• Ad

Samadhan National Daily

  • Ad

थापाकाे ट्विटर व्यंग्यः पशुपतिजी पनि हँसाउनु हुन्छ। गाईजात्रा सक्किएको त निक्कै भैसक्यो!!!

काठमाडौं, ३ भाद्र:

राप्रपाका अध्यक्ष कमल थापाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपति शमशेर राणालाई ट्विटरमा व्यङ्ग गरेका छन्।

राणाले पार्टी दर्ता माग गर्दै सर्वोच्च अदालतमा बिहिबार रिट दायर गरेका छन्। निर्वाचन आयोगसँग ४० प्रतिशत केन्द्रीय सदस्यको संख्या पुर्याउन समय माग गरिरहेका राणाले बिहिबार अदालतमा मुद्दा दायर गरेका छन्।

उनले आफ्नो दल दर्ता गराइदिन निर्वाचन आयोगलाई आदेश गरिदिन रिटमा माग गरेका छन्। राणा अदालत गएको समाचारलाई सेयर गर्दै थापाले ट्विटमा व्यङ्ग गरेका हुन्।

उनले लेखेका छन् – पशुपतिजी पनि हँसाउनु हुन्छ। गाईजात्रा सक्किएको त निक्कै भैसक्यो!!!

पशुपती जी पनि हसॉउनु हुन्छ। ?गाईजात्रा सकिएको त निकै भैसक्यो!!!

थापाले ट्विटमा ‘स्माइली’ समेत राखेका छन्। राप्रपा विभाजन गरेका राणालाई आयोगले आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय सदस्य देखाउन भदौ ४ सम्मको समय दिएको छ।

राप्रपाको केन्द्रीय समितिको बैठक भने हेटौँडामा जारी छ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • गर्मीमा शीतलता दिने ६ फलफूल

    खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...

  • म्याग्दीका ९ माध्मिक विद्यालयमा कम्पूटर पढाई सुरु

    म्याग्दीको रघुगंगा गाउँपालिका सम्पूर्ण माध्यामिक तहका सरकारी विद्यालयमा कम्प्युटर पढाइ सुरु गरिएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखि नै सबै मावि तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सम्बन्धी...

  • सार्वजनिक स्थलमा धुम्रपान गर्नेलाई कारवाही

    सार्वजनिक स्थलमा चुरोटको सेवन गर्नेलाई ३५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार कारवाही गरेको छ । प्रहरीले बिरौटा क्षेत्रमा २७, गगनगौंडा र रामबजार क्षेत्रमा ४/४ जनालाई कारवाही गरेको हो ।...

  • एन्फा उपाध्यक्ष थापालाई सहारा एकेडेमीमा स्वागत

    अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले दोबिल्लास्थित सहारा एकेडेमीको शुक्रबार अध्ययन, अवलोकन गरेका छन् । सहारा क्लबका सल्लाहकार समेत रहेका उपाध्यक्ष थापाले क्लबले गरेको कार्यको प्रसंशा गर्दै...

Ad
Ad
Ad