बुद्ध विशाल बजारको उपहार कुपन सुरु, पाँच हजारको सपिङ भौचर देखि स्कुटर सम्म

समाधान संवाददाता २०७९ असार २९ गते १४:४२

पोखरा ।
पोखरा महेन्द्रपुल स्थित बुद्ध विशाल बजारले ग्रहाकका लगि साउन १ गतेबाट लागुहुने गरि उपहार कुपन वितरण गर्ने भएको छ । बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका कोषाध्यक्ष एवं उपहार कुपन संयोजक यमनसिंह गुरुङले बुधबार पत्रकार सम्मेलनमा प्रत्येक महिनाको अन्तिम शुक्रबार लक्की ड्र मार्फत ४ जनालाई ५ हजार बराबरको सपिङ भौउचर दिईने बताए ।

संयोजक गुरुङले पुस २ गते बम्पर उपहारमा लक्की ड्र मार्फत १/१ जनालाई स्कुटर र टिभी अन्य ३ जनालाई स्मार्ट फोन दिइने बताए । संयोजक गुरुङले भने, ‘बुद्ध विशाल बजारको कुनै पनि पसलबाट सामान खरिद गर्दा उक्त पसलबाट नै ग्रहाकले ५ सय भन्दा बढिको सामान खरिद गरेमा एउटा उपहार कुपन र १५०० बराबरको सामान खरिदमा २ र सो भन्दा बढी सामानको खरिदमा ब्यापारी र ग्रहाकको सहमतिमा थप उपहार कुपन दिईने छ ।’ साथै नतिजा घोषणा भएको १५ दिन भित्र अर्धकट्टी र नेपाल सरकारले प्रदान गरेको कुनै पनि परिचय पत्र सहित ग्रहाकले सम्पर्क गर्नुपर्ने उपहार कुपनका संयोजक गुरुङले जनाए ।

एशोसियसनका सल्लाहकार सुर्य ढकालले ग्रहाकले उपहार कुपन लिन बिर्सेको खण्डमा ब्यापारीले नै सजग भएर ग्रहाकलाई कुपन दिन अनुरोध गरे । बुद्ध विशाल बजारका अध्यक्ष केशवबहादुर खत्रीले साउन १ गतेबाट ग्रहाकले आफ्नो सामान झोलामा हालेसँगै ब्यापारिहरुले तत्कालै उपहार कुपन ग्रहाकलाई उपलब्ध गाराईने बताए । अध्यक्ष खत्रिले चाडबाड नजिकीदै गर्दा व्यापारमा वृद्धी हुने भएता पनि अफ सिजनमा उपहार योजना ल्याउदा धेरै ग्रहाकलाई समेट्न नसकिने हुँदा चाडवाडको मौसममा धेरै ग्रहाकलाई उपहार योजनामा समावेश गराउन सकिने हुँदा यतिबेला नै योजना ल्यइएको जनाए ।

Advertisement

बुद्ध विशाल बाजारबाट सपिङ गरेर फर्किदा परिसर भित्र पार्किङ गरिएका सवारी साधनको पार्किङ शुल्क समेत ब्यापारिहरुले नै दिने अध्यक्ष खत्रीले सुनाए । देशभरका सपिङ कम्पलेक्समा सिनेमाहलको माग भईरहेको बेला वुद्ध विशाल बजारको दोस्रो तल्लामा मल्टिपलेक्सको योजना बढाउन लागिएको अध्यक्ष खत्रि बताउँछन् । पत्रकार सम्मेलनमा एशोसियसनका महासचिव बुद्धीबहादुर कुँवरले उपहार योजना मात्र नभई बुद्ध विशाल बजार ब्यापारिक एशोसियसनले उपहार कार्यक्रममा मत्र नभई सामाजिक कार्य पनि गर्दै आएको सुनाए । महासचिव कुँवरले भने, ‘हाल एशोसियसनले ३ जेहेनदार विद्यार्थीलाई छात्रवृति दिदै आएको छ । प्रकृतिक विपत्ती र वातावरण संरक्षणका लागि वृक्षा रोपण र विपत्तीमा सहयोग कार्यक्रम एशोसियसनले सञ्चालन गर्दै आएको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया