• Ad

Samadhan National Daily

  • Ad

मुस्ताङमा ड्रोन प्रविधिबाट दूर्लभ गिद्धको अनुसन्धान

मुस्ताङ, २० आषाढ:

ग्लोबल प्राइभेट नेटवर्क नेपाल तथा मोडिफिकेसन जोमसोमको संयुक्त प्रयासमा आइतबारदेखि मुस्ताङमा ड्रोन प्रविधिमार्फत दुर्लभ गिद्धको पहिलो अनुसन्धान सुरु भएको छ ।

गिद्ध गणना तथा बासस्थान पहिचान गरी तिनको संरक्षणमा योगदान गर्न अध्ययन थालिएको हो । ग्लोबल प्राइभेट नेटवर्क नेपालले दातृ राष्ट्रको आर्थिक सहयोगमा मुस्ताङको तल्लो क्षेत्रका अनुसन्धान गर्न लागिएको हो ।

रुफर्ड फाउन्डेसन बेलायत, ओरियन्टल बर्ड क्लब बेलायत, वाइल्ड लाइभ कन्जरभेसन ट्रस र आइडिया वल्र्डको सहयोगमा गिद्धको अध्ययन अघि बढेको हो । सरकारको स्वीकृति लिएर अनुसन्धान थालिएको छ ।

गिद्ध अध्ययन सर्भे टोलीमा कार्यक्रम निर्देशक दिक्पाल कर्माचार्य, मोडिफिकेसन जोमसोमका नीरज थकाली, सहयोगीहरु महेन्द्र कतिला र चिराग प्रधान छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय मुस्ताङले अध्ययनको अनुगमन सुरक्षाकर्मी पनि खटाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित क्षेत्रभित्र पर्ने मुक्तिनाथ, जोमसोम, ठिनी, कोवाङ, घासा, पैराथाप्ला आदि स्थानमा ड्रोन क्यामेराबाट गिद्धको अनुसन्धान भएको निर्देशक दिक्पाल कर्माचार्यले बताए । उनका अनुसार टोलीले २ दिन खर्चिएर सोमबार साँझसम्म मुक्तिनाथ क्षेत्र, सदरमुकाम जोमसोम र ठिनीमा अध्ययन सकेको छ ।

अन्य स्थानमा पनि क्रमिक अध्ययन गरिने कर्माचार्यले खुलाए। ‘विगतमा पनि यस क्षेत्रमा गिद्धको सर्भे गरेका थियौं । यस पटक ड्रोन प्रविधिमा पहिलो सर्भे हो,’ निर्देशक कर्माचार्यले भने, ‘कडा चट्टानी पहाडमा गिद्धको बासस्थान हुन सक्छ ।’ उनले यसपटकको अनुसन्धानले धेरै नयाँ कुरा पत्ता लागेको बताए ।

उच्च हिमाली क्षेत्रमा रहेका गिद्धको बाँसस्थान पहिचान गरी छिट्टै त्यस क्षेत्रमा रहेका गिद्ध संरक्षणका लागि आवश्यक कदम चाल्न सम्बद्ध निकायहरुको ध्यान केन्द्रित गरिने टोलीका सहयोगी चिराग प्रधानको भनाइ छ ।

गिद्धलाई हिमाली क्षेत्रको प्राकृतिक कुचिकार मानिन्छ । नेपाल सरकारले ड्रोनमार्फत फोटो खिच्न प्रतिबन्ध लगाएको भए पनि ग्लोबल प्राइभेट नेटवर्क नेपालले सरकारको अनुमति प्राप्त गरेर गिद्धको अनुसन्धान सुरु गरेको मोडिफिकेसनका पत्रकार नीरज थकालीले जानकारी दिए ।

जमिनको सतहदेखि ३ सय फिटसम्म पुग्न सक्ने ड्रोन क्यामेराको क्षमता ६ हजार मिटरसम्म छ । टोलीले मुस्ताङमा १ हप्ता बसेर गिद्धको अध्ययन गर्ने छ । गिद्ध अध्ययन प्रतिवेदन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखरामा पेस गरिने पत्रकार थकालीले बताए ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad