पोखरामा जसपाले निकाल्यो राँके जुलुस

समाधान संवाददाता २०७७ पुष ११ गते २०:५६

समाधान संवाददाता, पोखरा

जनता समाजवादी पार्टीले कास्कीका विभिन्न ठाउँमा राँके जुलुस निकालेको छ ।

सरकारले प्रतिनिधिसभा विघटन गरेको विरोधमा देशभर भइरहेका प्रदर्शन अन्तर्गत शनिबार पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाका विभिन्न स्थानमा राँके जुलुस निकालिएको पार्टीका केन्द्रीय सदस्य हेमबहादुर थापाले जानकारी दिए ।

Advertisement

उनका अनुसार पृथ्वीचोक, अमरसिंहचोक, तालचोक, मियाँपाटन, बिरौटा, बगर, अन्नपूर्णको नागडाँडा र माछापुच्छ्रेको लाहाचोक लगायत ठाउँमा जुलुस निकालिएको हो ।

सरकारको कदमविरुद्ध आफूहरुले आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने केन्द्रीय सदस्य थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया