अपांगता भएका व्यक्तिहरुलाई प्रशिक्षण

समाधान संवाददाता २०७८ असोज १८ गते १९:२६

पोखरा
नेत्रहिनयुवासंघ नेपालकास्कीशाखाको आयोजनामा गण्डकी प्रदेशमा रेहकाअपांगताभएकायुवाहरुलाई राजनीतिक नेतृत्व सहभागिता सुनिश्चित गर्न चार दिने तालिम भएको छ ।


अब हुने तीनै तहको निर्बाचनमा राजनीतिक नेतृत्व र सहभागिता सुनिश्चितगर्ने हेतुले पोखरामाचार दिने तालिम भएको हो ।तालिममा अपागंता भएका १० जना, बौद्धिक अपांगता भएका २ जना, शारीरिक अपागंता ४ जना, समलिंगीतथा तेस्रोलिंगी समूहबाट २जना, बहिरा अपांगताबाट ४ जना, श्रवण दृष्टिविहीनहरुबाट २ जना गरी गरि कुल २४ जनायुवाहरुको सहभागी गराइएको थियो ।


तामिममा मनाङ, मुस्ताङ र स्याङ्जाबाहेकका जिल्लाबाट सहभागी थिए । तालिममा लोकतन्त्र र यसकातत्वहरु, नेतृत्व र यसकाअवधारणा, जनप्रतिनिधि र उनीहरुकाजिम्मेवारी लगायतकाविषयहरुमा प्रशिक्षण गरिएको थियो ।

Advertisement


राष्ट्रिय अपांगमहासंघनेपाल गण्डकी प्रदेशकाअध्यक्षखोमराजशर्माले अपांगता समावेशी निर्वाचन रपरियोजनाकाप्रमोटरहरु शेरजंग गुरुङ र विश्वमित्रभित्राकोटी र फिल्ड अफिसर सुमना नेपालले प्रशिक्षण गरेका थिए ।


तालिमको अन्तिमदिननेत्रहिनयुवा संघ नेपालकास्कीशाखाकाअध्यक्ष सूर्यप्रसाद भट्टराईले परियोजनाको उद्देश्य बमोजिमकार्य गर्न सुझाएका थिए । तालिमबाट भने१० जनाउत्कृष्ट छनोट गरी निर्वाचनको समयमामतदाताशिक्षाका लागि परिचालनगरिने कार्यक्रममा बताइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया