• Ad

Samadhan National Daily

  • Ad

महावीर पुनकाे आविष्कार केन्द्रलाई अष्ट्रेलियामा रहेका म्याग्देलीद्वारा बीस लाख सहयोग

बेनी (म्याग्दी), ३० साउन:

म्याग्दी प्रवासी नेपाली सङ्घ मोना (अष्ट्रेलिया)ले राष्ट्रिय आविष्कार केन्द्रका लागि रु २० लाख सहयोग गरेको छ ।

नेपालमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्ने उद्देश्यले सहयोग जुटाउन अष्ट्रेलिया जानुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवम् अभियानकर्ता डा महवीर पुनको स्वागतमा अष्ट्रेलियामा आयोजित एक कार्यक्रममा मोना (अष्ट्रेलिया)ले सो रकम सहयोग गरेको मोना (अष्ट्रेलिया)का अध्यक्ष हरि राम्जालीले जानकारी दिनुभयो ।

अष्ट्रेलियाको सिड्नीस्थित रकडेलको एभरेष्ट फङसन सेन्टरमा आयोजित कार्यक्रममा सिड्नीमा रहेका विभिन्न संस्थाको उपस्थित रहेको थियो । नेपालमा आविष्कार केन्द्रको आवश्यकताबारे अध्यक्ष एवम् अभियानकर्ता महावीर पुनले प्रस्ट पार्नुभएको थियो । सो कार्यक्रममा उपस्थित भएकाबाट मात्रै रु २० लाख रकम संकलन भएको अध्यक्ष राम्जालीले जानकारी दिनुभयो ।

मोना म्याग्दी, बेनी एफसी, जलजला परिवार र मगर समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा 

यसैगरी, म्याग्दीका ८८ हजार जनता सूचना र सञ्चारको पहुँचमा रहेका छन् । २०६८ सालको जनगणनाअनुसार म्याग्दीको कुल जनसङ्ख्या एक लाख १३ हजार ६४१ रहेकामा ७७.८ प्रतिशत अर्थात् ८८ हजार ३९९ जना म्याग्दीवासी सूचना र सञ्चारको पहुँचमा रहेका नेपाल टेलिकम दूरसञ्चार कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयले दिएको जानकारीअनुसार जिल्लामा प्रिपेड मोबाइल सेवाका प्रयोगकर्ता ६९ हजार १८६ र स्काई फोनका १५ हजार २६३ जना रहेका छन् ।

यसैगरी, पोस्टपेड मोबाइल बोक्ने एक हजार ६७८, ल्याण्डलाइन टेलिफोनका ग्राहक एक हजार ३०६ र सिडिएमएका ५०९ जना ग्राहक रहेको टेलिकम म्याग्दीका प्रमुख विष्णुदेव शाहले बताउनुभयो ।

ल्याण्डलाइन टेलिफोन सेवातर्फ म्याग्दी सदरमुकाम बेनीबजारमा मात्रै एक हजार २२२ जना ग्राहक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार धार्मिक क्षेत्र गलेश्वरमा ५१ र पर्यटकीय क्षेत्र घोरेपानीमा ३३ ग्राहकले ल्याण्डलाइन फोनको प्रयोग गर्दै आइरहेका छन् ।रासस


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • अरिथाकाे ‘अ नेचुरल वुमेन’, एउटा यस्तो गीत, जसले सबैलाई हल्लाउँछ

    आफ्नो आवाज र गीतले देशलाई जोडेकी अरिथा फ््रयांकलिनको भौतिक बिलयले अमेरिकी मात्रै होइन विश्वभर रहेका संगीत प्रेमी शोकमा छन् । उनका बारेमा बोल्दा अमेरिकी टेलिभिजन सिएनएनका डन लेमोनको गला अवरुद्ध...

  • बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

    विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम...

  • शेयर बजारमा गिरावट

    शेयर बजारमा आज दोहोरो अङ्कले गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार नेप्से परिसूचक १४.०३ बिन्दुले ओरालो लागेर एक हजार १९६.२९ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर...

  • प्रधानमन्त्रीको पाँच भाषामा पाँच ट्वीट

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएको ६ महिना पुगेका अवसरमा आज पाँच भाषामा ट्वीट गर्दै सुशासन...

Ad
Ad
Ad