विन्ध्यवासिनीमा नवदुर्गा देवीको शोभायात्रा र श्रीमद् देवी भागवत ज्ञान महायज्ञ

समाधान संवाददाता २०७९ असोज १ गते १५:४०

पोखरा ।
विन्ध्यवासिनी मन्दिरमा आउँदो दसैंको उपलक्ष्यमा नवदुर्गा भवानी देवीको शोभायात्रा र श्रीमद् देवी भागवत ज्ञान महायज्ञ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले हरेक दसैंमा गर्दै आएको उक्त कार्य यसपालि पनि निरन्तर गर्न लागेको हो ।

घटस्थापनाको दिन हुने शोभायात्रामा सामाजिक र जातीय, धार्मिक, सांस्कृतिक समुदायबाट प्रतिनिधित्व हुने जानकारी समिति सचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत पनि शोभायात्रामा सहभागी हुने छन् । महायज्ञमा विन्ध्यवासिनी वेद विद्याश्रमका प्राचार्य नारायण देवकोटा बाचक हुने छन् । समितिले २०६४ देखि दसैंमा शोभायात्रा र महायज्ञ आयोजना हुने नवदुर्गा महोत्सव सञ्चालन गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया