad

पोखरा र दमौलीमा एनसेलको फोरजी सेवा विस्तार 

पाेखरा, १७ आषाढ:

एनसेलले फोरजी सेवा पोखरा र दमौलीमा पनि विस्तार गरेको छ । शनिबारदेखि पोखरा र दमौलीमा फोरजी सेवा सञ्चालनमा आउने कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ ।

फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोवाइल प्रयोगकर्ताले यी २ सहरमा पनि द्रुत गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको मजा लिन सक्ने कम्पनीले जानकारी दिएको छ।

फोरजी सिम नलिएका ग्राहकले फोरजी चल्ने सिम (युसिम)सँग निशुल्क साट्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ । फोरजी सिममा डेटा सेवा प्रयोग गर्ने ग्राहकले योन्डर म्युजिक एपमा ३० दिनसम्म निशुल्क अनलाइन गीत सुन्न-डाउनलोड गर्न सक्ने पनि कम्पनीले जानकारी दिएको छ ।

योण्डर म्युजिकमा २ करोडभन्दा बढी नेपाली र अन्तराष्ट्रिय गीत रहेको कम्पनीले जानकारी दिएको छ । एनसेलले प्रविधि तटस्थता अनुमति पाएपछि जेठ १८ देखि काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा तथा धुलिखेलमा फोरजी सेवा सुरु गरेको थियो ।

कम्पनीले सन् २०१७ को अन्त्यसम्ममा १५ सहरमा फोरजी सेवा विस्तार गर्ने लक्ष्य राखेको छ । देशका विभिन्न सहरमा पनि यो सेवा विस्तारका लागि नेटवर्क परीक्षण गरीरहेको कम्पनीले जानकारी दिएको छ ।

एनसेलले सन् २०१८ भित्रै देशका ४० सहरमा फोरजी सेवा पुर्याउने योजना अनुसार काम गरीरहेको जानकारी पनि एनसेलले दिएको छ ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad