• Ad

Samadhan National Daily

  • Ad

खाद्यबाली विकास र अनुसन्धानमा लीबर्डकाे अहाेरात्र २५ वर्ष

७ वटा नयाँ जातका खाद्यबाली दर्ता

पोखरा र आसपासका अधिकांश किसानले जेठोबुढो जातको धान रोप्छन् ।

पोखराको खाद्य पहिचानको रुपमा स्थापित यही जेठोबुढो धानका रोगकीरा, परिवर्तित हावापानी, पोष्टिक तत्व र धेरै फल्ने गुण मिलाएर जब ‘पोखरेली जेठोबुढो’ नामको नयाँ प्रजातिको विकास भयो, त्यसपछि किसानले यही रोज्न थाले ।

पोखरामा मुख्य कार्यालय रहेको जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)का संस्थापकमध्येका एक वैज्ञानिक डा. भुवनरत्न स्थापितको नेतृत्वमा पोखरेली जेठोबुढो धानको विकास गरिएको थियो । नेपाल सरकार अन्तर्गत बिउविजन गुणस्तर नियन्त्रण केन्द्रमा सन् २००४ दर्ता गरिएको यो प्रजातिको धान अहिले पनि पोखराका किसानमाझ उत्तिकै लोकप्रिय छ ।

लिबर्डले नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क) र बायोभर्सिटी इन्टरनेशलनसँगको सहकार्यमा पोखरेली जेठोबुढोको विकास गरेको थियो । लिबर्ड स्थापना भएदेखि हालसम्म पोखरेली जेठो बुढो जस्तै विभिन्न७ वटा जातका नयाँ खाद्यबालीको विकास गरेर दर्ता गराइसकेको छ । यस्तै, अहिले ८ वटा जात दर्ताको चरणमा छन् ।

नयाँ जातका बिउको विकास भएपछि विउ विजन गुणस्तर नियन्त्रण केन्द्रमा दर्ता गर्न कृषि मन्त्रालय अन्तर्गत ‘भेराइटी रिलिज एण्ड रजिस्टेसन कमिटी’ लाई अनुसन्धानको चरणदेखि नै जानकारी गराउनुपर्छ । लिबर्डका कार्यकारी निर्देशक डा. बलराम थापाका अनुसार शुरुदेखि नै कमिटीलाई जानकारी दिएर प्रगति विवरण दिनुपर्छ ।

कृषि विकास मन्त्रालय, नार्क, विभाग लगायत विज्ञहरु रहने समितिले स्थलगत अध्ययन, नयाँ जातका खाद्यवालीको गुण दोष, उत्पादन क्षमता लगायतको अनुसन्धान पश्चात मात्र दर्ताका लागि सिफारिस गर्छ । अहिले पनि लिबर्डले दर्जन बढी स्थानीय खाद्यवालीको अनुसन्धान र विकासमा लागेको डा. थापा बताउँछन् ।

लिबर्डले अहिले धानमा कालो नुनिया, तिली, कचरोवा ४, सिमीका विभिन्न प्रजातिहरु, लट्टे साग, कागुनो, चिनो, हरियो कँक्रो, कोदो लगायत स्थानीय प्रजातिका खाद्यबाली माथी अनुसन्धान गरिरहेको लिबर्डका प्रजनन् संयोजक राजीव ढकालले जानकारी दिए । यी अनुसन्धान पनि कृषि अनुसन्धान केन्द्र नार्क र कृषि मन्त्रालयसँगको सहकार्यमा अघि बढाएको उनले बताए ।

लिबर्डको २३ औँ वार्षिकोत्सव, साधारण सभा तथा संस्थागत सामाजिक परीक्षणमा शनिबार कार्यकारी निर्देशक डा. थापाले लिबर्डको आगामी ५ वर्षे रणनीति सार्वजनिक गरेका थिए । उनले सार्वजनिक गरेको ‘अनुसन्धान तथा विकास रणनीतिमा ग्रामीण भेगमा बसोबास गर्ने र खाद्यान्नको उच्च जोखिममा परेका समुदाय, जलवायु र प्राकृतिक प्रकोपको जोखिममा परेका समुदाय र सीमान्तकृत समुदायलाई लक्षित गर्ने उल्लेख छ ।

प्राकृतिक प्रकोपजन्य जोखिम कम गर्न, दिगो जीविकोपार्जनका लागि जैविक विविधता तथा वातावरण संरक्षणका लागि आगामी योजना रहेको डा. थापाले जानकारी दिए ।

सार्वजनिक परीक्षणमा लिबर्डले आगामी वर्ष बहुउदेश्यिय एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । लिबर्डकै सहयोगमा स्थापना भएका २१ वटा बिउ बैंकमा किसानले ६२ बालीका १ हजार १७ स्थानीय जातको संरक्षण गरिएको छ भने ७ हजार ५२ घरधुरीलाई उन्नत तथा स्थानीय जातको बिउ उपलब्ध गराउँदै आएको जनाएको छ । गत वर्ष मात्र बिउ बैंक मार्फत किसानले १८७ टन बिउ उत्पादन गरेर बिक्री गरेका थिए ।

सामाजिक परीक्षण पश्चात लिबर्डका कार्यक्रम कार्यान्वयन निर्देशक भरत भण्डारीले जारी गरेको विज्ञप्तिमा विभिन्न जिल्लामा सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली विस्तार गरेको छ । उक्त परियोजना मार्फत नवलपरासी, बर्दिया, दाङ र महोत्तरीमा १२ वटा सिँचाइ प्रणाली स्थापित छन् । जसबाट २६५ घरधुरी लाभान्वित छन् ।

सामाजिक परीक्षणमा लिबर्डका कार्यक्रम प्रमुख डा. रामबहादुर राना, सामाजिक परीक्षण सहजकर्ता राममणि अधिकारी लगायतले सहजीकरण गरेका थिए । सो अवसरमा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका उपसचिव भरतराज शर्मा, वरिष्ठ कृषि विकास अधिकृत लोकेन्द्र बोहोरा, लिबर्डका बोर्ड सदस्य रामकली खड्का लगायतले मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ बैज्ञानिक तथा लिबर्डका संस्थापक डा.

लिबर्डमा पुन बराल
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल लिबर्डको शनिबार भएको वार्षिक साधारण सभाले पुन कृष्णप्रसाद बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दीपककुमार रिजाल, कोषाध्यक्षमा रामकली खड्का, सदस्यहरुमा बेनीबहादुर बस्नेत, विनोद भट्ट, मिता सैंजु प्रधान र निर्मला गुरुङ छन् ।


प्रतिकृया दिनुहोस्

नयाँ अपडेट

  • नगेनको चित्रकला प्रदर्शनी

    प्राज्ञ नगेन सिंह ठकुरीको ‘नवौँ एकल चित्रकला प्रदर्शनी’ भएको छ । अन्तर्राष्ट्रिय पुस्तक दिवसका अवसरमा प्रदर्शनी भएको चित्रकलामा जीवन र जगत रहेको बताउँदै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कलालाई...

  • सराङकोटका घुम्तीमा ऐना

    सडक दुर्घटना कम गर्न लेखनाथ महानगरपालिकाले वडा नम्बर १८ का घुम्ती बाटोमा ४ वटाऐना (रोड सेफ्टी कन्भेक्स मिरर) राखेको छ । अत्यधिक दुर्घटना हुने र त्यसलाई कम गर्न ऐना राखिएको...

  • तनहुँ हाइड्रोको बिजुली खरिद सम्झौता

    तनहुँमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक पिपिएमा गत शुक्रबार हस्ताक्षर भएको हो...

  • दुखमा फुलेको खुसीहरु

    गोडेको आलु बारीतिर हेर्दे बसिरहेको थियो, ऊ । हातमा लागेको माटो देख्दा उसले भर्खर काम सकेको हुनुपर्छ । ढोरपाटनको सुन्दरता र चिसो मौसममा पुग्दा मंगोलियन अनुहार भएको १३÷१४ वर्षको जस्तो...

Ad
Ad
Ad