कोरोनाका कारण नेपाली दूतावास साउदीको सेवा बन्द

समाधान संवाददाता २०७८ जेठ ४ गते ९:१४

एजेन्सी, दोहा ।

साउदीस्थित नेपाली दूतावासमा कार्यरत थप एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पालना गर्दागर्दै पनि थप एक जना कर्मचारी संक्रमित भएको दूतावासले जनाएको छ ।

Advertisement

सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षा र सुविधालाई ध्यानमा राखी सेवाग्राही भौतिक रूपमा उपस्थित भई लिनुपर्ने सेवा बन्द गरिएको पनि दूतावासले जनाएको छ ।

यसअघिको पनि दूतावासका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएको जनाउदै तीन दिन दूतावास बन्द गरेको थियो । साथै, यसबाट सेवाग्राहीमा पर्न गएको असुविधा प्रति दूतावास क्षमाप्रार्थी रहेको दूतावासले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया